परमेश्वरको मानिस प्रतिको अद्भुत प्रेम र क्रुसको निर्माण

आफ्नो सन्तानलाई माया नगर्ने त को होला र? तैपनि  आफ्नै सन्तानको लागि प्राण दिने कोहि होला र यस संसारमा ?   यस संसारको इतिहासलाई पल्टाएर हेर्ने हो भने अरुको प्राण लिएर आफ्नो नाम कमाउनेहरुको नाम अनगिन्ती नै छन्  तर  अरुको लागि प्राण दिएर आफ्नो नाम कमाउने मानिस त बिरलै पाइएला , यसैले अरुको लागि प्राण  दिने कुरा त  मानिसको  लागि असम्भव नै छ नि होइन र ?  तर संसारको  इतिहासलाई पल्टाउदै  जादा अरुको उद्वारको लागि क्रुसमा  असहाय कस्ट खपेर आफ्नो प्राण दिने  येसु  ख्रिस्ट   एउटै  मात्र व्यक्ति पाउदा  हामि  आस्चर्य चकित हुनु स्वाभाविक नै हो  / यस्ता अद्भुत कार्य गर्ने येसु  आज संसारको मसिहा हुनुभएको छ , जसको नाम उच्चारणले मात्र पनि मानिसको उद्वार हुनेछ / यस्ता महान प्रभुलाई    एक  नजर लाउदा पनि हामि  अहोभाग्य हुने भएकोले  धरान या काठमाडौँ मा १०७ फिट उचाई भएको क्रुस बनाउने   ५ बर्से  योजना बनाएका छौं / यसका लागि प्रारम्भीक चरणको काम  जग्गा  किन्ने काम भैरहेको हुँदा यस कार्यको  सफलताको लागि प्रार्थनामा राखिदिन हुन  "DHARAN CHURCH र  THE SAVIOR FOUNDATION, USA" अनुरोध गर्दछ   / प्रभु येसुको आशिस नेपाल र नेपाली प्रति सदा बनिरहोस.......आमिन ........../

Views: 116

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by Shrawan Bomjan on November 18, 2013 at 10:17pm

प्रभूमा आदरणीय दाजु, मलाई गलत नबुझीदिनुहोला है, मैले तपाइँ संग धन छ भन्न खोजेको होइन, धनराशीले साथ् दियो भने, भन्ने कुरा मात्र उठाएको । हजुरहरुको योजना र यो लक्ष्य एकदम राम्रो छ,। ख्रीष्टको महिमाको निम्ति सबै असल होस् । 

Comment by jaleshwar shrestha on November 18, 2013 at 9:13pm

बम्जन भाइ, कमेन्ट को लागी धन्यबाद , म सँग धन भएको कारणले होईनकी प्रभु प्रती मेरो असिम माया र उहको म प्रतिको निस्वार्थ प्रेम को कारण र मेरो प्रभु प्रतिको अटुट र असिम बिश्वासको कारणले यो काम प्रभु को महिमा को गरु भन्ने मेरो इच्छा हो प्रभुको आसिसले धन पनि अबस्य जम्मा हुनेछ , म पनि तपाईं जस्तै बिदेसमा सनो ति नो काम गरेर बसेको छु

Comment by Shrawan Bomjan on November 18, 2013 at 8:37pm

धनराशिले साथ् दियो भने, जे जसो गरेनी के खै कुन्नि ? तर पवित्र धर्मस्थाल नै भनेर चाँही क्रूस ठड्याउनु गलत हुन्छ । गएको वर्ष मात्र साखुमा संसारमै अग्लो शिवको मूर्ति बनाएर हिन्दू समाजले निकै चर्तिकला देखाएका थिए । क्रूस बनाएर राख्नु नराम्रो कुरा त होइन तर त्यसलाई पवित्र धर्मस्थालको रुपमा बिकास गर्ने भन्ने कुरा चाँही ठिक लागेन ।के परमेश्वरलाई खोज्न हातले बनाएको मन्दिरमा जानु र ? धर्म स्थल नभनेर एउटा क्रुस बनाएर, धर्मनिरपेक्ष राष्टको पहिचानलाई देखाउन सकिन्छ तर त्यस क्रुसको फेदीमा गएर धर्म गर्ने चलन बसाल्नु चाँही ..लास्टमा उई हो हुन्छ .हामी त पहिले नै मूर्तिहरुमा बेचिएका थियौ । - कति चोटी यसरि ठुला ठुला मूर्ति, क्रूसहरु जवान-जवानी युवा-युवतीलाई समय बिताउने पार्क जस्तो बनेको मैले देखेको छु । - हजुरको सोच योजना राम्रो छ तर त्यसलाई, सहि पक्रियामा योजना बध्दको साथमा गर्नुस् । 

Comment by aruna chhantyal on November 18, 2013 at 4:22pm
swargadwari, chaar dham aadi testa manisle banaeka dharmiksthal 6n jasko naam sundai ghrina utpanna hun6.
Khristko balidanko kadar alko krus rakhera hune hoina baru ktmka mandaliharuko sajha samasya sambodhan gare ramro hunthyo.
Ktm ma samadhisthalko samasya 6 jaskalagi sarkarle ashwasan matra dieko 6.tyo pura hune chai kaile ho kaile.
Es sansthabata sahayog hun6 vane samuhik samadhirthalko nirman hos taki sana mandalile rin kadhera samadhisthalko jagga kinnuparne badhyata bata 6utkara milna sakos.dhanyawad
Comment by PURNA BM on November 18, 2013 at 11:28am

 मन्डली स्व्यम धार्मिक्तामा उत्तम छदा छदै अर्को धार्मिक स्थल बनाउनु त काठमान्डौमा कृस्चियान हरुको "पशुपती नाथ्" दर्शन बनाउने कुरा जस्तो लागयो,बरु त्यो त पर्यट्किय स्थल को  रुपमा आकर्षन होला ।मेरो आफ्नै बिचार उत्तम भने नहोला ।तर अन्य्था नलिनु होला l

2014को सयोगीहरु

2013 मा हामीलाई सयोग गर्ने सयोगीहरुलाई भेट्नुहोस CLICK

►Mangal Singh Budha Magar 

Rs. 5300 UAE

_____________________

यो बर्ष २०१४ को लागी तपाइँ पनि यस साइटलाई सयोग गर्न चाहनुहुन्छ भने तलको इमेलमा !     

►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 अंक ध्वोज परियार 

© 2014   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service