Information

कबिता !

 जय मसिह !

 प्रभुको प्रेमलाई -

कथा  कबिता सहित्त्ये गजल  आफ्नो खुबी अनुसार प्रस्तुत गरौ  अनि प्रभुको नाउको  प्रसँसा गरौ !

आमेन ! 

Members: 54
Latest Activity: Mar 23

Comment Wall

Comment

You need to be a member of कबिता ! to add comments!

Comment by Amosh Sunchury on November 6, 2013 at 7:35am

हिजोको दिन

हिजो जे भयो, अब हुन दिन्न
अब जे हुने छ, तपाईको लागी हुनेछ ।

निरासमा आशा दियौ, निर्णय पनि राम्रो
हराएको थिए, खोज्यौ तिमीले आज

Comment by Simon Rai on September 25, 2013 at 4:50pm

विराएको गन्तव्य ।

रित्तिएको सम्झिए जीवनलाई,
मसँग बाँकी केहि थिएन ।

उजाड मरुभुमि सम्झिए आफुँलाई,
मसँग आशा, उमंग केहि थिएन ।

मृत्यु दिन चाहेँ जीवनलाई,
शान्ती पाउने टुङ्गगो थिएन ।

पिडा सरि छटपटिएको हृदयलाई,
सान्त्वनाको मलम केहि थिएन ।

भौतारि रहेको यो जीवनलाई,
मुक्ति दिने कुनै ठाउँ थिएन ।

कतैबाट पाएको, पढी हेरे बाईबललाई,
अशान्ती र मृत्युको नामै थिएन ।

खुशी र आनन्दले भिरिएको यो मनलाई,
रोक–तोक गर्ने केहि थिएन ।

ओल्टाई–पल्टाई पढी रहे पाना–पानालाई,
अन्धकार र पापको दाग कतै थिएन ।

सम्झी हेरेँ मेरो बिगत दिनहरुलाई,
पुरानो जीवनको बाँकी केहि थिएन ।

पहिल्याउँदै अघि बढेँ पाईला–पाईलालाई,
सौन्दर्यले नभरिएको कुनै ठाउँ थिएन....
कुनै ठाउँ थिएन ।

Comment by krishna bhandari on July 2, 2013 at 5:40am

गज़ल

अन्धे नगरीको रामे-लछे ज्योति नगरीमा आए पछि,

मुहार उज्यालो,दिन राम्रा,ख्रिस्ट प्रभुलाई अपनाए पछि |

गरिवीले रुनु पर्दा मन हुन्थियो चोरने-ढाँटने,

आनन्द छ हिजो-आज,आशिषले छाए पछि

मुहार उज्यालो,दिन राम्रा,ख्रिस्ट प्रभुलाई अपनाए पछि |

पेटको निम्ति बाँच्नलाई जस्तो पनि काम गर्ने,

आफै डाइबर, आफ्नै गाडी चलाउँन पाए पछि

मुहार उज्यालो,दिन राम्रा,ख्रिस्ट प्रभुलाई अपनाए पछि |

आन्धकारका दिन गए, दु: - पिडा सबै हटे ,

नून - ढिड़ो खाने मान्छे राम्रो -मीठो खाए पछि

मुहार उज्यालो,दिन राम्रा,ख्रिस्ट प्रभुलाई अपनाए पछि |

अन्ध-विश्वास कुरीति र झूठो ज्ञान जब हट्यो,

नयाँ जीवन पाएका छन् ख्रिस्टको भजन गाए पछि

मुहार उज्यालो,दिन राम्रा,ख्रिस्ट प्रभुलाई अपनाए पछि |

                        कृष्ण भण्डारी "काईलो" बोइजि, आइडाहो, अमेरिका

Comment by krishna bhandari on May 28, 2013 at 1:38am

गज़ल
बिबिध धर्मको चेपारोमा , मनले खुल्ला मैदान खोज्यो
लामो खोजाईको अन्तरालमा ,आत्माले पबित्र स्थान खोज्यो ।


भोक र तिर्खा अनि विसंगतिको , रापमा आत्तिएर
अशान्तिमा सागर भित्र पसी हेरें ,ठूला माछाले खान खोज्यो ।


ठूला-साना धर्म गुरू , अल्झिएँ मुर्ति अनि भाकलसंग
तिर्थहरु घुम्ने क्रममा , सांसारिक मायाले लान खोज्यो ।


छालले हुत्याइएको धार्मिक सिद्दान्तमा ,बतासीएर हराएँ
धुर्तता र फट्याई भित्र, अनादरले सम्मान खोज्यो ।


मुसिवत र बिरामीमा, धामी - झाँक्री पण्डित गुहारें
हुनुहार सबै उपाय गरें, र पनि प्राण जान खोज्यो ।


एकबारको जोनी पाउन, मुस्किल भन्ठानेर झटारीएं
ऋण गरी मोज-मस्तीमा उडें ,झन् उडाउने प्रोत्साहान खोज्यो ।


यसो पनि छैन उसो पनि छैन, हराएँ म आफैमा
जब रोझें ख्रिस्ट –यशूलाई, तब हृदयमा इनसान खोज्यो ||

