Information

Faith Comes By Hearing

बिश्वास सुनाईबाट आँउछ र सुनाई चाँहि ख्रीष्टको बचनबाट आउँछ

( रोमी १०:१७ )

Members: 13
Latest Activity: Apr 6

 प्रभुको पवित्र नाँउमा सबैलाई मेरो जय मसिह् !
 
गुरु  बिना  शिष्य  हुँदैन ! जसरी  एउटा  शिष्यको सफल जिवन गुरु  माथि पनि निर्भर पर्दछ ! ठीक त्यसरी नै  एउटा असल  ख्रीष्टीय जिवन  गोठालो  माथि  पनि  निर्भर  पर्दछ ! सही  गोठालो  उ नै हुन्  जसले सयमा एउटा भेडा हराए 99 लाई  छोडेर त्यो हराएको एउटा  भेडालाई खोज्न जान्छ !  हामी  सँधै यस्तो गोठालोको पछि लाग्यौ जसले हामीलाई पर्मेश्वरको प्रेमको  मात्रै  होइन तर  पर्मेश्वरको  क्रोधको  अनि  पमेश्वरको  भय राखन  पर्छ  भन्ने  कुरामा  जोड  दिन्छ ! प्रभुले  दिनु  भएको   हर  आज्ञालाई  सय  प्रतिशत  पालन  गर्न  पर्छ  भनी  जोड दिने अनि आफुले पनि पालन गरेर अरुको निम्ती उदाहरण  बन्न  सक्ने  गोठालोको पछि लाग्न पर्छ !
 
बिश्वास सुनाईबाट आँउछ र सुनाई चाँहि ख्रीष्टको बचनबाट आउँछ
( रोमी १०:१७ )
 
साँच्चै नै यो बचनले मेरो जिवनमा ठुलो भुमिका लिएको छ ! पर्मेश्वरको बचन निरन्तर सुन्नाले जिवन यस्तो आशिषित हुन्छ होला भनेर मैले कहिले कल्पना समेत गरेको थिइन् ! बाईबल बचन नबिराई दिनँहु नै पडने गर्थे ! बुझ्न पनि बुझ्थे ! तर बचन पडेर बुझेकोमा अनि सुनेर बुझेकोमा धेरै अन्तर हुँदो रहेछ ! जसको अनुभव मैले सुने पछि मात्रै थाहा पाए ! आज त पर्मेशरको बचन सुन्न मेरो दिनँहुको भोजन भएको छ - मानिस  भोजनले मात्रै होइन तर पर्मेश्वरको मुखबाट निस्केको हरेक बचनले बाँच्दछ ! 
 
कसैले भने झै - रुखको फल नखाए सम्म कसरी थाहा हुनु कि त्यो फल मिठो छ या अ्मिलो छ ?
यसैले तपाई सबैले पनि जस जसले बचन सुन्नमा अल्छी गर्छ या म बाईबल पडी हाल्छु बचन सुन्न जरुरी छैन् भन्ने ठान्नु हुन्छ !  कम से कम एकपल्ट बचन सुन्ने आदत गर्नु होस् ! प्रत्येक दिन बचन सुन्नाले हाम्रो मन - मस्तिष्क अनि अनि सोच पवित्र हुन्छ !  बाईबल त मैले पनि प्रति दिन नै पडने गर्थे ! तर पडे पनि त्यसको अर्थ गहिराईमा गएर बुझ्न सक्दिन थिए ! अर्थ केलाउन सक्दिन थिए यसैले होला बचन पडेपछि पनि मैले आशिसीत भएको कहिले पनि आभाष गरिँन ! तर जब देखि बचन सुन्न थाले एक पछि  एक गर्दै मेरो हृदय भित्र छुपेर बसेको शैतानी कुराहरु  मदेखि टाडो हुँदै गयो ! जिवनको अघि पछि धेरै प्रश्न चिन्हहरु थियो त्यी सबैको जवाव पाउन थाले अनि हेर्दा हेर्दै मेरो मुर्झाउन लागेको ख्रीष्टीय जिवनमा नँया नँया आशाको पालुवा पलाउन थाल्यो ! 
 
