मेरो जन्म इन्डियाको सिक्कम प्रान्तमा दामथांग भन्ने गाँउमा सम्पन्न परिवारमा भएको हो । धनको धनि भए पनि मायाको साह्रै गरिब थिए म । मलाई मेरो जन्म यहि सालमा भएको हो भन्ने थाह छैन किनभने म जन्मनसाथ मेरो आमा बित्नुभयो र मलाई मेरो बजैले पाल्नुभयो
। म भन्दा माथि अरु ३ जना दिदीहरु हुनुहुन्छ । उहाँहरु त्यति बेला सानै हुनुहुन्थ्यो । मेरो पापा इन्डियन आर्मीमा हुनुहुन्थ्यो र आर्मीबाट अवकाश पाउनुभए पछि स्कूलमा हेडमास्टर हुनुभयो । अहिले उहाँ हेडमास्टर बाट पनि अवकाश पाउनुभयो । म स्कूल पढ्दा मेरो पापाले मलाई मेरो जन्म मिती सोध्नुहुन्थ्यो अनि मैले अनदाजको भरमा १९७४ भन्ने गर्थिए तर यहि हो भनेर मलाई थाह छैन । मलाई मेरो पापा तिरको हजुरआमाले यो आमा खाउवा हो यसलाई पाल्नु हुँदैनै अनि दोबाटोमा लगेर राखीदिनु भन्नुभएको रहेछ तर मेरो आमा तिरको हजुरआमाले मलाई टिपेर लानु भएको थियो । मलाई पछि म ठुलो भए पछि मेरो पापा तिरको हजुरआमाले भन्नुहुन्थ्यो र म गएर आमा तिरको हजुरआमा सँग झगडा गर्थिए किन मलाई पाल्नुभयो, पछारेर मारिदिन पर्देन भनेर । मैले प्रभुलाई नचिनेसम्म आफैलाई कोच्ने गर्दथिए कि म किन बाँचे भनेर । मंसिरको महिनामा कति जाडो हुन्छ हामी सबैलाई थाह नै छ, त्यस्तो जाडोको बेला दोबाटोमा कति घण्टा छोडिदिँदा पनि म बाँचे भनेपछि मलाई साह्रै पिडा हुन्थ्यो । तर जब प्रभुलाई चिने अनि मात्र मेरो जीवनको मुल्य थाह पाए । म सिक्कममा ११ कक्षामा अनउतिर्ण भए र अघि पढ्न मन गरिन । तर मेरो दिदीहरुले पढ्न पर्छ भनेर भन्नुहुन्थ्यो, त्यसैले म नेपालमा आए । पढ्नको गाह्रोले नेपाल आको एक साल पछि मेरो बिहे भयो तर मेरो श्रीमानलाई मुटुको रोग थियो । उहाँले सधै औषधी खान पर्ने थियो । उहाँले औषधी खानुभएन भने उहाँको मुटुनै हल्लिन्थ्यो रे अनि अध्यारो छाउने र कागहरुले टोक्न आएको जस्तो हुन्थ्यो रे ।
त्यसै गर्दै दिनहरु बित्दै थियो । पछि उहाँले व्यापार तिर हात हाल्नुभयो, उहाँको आफ्नै भेनाज्यूसँग पार्टनरमा व्यापार गर्न थाल्नुभयो । तर उन्नति भन्दा क्षति बढि हुन थाल्यो । व्यापारमा जति कमाई भएतापनि त्यही ठाँउमा खाएर र पिएर सिध्याएर आउन थाल्नुभयो । यस्तैमा दशै र तिहार आयो र उहाँ बुटवल तिर व्यापार गर्न जान्छु भनेर जानुभयो । दशै भन्दा हप्ता दिन जस्तो अगाडि जानुभएको तिहार भन्दा पाँचदिन अघि जस्तो मात्र फर्किनुभयो । फेरि भेनाज्यूले उहाँलाई कल गर्नु भयो र सामान लिएर व्यापार गर्न आउन भन्नु भएछ तर मलाई उहाँले सामान मात्र पुर्याउन जाने हो भन्नु भयो र मैले हुन्छ भने ।