कृष्ण भण्डारी"काईलो" बोइजि, आइडाहो ,अमेरिका
note = (gazal%20-02.docx  October 6, 2012 ) मा राखेको थियो तर यो गज़लले कविताको रुप पाएकामा पु:न परिवर्तन गरेर गज़ल कै रुपमा राखेको मात्र हो  ====| Thanks

Comment by krishna bhandari on May 25, 2013 at 10:36am

गज़ल

छली जिब्रो जसको हुन्छ आत्मालाई आघात पार्छ ,

साँचो साक्षी जीवन बन्छ झुठो साक्षी नरक झार्छ |

मूर्खबाट टाडै बस्नु त्यसका ओठमा ज्ञान बस्दैन '

नकारात्मक विचार राक्छ मित्र भित्र दुई फ्याक पार्छ |

उदार हातले पस्कन्छ जो अज्झ बडी उसले पाउछ ,

निर्दयीले संकट ल्याउँछ दरिद्रता सधैँ सार्छ \

थपिने छ जीवन-आयु पर्मेस्वरको डर मानेमा ,

सम्पत्तिको भर पर्नेले अनन्तको जीवन हार्छ |

लोभ गर्ने कन्जुसको भोजन खाए त्यसले पछि ,

दाम उठाउने आशा राक्छ आफैलाई नै मार्छ |

कृष्ण भण्डारी "काईलो" बोइजि , आइडाहो, अमेरिका

Comment by umesh kumar shrestha on April 17, 2013 at 3:13pm

थाङ्ग्ने हिर्दयको उद्धार भयको छ 
पापी स्वाभाबको सुधार भयको छ 
आभारी छु प्रभु! अनमोल दानको निम्ति 
मिर्तु छैन अब नया जिबन उपहार भयको छ ||

Comment by krishna bhandari on October 27, 2012 at 12:30am

        गजल

सुतेका छन् उनिहरु पर्छ उठाउनु बचनले

फसेका छन् अन्धकारमा पर्छ छुटाउनु बचनले

दीएकाछ्न जीवनको पानी पिउन इसुक्रिसले

चट्टान मनका मानिसलाई पर्छ फुटाउनु बचनले

आधा संसारले चिनेका छन  अन्य  अल्मलिएकाहरु    

सत्यकुरा अन्याजातीमा  पर्छ जुटाउनु बचनले      

अन्ध-विश्वासका कुरीतिले बाँधिएका -छलिएका

मन कुडिएर च्यातिएकाको पर्छ खुटाउनु बचनले ii   

Comment by umesh kumar shrestha on October 24, 2012 at 10:09pm

गजल;
हिर्दयमा यसु राखे, मैले के बिराय
मुक्तिदाता भनी भाके,मैले के बिराय।।

असल शिक्षा ग्रहण गर्नु कर्तब्य हो मित्र
महरुपी बचन चाखे,मैले के बिराय।।

नफ्याक्या हैन मलाई सैताणले जालझेल
अन्तत:ख्रीस्टलाई ताके,मैले के बिराय।।

दुस्ट यो संसारमा बस्न मन छैन कती
पल पल ख्रीस्टलाई डाके मैले के बिराय।।

Comment by krishna bhandari on October 12, 2012 at 8:12am

(आसाहिन र छटपटिमा बितेकोथ्यो जिबन मेरो

फाटेका ति मुटु फेरी,सिलाई जानुभयो यसु।।)

      

+काफिय, रदिप मिलेकाछन  लेख्न  गजल राम्रो

गजल  मार्फत बिचार  उत्तम देख्न  गजल राम्रो +

              भाइको जिवन आशिसमय बन्नसकोस =हलेलुया ।

Comment by umesh kumar shrestha on October 10, 2012 at 9:37pm

गजल
नतिर्खाउने मुलको पानी,पिलाई जानुभयो यसु
प्रेम,धीरज,शान्ती आज,दिलाई जानुभयो यसु।।

आसाहिन र छटपटिमा बितेकोथ्यो जिबन मेरो
फाटेका ति मुटु फेरी,सिलाई जानुभयो यसु।।

सैतानको ऋणी थिय चुक्ता गर्न कती गार्हो
दाम तिरी सबै हिसाब,मिलाई जानुभयो यसु।।

भोजनले हैन रैछ बचनले पो बाच्छ मानिस्
आत्मिक मन्ना सबैलाई,खिलाई जानुभयो यसु

संसारिक यो जन्जालबाट सबैलाई उद्दार गरी
फेरी आउने बाचा बाधी,बिलाई जानुभयो यसु।

उमेश कुमार श्रेष्ठ- हाल इजरायल

 

Members (54)

 
 
 

2014को सयोगीहरु

2013 मा हामीलाई सयोग गर्ने सयोगीहरुलाई भेट्नुहोस CLICK

►Mangal Singh Budha Magar 

Rs. 5300 UAE

_____________________

यो बर्ष २०१४ को लागी तपाइँ पनि यस साइटलाई सयोग गर्न चाहनुहुन्छ भने तलको इमेलमा !     

►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 अंक ध्वोज परियार 

© 2014   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service