दिन नबिराई मध्य रात सारा सँसार सुतेको बेला म 2 AM  सम्म जागो बसेर बचन सुन्न लागे ! किनकि दिनभर नोकरी- परिवार अनि घरको कामको ब्यस्तमा बचन सुन्ने समय नै हुन्थेन यसैले रात नै थियो जँहा बन्द कोठाको एकान्तमा - घनघोर रातको शुन्यतामा ( म -  मेरो पर्मेश्वर अनि पर्मेश्वरको पवित्र बचन )
आहा -- म शब्दमा बर्णनै गर्न सक्दिन त्यस समय यो हृदयभित्र पाएको शान्ती अनि आनन्दको बारेमा ! तर बचन सुन्दै जाँदा बीच बीचमा धेरै चोटी रोए पनि किनकि  प्रभुलाई ग्रहण गरे पछि पनि  मैले कतिपय कुरोहरुलाई ध्यान नदिएर पर्मेश्वरलाई चोट पुराउने कामहरु गर्दै थिएछु ! त कतिपय कुराहरु जानी जानी गरी रहेको थिएछु ! आफ्नु बुद्दि माथी ज्यादै भर परेर पर्मेश्वरको इच्छाले होइन तर मैले  आफ्नु इच्छाले मेरो जिवनलाई अघि बडाई रहेको थिएछु ! 
 

सँगत असल नभएकोले Backslide पनि भैइ सकेको थिएछु जसको आभाष मैले परेश्वरको बचन सुन्दै गए पछि थाहा पाँउदै गए यसैले कुनै रात मैले रातभर रोएर  पश्च्यतापी मन लिएर पर्मेश्वरको अघि घुंडा टेकेर  जानि अन्जानी गरी रहेको भुलहरुको निम्ती क्षमा मागे अनि  दोबारा यी गल्तीहरु दोहोराउने छुईन भनी पर्मेश्वरको अघि सँकल्प गरे ! यसैले हिज आज म पर्मेश्वरको बचन पडनमा अनि त्यो भन्दा ज्यादा बचन सुन्नमा ज्यादा समय लगाउदैछु ! जति जति बचन सुन्दै गयो उति उति हामी पर्मेश्वरको नजदिक हुँदो रहेछौ ! आज आज भोली भोली भन्दै  जति दिन बित्दै गैइ रहेको छ उति उति म पापमय स्वभाव देखि मुक्त् हुँनमा सफल हुँदै गैइ रहेको छु ! पर्मेश्वरको प्रँसशा होस् !

 
तर बचन सुन्न अघि हामीले एउटा अति नै जरुरी बचन ध्यान गर्न आवश्यक छ ! जब प्रभुको चेलाहरुले प्रभुलाई सोध्नु  भयो - - प्रभु तपाईको आगमन र  जगत अन्तको चिन्हहरु के हुन्छ ? तब येशुले सबै भन्दा पहिला यो भन्नु भयो -- होशियार रहो- कसैले तिमीहरुलाई भ्रममा न पारोस् ! ( मती-२४:४ )
 
हो यो बचन पनि सत्य हुन गएको छ - हिज आज सँसारमा यस्तो यस्तो प्रीचरहरु आएको छ जसले येशुको नाँउमा बिश्वासीहरुलाई फराकिलो बाटो भएर हिडन सिखाई रहेको छ ! भेडाको रुपमा धेरै ब्वाँसोहरु सँख्या दिन दिनै बडदै गैइ रहेको छ ! यसैले हामी बचन सुन्न अघि त्यो बचन भन्ने  गोठालोको ख्रीष्टीय जिवनलाई आवश्यै एकपल्ट निहाल्यौ ! किनकि यो केवल जिवन मरणको कुरो होइनतर यो मृत्यु पछि मुक्तिको कुरो हो यसैले हामीले हाम्रो गोठालो यस्तो चुन्न पर्छ जसले बचन त बाँडदछ तर त्यसलाई ब्यवहार पनि ल्याएको हुन्छ ! नत्र यदि पवित्र  बचन चै बाँटने आफै चै  पापमय जिवन जिउने हो भने त प्रचारक अनि राज नेताको भाषणमा  फरक नै के रह्यो र ? 
 
तर  हामी  प्रभुको  आज्ञा  अनुसार  सबै  आज्ञा  त  पालन  गर्न  सक्दैनौ  किनकि हामी सँसारमा छौ यसैले साँसरीक  तरीकाले  जिउन पर्छ ! हामी  पनि  पापी स्वभाव  भएको आदम  अब्राहम र दाउदका सन्तान  हौ हामीमा  पनि  केहि  कमजोरी   हुन्छ  यसैले  गल्ती   भैइ  हाल्छ  तर  पर्मेश्वर  दयालु  हुनु हुन्छ ! हामीलाई  बुझ्नु  हुन्छ  अनि  क्षमा गर्नु हुन्छ ! यस्तो धारणा या  बचन  बाँटने   बिश्वासीहरु  देखि आफु लाई  सकेभर टाडा राखौ  किनकि नँया नियम पछि भनौ प्रभु यस सँसारमा आउनु भएदेखि उसो हाम्रो उदाहरण अब आदम - अब्राहाम - मोशा होइन तर केवल प्रभु येशु हुनु पर्छ ! प्रभुले भन्ने भएको छ मेरो पछि लाग ! यसकारण अब आदम हवा र अन्य अगमवक्ताको कमजोरीको आड लिएर हामी शरीरमा  छौ ! कमजोर छौ भनी भन्नु आफैलाई धोका दिनु बराबर हो !
 