उहाँहरु व्यापार गर्न लाहान भन्ने ठाउँमा जानु भएछ र फर्किन्दा बाटोमा दुर्घट्ना पर्नुभएछ । ट्रकको छतबाट तल डालामा भर्नुभएछ र उहाँको टाउकोको हड्डी पुरै चर्किएछ । त्यसपछि उपचार गर्दा गर्दा निको हुनुभयो । तर उहाँलाई खै केले समात्यो हिड्दा हिड्दै मर्छु जस्तो हुनथियो रे, अधयारो भएर आउने र कागहरुले टोक्न खोज्ने रे, त्यसैले उहाँको साथिहरु मिलेर कता बाबालाई देखाउन जानुभएछ । बाबाले तिमीलाई मान्छेले बिगारेको छ र यो खरानीको टिका बिहान–बिहान नुहाई धुवाई गरेर लगाउनु भनेर अनि त्यसबेला मैले भने काठमाण्डौं जस्तो ठाउँमा एक गिलास पानी पिउन त हामीलाई हम्मे हम्मे छ तिमीलाई बिहान बिहान नुहाउन पानी ल्याउन म सक्दिन ।
मैले खीष्टियानको बारेमा स्कूलमा पढ्दा मेरो एउटा फुर्वा डिकी शेर्पा भन्ने साथी थियो अनि उ बाट अलि अलि जानकारी पाएको थिए । नुहाएर मात्र मान्छेसफा हुँदैन तर हृदय सफा हुनु पर्छ भन्ने सुनेको थिए । त्यसैले मैले उहाँलाई भनिदिए चर्च गए हुन्छ भनेर । काठमाण्डौंमा पनि मैले देवी प्रधान ख्रीष्टियान दिदीलाई चिनेको थिए र उहाँ सँग चर्च हुन्थ्यो र अहिले पनि जानुहुन्छ । मैले मेरो श्रीमान्लाई भने खुरुक्क देवी दिदी सँग चर्च जानुहोस् भनेर र यो सब नाना–भाति गर्नु पर्दैन भनेर । उहाँले मलाई सोध्नुभयो के त्यो चर्चमा जानलाई चाँहि बिहान बिहान सधै नुहाउन पर्दैन त ? मैले खै मेरो साथीले त नुहाएको पनि देखिन्, यसरी नुहाउनु पर्छ पनि भनेन तर आफ्नो हृदय मात्र सफा हुनु पर्छ भनेको याद छ ।
उहाँले भन्नुभयो लौ त्यसो भए तेरो देवी दिदीलाई बोलाएर ल्या न त म पनि हेरु भन्नु भयो । मैले तुरुन्तै छतमा गएर दिदीलाई बोलाएर ल्याए । उहाँ पनि आईहाल्नुभयो । त्यसपछि उहाँले शनिवार संङ्गति जाने सल्लाह दिनुभयो । मेरो श्रीमानले त्यहाँ गएर दशअंश दिने बारेमा पनि बुझनुभयो र त्यहाँ जे सिकायो त्यही अनुसार उहाँले दशअंश छुटाउनु भयो र आज सम्म पनि त्यसरीनै छुटाउनुहुन्छ । हामीले पछि अर्कै मण्डली जाने निर्णय गर्यौ कारण हाम्रो नानी सानो थियो र हामी जाने गरेको मण्डली धेरै टाढा ।
हाम्रो नजिकमा अर्को मण्डली थियो त्यसैले हामीले नजिकको मण्डलीमा जाने बिचार गर्यौ । हामी टेकु दर्शन मण्डली जान थाल्यौ । हामी एउटा साधरण विश्वासी थियौँ । हामीलाई अगुवा भन्ने बारेमा केहि थाह थिएन र हामीलाई यो पनि थाह थिएन कि ग्रहण कसरी गर्नु पर्छ ? र ग्रहण भनेको के हो ? भनेर । टेकु मण्डलीमा आए पछि सब कुरा जान्ने मौका पायौ । मेरो श्रीमानको बोली वचन एकदमै नम्र थियो त्यसैले गर्दा बप्तिस्मा पछि मण्डलीका सबै अगुवाहरुले उहाँलाई अघि बढ्ने सल्लाह दिनुभयो तर उहाँले मान्नु भएन । उहाँ भन्नुहुन्थ्यो अन्धाले अन्धालाई डोर्यायो भने खाल्टोमा पर्छ वचनमा लेखिएको छ । म पढ्न लेख्न जान्दिन मैले अरुलाई कसरी बताउने ?
अझै भन्नु पर्दा उहाँ प्रभुको काम देखि सधै पर भाग्नुभयो तर प्रभुले उहाँमा धेरै ठुलो योजना राख्नु भएको रहेछ । हामीलाई के थाह ? उहाँ अचानक बिमार हुनुभयो र उहाँको आधा मुखनै बाङ्गो भयो, त्यति नदुख्ने भएकोले उहाँले दई दिनसम्म वास्ता गनुभएन र शायद सिरानी नमिलेर होला भन्ने सोच्यौ । पछि बाट पुरै बाङ्गो देखिन थाले पछि डक्टरको मा गयौ । डक्टरले भन्यो २४ घण्टा भित्र आउनुभएको भए केहि हुन्थ्यो तर अब ढिलो भयो र उपचार लाग्दैन भनेर ।
हामी दुई छटपटिन लाग्यौ, अब के गर्ने भनेर । हाम्रो नानी जम्मा ३ वर्ष पुग्न लागेको थियो र त्यो सानो नानीलाई लिएर के गरि मैले घर चलाउने, के मेरो श्रीमान् प्यारालाईसिस् हुने हो ? यो पिरले मेरो दिनको चैन र रातको निद्रा नै गायब भयो । हामी नयाँ विश्वासी भर्खर मात्र बप्तिस्मा लिएको, कसलाई गएर के भन्ने थाह थिएन । श्रीमान् दिनदिनै अवस्था बिग्रदै गयो उहाँले हातले काम गर्न छोड्यो र खुट्टाले टेकेको थाह हुँदैन भन्ने गर्नुहुन्थ्यो । दिन दिनै नयाँ नयाँ डक्टरकोमा जाने तर कतै बाट केहि हुन सकेन । म त एकलो नारी, न माईती न घर । कोही बाट केहि सल्लाह सुझाउ पाउछु भन्ने आस पनि थिएन र आएन पनि ।
तर मण्डली परिवारले त्यो बेला हामीलाई धेरै साहयता गर्नुभयो, रात दिन लगाएर प्रार्थना गरिदिनुभयो । तर १५ दिन बितिसक्दा पनि केही सुधार भएन, झन झन अवस्था बिग्रन लाग्यो । त्यसै क्रममा उहाँलाई एकजनाले जडिबुट्टी औषधी खाने सल्लाह दिनु भयो । उहाँ काठमाण्डौको क्षेत्रपाटिमा गएर जर्चाँएर औषधी खान थाल्नुभयो । त्यहाँको औषधी खाएकै बेला देखि त उहाँलाई पोल्ने, घोच्ने र दुख्ने हुन थाल्यो । पहिले त बाङ्गो मात्र भएर अफटेरो भाको थियो तर औषधी खाएपछि त उहाँ झन छट्पटिन लाग्नु भयो, रातभरि रुने, कराउने र चिच्याउन थाल्नुभयो । उहाँ रुदै प्रार्थना गर्नुहुन्थ्यो । म दिनभरि काम र डक्टरकोमा जाँच गर्दा गर्दा थाकेर हैरान भएको थिए । निदाए पनि कानमा उहाँको पिडाको गुञ्जन सुन्ने गर्थिए तर केहि गर्ने उपाए थिएन ।
अनि वचनहरु सम्झिन थाले, प्रभुले गर्नुभएको पहिलो प्रचार याद आयो पश्चताप गर किनभने स्वर्गको राज्य नजिक आएको छू यो वचनले मेरो मनमा खुल्दुली मच्चाईदियो । कसैको मन दुखाउनु मार्नु बराबरको पाप हो भन्ने पनि याद आयो, अनि मैले सोचे कतै हाम्रो घमण्डले हामीले कसैलाई चोट पो पुर्याएको छौ कि भनेर । अनि मेलै उठेर श्रीमानलाई भने हेर्नुहोस् हामीले शायद पश्चताप गर्न सकेको छैनै होला । हामी दुवैनै उपवास बसेर पश्चताप गरौँ र कसैलाई अन्जानमा चोट पुर्याएको छौ भने क्षमा मागौ भनेर ।
अनि मैले भने म आज देखि ३ दिन उपवास बस्छु तपाई जति सक्नुहुन्छ त्यति बस्नुहोस् भनेर । अनि उहाँ एक दिन बस्नुभयो र म ३ दिन उपवास बसे । त्यो बिहान मण्डलीको एकजना भाई आएर जडिबुटिले २४ घण्टामा छोड्छ यसैले पिर नगर्नुहोस् अब यसलाई उपयोग नर्गनुहोस् भन्नु भयो । त्यस पछि उहाँले त्यो जडिबुटिको औषधी पनि लिनु भएन र उहाँले प्रार्थना गर्नुभयो अब म कहिल्यै प्रभुको काममा बाहना बनाउदिन जुनै स्थितीमा पनि अघि बढ्नेछु । त्यस पछिका दिनहरुमा के भयो कसरी भयो थाह नै भएन । उहाँ अचानक जस्ताको त्यसतै हुनुभयो र प्रभुले उहाँलाई निको पार्नुभयो । प्रभुलाई धन्यवाद होस् आज उहाँ सध्य हुनुहुन्छ । अनि अहिले मण्डलीमा उपाध्यक्षको पद सम्हालेर बस्नुभएको छ, साथमा डिकन पनि हुनुहुन्छ ।
निलम आले
हाल ईस्राएल ।
अर्को गवाही पढ्नुहोस : किरण राईको गवाही - उहाँको प्रेमलाई सम्झन्छु मन आनन्द्ले भरिन्छ
Comment
JMC Didi tapaiko Jiwan Gawahi pare sachai nai prabhule tapaiko pariwarma Ashis dinu vayeko hos tapai prabhuma aghi barnus adhai tapailai prabhule prasastha Aashis dinu hunchha tapaiko Jiwan gawahi bata prerana paye.Amen
Comment by kabita kunwar on July 1, 2012 at 6:20pm sis hajur ko gawae le ta mero mutu nai choyo pravu lai mahima hos ra jati samasya aaye pani niras navae pravu sang pray garum laaaaaaaaaa
Comment by nilam aale on January 9, 2012 at 2:18pm dhanyebat sabai pravukajanharuma mero gawahi padera comment dinu vayekoma.hamilai uhale aafno amulye ragatle kinnu vako6.hajarau, lakhau,karodauma,chunnu vako6 uhako bises yojana hamima rakhera tyo yojana bujne hamile prayas garnu par6.hami sabai milera aa-aafno thau bata talas garau pravuko anugrahma akdin awasye pura garne6au.