 
आज म तपाईहरुलाई प्रभुको एउटा यस्तो असल दासको बारेमा बताउन गैइ रहेको छु जसको बचन सुनेर मेरो ख्रीष्टीय जिवनको दिशा नै बदलिएको थियो !
 
आज मैले तपाई सबैको अघि जुन गोठालोको कुरा गर्दैछु उनको नाँउ हो Brother Zac Poonen ! उनको नाँउ हो Brother Zac Poonen  प्रभुको ईमानदारी अनि आज्ञाकारी दास हुन् ! उनी पर्मेश्वरको भयलाई प्राथमिकता दिने बिश्वासी हुन् ! मानिसले नोकरी पाउनको निम्ती सानो तिनो झुट अनि बैइमानी त केहि झै नमानी गर्छ अनि भन्छ - पर्मेश्वर दयालु हुनु हुन्छ उँहाले हाम्रो स्थीति बुझि दिनु हुन्छ तर Brother Zac  जो Navy Officer  हुनु हुन्थ्यो तर उँहाले पर्मेश्वरको राज्यको निम्ती full time service गर्नलाई आफ्नु भएको यति उच्च पदको नोकरीको  नै बलिदान गरी दिनु भयो ! जुन नोकरी पाउनलाई कति कति रुपिया घुस दिन पर्छ ! बिना नोकरी उँहाले चार चार छोराहरुलाई कसरी पडाउनु भयो होला ? हुर्काउनु बडाउनु भयो होला ? यसको जवाबमा उँहा भन्नु हुन्छ - पहिला पर्मेश्वरको राज्य र उनको धर्मिक्ताको खोजी गर यी सबै थोक तिमीहरुलाई थपिनेछ -(  मती ६:३३ )  ! मैले  उँहाको ख्रीष्टीय जिवनलाई नजदिकबाट देखेको छु जसलाई देखेर ज्यादै प्रवाहित छु ! जसमा पर्मेश्वरको भय - पर्मेश्वरको आज्ञा - पवित्रता प्रसस्तै पाउन सकिन्छ ! जुन कुराहरु प्रभुको साँचो दासहरुमा हुन नितान्त जरुरी छ !प्रभुले पावललाई चुने झै Brother Zac Poonen लाई पनि एउटा खासै कामको लागी चुन्नु भएको छ जसले प्रभु येशुको एक एक बचनलाई पालन गरेर म ख्रीष्ट झै जिउन सक्छु भनी अन्तर बिश्वासको साथमा बचन बाँटने गर्छन् ! जसले हामीलाई साँघुलिरो बाटो भएर हिडने कुराहरु बताँउछ !
 
Brother Zac उँहाले पवित्र आत्माको बरदान पनि पाई सक्नु भएको छ ! उमेरमा पनि 70 साल पुगी सक्नु भएको छ जसले हामीले भन्दा धेरै सँसार देखी सक्नु भएको छ अनि अनगिनत अनुभवहरु बटुलि सकेको छ ! बाईबललाई जिवनको एक हिस्सा सम्झनु हुन्छ ! जिवनको धेरै जस्तो समय बचन पडनमा बिताउनु हुन्छ यसैले उँहासित बाईबलको प्रश्स्तै ज्ञान पनि छ यसैले मैले उँहालाई मेरो गोठालो बनाएको छु !
 
I am not ashamed to say That I Follows To Brother Zac Poonen 

Yes I Follow Him B'coz He Follows To Christ
 . ! 

I Thank God from my bottom of heart for raiseing a Man like  Bro Zac  in these end times. My  Life  has been  greatly  blessed  through his  messages. I  have been delivered from so many bondages and able to  experience peace and live for God joyfully .Bro Zac you should live long and healthy to bring many christian brothers and sisters closer to God. 
 