Comment by jaya on December 28, 2011 at 6:10pm ho diju hamro jiudo pravu le hamile ankha le nadekhe pani uha le hamilai sadhai dekhei rahanu vaeko hunchha ra hamile gareka harek kam haru ma uhako dhyan hunchha hamile janaanjam ma kasai mathi pap gareka hunchhau tesko paschatab garnu parchha hamro pravu le hamilai kshama dinu hunchha uha doctor haru ka doctor hunuhunchha uha ma niko nahune kunai rog chhaina bas hami le uha mathi biswas ka sath paschatab ko prathana garnu parchha
Comment by chhatra bahadur tamang on December 28, 2011 at 4:53pm danyabad pravu . sachainai tapai katti valaa hunu hun6
didi ko gabahi padher ma pani pravu ma aasisit vaya . ra didi ajhai aaune jiwan ma pravu le derai aasis diuna .
Comment by Anjan Sethi on December 19, 2011 at 4:30pm दिदी तपाईंको जीवनमा पनि प्रभुले केही न केही काम गरेर देखाउन थियो साथै दिदी को जीवन गवाही पढ्दा र तपाईं को त्यो धीरज र साहनशिल्ता देखेर म गवही पढ्दा - पढ्दै म धेरै आशिशित भई ,,,
Comment by sabita gautam on December 11, 2011 at 4:58pm didi tapaiko gabai padda ta mero aakha rasayar aayo sachai parvu mahan hunuhun6 parvu le aasis dinu vayako hos
Comment by nanda sampang rai on December 7, 2011 at 6:54pm nana tapai ko gawai padherai dherai asis paye prabhulai mahima hos
Comment by kija Ridar lhomi on December 3, 2011 at 10:19am didi khushi lagio tapaiko jeevan ma prabhule achammako kam yojana rakhnu bhayechha mero pani yestai yestai chha ekdin ma pani yaha bata post garchhu hai didi and sathiharu .........
Comment by ezra waiba on December 3, 2011 at 3:05am दिदि निलम जिउदो हाम्रो परम प्रभु सत्य को वानी जीवित अनुग्रह को भण्डार हुनुहुन्छ,उहाको सामु कहिल्य सैतान्ले जित गर्न सक्दैन हल्लेलुयाह हजुरको श्रीमान्को जीवनमा पनि प्रकट हुनुभएछ धेरै खुशी लाग्यो
नेपाली ख्रीष्टियन साईटमा तपाईंलाई स्वागत छ । Welcome to
Nepali Christians Site
►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)
►सिमोन राइ 5,000Rs.(काठमाण्डु)
►इजकिएल राइ - 4500 Rs.(साउदी)
► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)
------------------------------
2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote
Started by salomi pradhan in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian May 12. 1 Reply 0 Likes
Started by Udit Thapa Magar in प्रार्थना को माग - Prayer Request. Last reply by salomi pradhan May 12. 3 Replies 0 Likes
Started by Eali khadka in प्रार्थना को माग - Prayer Request. Last reply by Binod Gurung on Sunday. 5 Replies 0 Likes
Started by Durga Jung Kunwar ( Gabrial) in सूचनाहरु - Notice. Last reply by Shrawan Bomjan May 5. 1 Reply 2 Likes
Started by Jit Lama in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian Apr 15. 1 Reply 2 Likes
© 2013 Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।
संपर्क | उजुरी | हाम्रो बारेमा | Badges | Report an Issue | Terms of Service

You need to be a member of Nepali Christians Site to add comments!
Join Nepali Christians Site