 
प्रभुको दोस्रो आगमन अब साँच्चै नै नजदिक छ ! सँसारीक कुरोसँग सम्बन्धित बिषयमा TV  हेरेर ! फुटबल - क्रीकेट - रेसलिँग - नेपाली - ईन्डीयान आईडल - सिरियल - फिल्म - राजनिती - फेशन शो यी सबै अर्थ बिहिन कुरोहरुमा हाम्रो समय नष्ट नगरौ ! हामी पर्मेश्वरको सन्तान हौ ! यस नाताले हामीले संसारको बारेमा होइन तर पर्मेश्वरको राज्यको बारेमा ! उँहाको ईच्छाको बारेमा ! उँहाको योजनाको बारेमा जान्ने प्रयास गरौ ! प्रभु भन्नु हुन्छ पवित्रताको बिना हामीले पर्मेश्वरलाई देख्न्न सक्दैनौ ! अब पवित्र जिवन जिउनलाई हामीले कुन कुन कुरा गर्नु हुँदैन त्यो कुरा थाहा गर्नमा समय लगाँउ ! सबै हो हल्ला देखि टाडा एकान्तमा बसेर बाईबल बचन पडौ या बचन सुनौ अनि यस बचनलाई  ब्यवहारमा ल्याउ ! आफ्नु मन पर्ने सबै कुरा हेरी सके पछि गरी सके पछि अन्तमा अलिकति समय पर्मेश्वरको बचन सुन्न र पडनमा नलगाँउ ! पर्मेश्वरको स्थान यति पछि हुनु हुँदैन नत्र पर्मेश्वरले हामीलाई पनि यसरी नै पछि राख्न्नु हुनेछ अनि भन्नु हुनेछ म त तिमीलाई चिन्दीन ! तर यस्तो दिन कहिले न आवोस् भनी हामी जागो  रहौ  ! सतर्क रहौ अनि प्रभुको राज्यको खोजी गरौ ! हाम्रो हर धडकन प्रभुको लागी धडकेको होस् ! हाम्रो शरीरको हर अँगहरु पर्मेश्वरको कामको लागी ब्यस्त भएको होस् !  तर सँसारीक कुरोको लागी होइन् !
 
साथी भाई हो - मैले त मेरो सुती रहेको आत्मालाई जगाएको छु अनि आफुलाई यी सँसारीक कुराहरु देखि कोसौ टाडा राखेको छु यदि अब पनि हामी सचेत भएनौ भने Really  It will be TOO LATE . यसैले तपाई सबैलाई एउटी  प्रभुको दासी हुनको नाताले Brother Zac  बचन सुन्ने सुझाव दिन चहान्छु !
 
पर्मेश्वरको शान्ती हामी सबैमा रहेको होस् !
आमेन् !!

 

IF WANT TO LISTION MORE SERMON PLZ VISIT TO ---

http://www.merojiwangawahi.com/brother_zac_poonen.html

 

 

 

 

 

Discussion Forum

This group does not have any discussions yet.

Comment Wall

Comment

You need to be a member of Faith Comes By Hearing to add comments!

Comment by Aruna पर्मेश्वरको प्रँशसा होस् on April 14, 2012 at 4:49am

God Tests Before He Promotes Sermon by Zac Poonen

Comment by Aruna पर्मेश्वरको प्रँशसा होस् on February 15, 2012 at 5:58am

Dear Sister & Brother in Christ .

Here is two videos about NEW TESTMENT . i am so much blessed . if you listion this sermon i am sure you will be also Blessed .

यदि तपाई सबै नँया नियमको बारेमा स्पष्ट रुपले जान्न चहानु हुन्छ भने कृपया एकान्तमा बसेर बचन सुन्नलाई एक घन्टा पर्मेश्वरको निम्ती दिनु होला !

Comment by Aruna पर्मेश्वरको प्रँशसा होस् on February 15, 2012 at 5:52am

Dear Sister & Brother in Christ .
यदि तपाई सबै नँया नियमको बारेमा स्पष्ट रुपले जान्न चहानु हुन्छ भने कृपया एकान्तमा बसेर बचन सुन्नलाई एक घन्टा पर्मेश्वरको निम्ती दिनु होला !

Comment by Aruna पर्मेश्वरको प्रँशसा होस् on February 11, 2012 at 2:42am

जस्तो गुरु त्यस्तै शिष्य -
के तपाईलाई यस्तो गुरुको खाँचो छ जसले तपाईलाई पर्मेश्वरको नजदिक पुराँउनमा सहायता गर्न सक्छ ? यदि खाँचो छ भने Brother Zac Poonen को बचन सुन्न नभुल्नु होला

Comment by Aruna पर्मेश्वरको प्रँशसा होस् on February 9, 2012 at 12:21am

TRUE HOLINESS

Comment by Aruna पर्मेश्वरको प्रँशसा होस् on February 9, 2012 at 12:19am

TRUE FAITH

Comment by Aruna पर्मेश्वरको प्रँशसा होस् on February 9, 2012 at 12:17am

TRUE WORSHIP

 

Members (13)

 
 
 

2013 को सयोगीहरु

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service