हामीले हटाउनु पर्ने हाम्रो हृदयको मुर्तिहरु !

सबै सामानहरु व्यवस्थित गरेर राख्ने मेरो सानैदेखिको बानी थियो। अबश्य नै समान ब्यबस्थित गरेर राख्नु आफैमा नराम्रो थिएन तर समस्या कहाँनिर थियो भने, कसैले आएर टेबलमा राखेको किताब झिकेर बस्ने कुर्चीतिर मात्र राखीदियो भने पनि काचैं खाइदिउला जस्तो गरेर रिसाउने गर्थे। यहाँसम्मकी त्यसले मेरो दैनिकीलाई समेत ठुलो प्रभाब पार्थ्यो। घरमा पाहुनाहरु आयो भने, म मेरो कोठाको चापी लगाउने गर्थे , ताकी कोठाभित्र पसेर उनीहरुले मेरो सामानहरु नचलाउन। अरुको कुरा छोडौ, आफ्नै भाइहरुलाई समेत म आफ्नो कोठाभित्र पस्न दिदैंन थिएँ। नानीदेखि लागेको मेरो यो बानि बिहे भएपछी पनी छुटेन, न त यहाँ बेल्जियम आएपछि नै छुट्यो। म घरि घरि समानहरु मिलाइरहन्थे, सामानहरु यत्रतत्र छरीदिन्छन भनेर बच्चाहरुलाई समेत स्वतन्त्र भएर खेल्न दिदैनथे। दादाले (मेरो श्रीमान) कतै घुम्न जाउँ भन्नुभयो भने, पहिला घरमा यत्र-तत्र छरिएका सामानहरु मिलाउछु अनि जाउला भन्थे तर दिनभरीको समय त्यसैमा बित्थ्यो ।

मेरो हरेक बिहानी घरको सरसफाईबाट सुरु हुने गर्थ्यो। जुरुक्क उठ्यो, भ्याकुम लगायो अनी समानहरु मिलायो...ब्रेकफास्ट बनायो अनि फेरी सामानहरु व्यवस्थित गर्न तिर समय दियो , खान बनायो अनि फेरी सामानहरु व्यवस्थित गर्न तिर समय दियो , यो क्रम दिनभर जस्तो मेरो दैनिकीमा दोरिरहन्थ्यो। यी सबको बिचमा बाइबल झिकेर पढ्ने मलाई फुर्सदै हुदैन थियो। सधै जसो एकदिन बिहानीको खानापछी पनी म सामानहरु मिलाउदै थिएँ, अचानक परमेश्वर मेरो हृदयमा बोल्नुभयो।

आफ्नो मनभित्र राखेको तिम्रो मुर्तिलाई त्यागीदेउ।

त्यतिबेला मलाई हजारौ हजार इट्टाको बोराले बेस्मारी टाउकोमा हिर्काएको जस्तो भयो ।

हैन, मैले कतिखेर घरको ब्यबस्थितपनलाई मेरो हृदयमा मुर्ती बनाएर राख्न पुगेछु, सोच्न बाध्य भएँ।

मैले त परमेश्वरलाई भन्दा घरको ब्यबस्थितपनलाई पो पहिलो प्राथमिकता दीईरहेकी रहेछु। आफुले आफुलाई अनुसाशनमा राख्ने नाममा बर्षौ-बर्ष देखावटीपनको चंगुलमा फसेको थाहा नपाउने कस्ती बुद्धु म ।

घर ब्यबस्थित गर्नु अत्यन्तै राम्रो कुरा हो तर जब हामी सबै कुरा भुलेर कुनै एउटा कुरामा मात्र बढी जोड दिन थाल्छौ, तब बिस्तारै तिनै कुराहरु हाम्रो हृदयमा मुर्तिको रुपमा बस्न थाल्छ,जुन कुराको हामी ख्याल नै गर्दैनौ अनि शैतानलाई सजिलै मौका दिन्छौ। अनी त हामी जति खेर पनी त्यही मुर्तिलाई देख्छौ, जतिखेर पनी त्यहि मुर्तिको बारेमा सोच्छौ, जबकी हाम्रो अति नै पहिलो प्राथमिकता परमेश्वरलाई हुनुपर्छ।

ब्यबस्थित गर्ने कुरालाई मात्र बढी जोड दिने कारण शैतानले मेरो जिबनमा बलियोसँग राज गर्ने मौका पाएको थियो। किनभने ब्यबस्थितपानालाई म अती नै धेरै जोड दिन्थे, अती नै धेरै प्रेम गर्थे अनी प्रार्थनामा चाही कती पनी समय बिताउदिन थिएँ। मेरो जिबनको पहिलो प्राथमिकता परमेश्वर नभएर ब्यबस्थितपन बन्न पुगेको थियो, जसले शैतानलाई पटक पटक मौका दिईरहेको थियो।

अझ पनी म कतिचोटी यिनै कुराहरुलाई जोड दिन पुग्छु तर तुरुन्तै बिर्सीपनी हाल्छु 

साचै भन्ने हो भने, बच्चाहरुलाई स्वतन्त्र भएर खेल्न दिएर सामानहरु अव्यस्थित हुन दिनु मेरो लागी कत्ति पनी सहज थिएन। अझ भनौ, त्यसो गर्नु आफ्नो शरीरको अत्यन्तै प्रिय अङ्ग काटेर फाल्नु सरह हुन्थ्यो तर बचनले भन्दछ :

यदी तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेउ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनु भन्दा बरू तिम्रो अङ्गहरु मध्य एउटा गुमाउनु तिम्रो निम्ती हितकारी हुन्छ। मत्ती ५:२९-३०

मेरो लागी यी सब गर्न सजिलो नभएता पनी परमेश्वरको सहायताद्वारा मैले सहजै गर्न सके। दिनभरीको समय समान मिलाएर बस्नुमा भन्दा परमेश्वरको बचन पढ्नुमा कती आनन्द छ त्यो बुझ्न सके। घर चाही एकदमै ब्यबस्थित राख्ने अनी आफ्नो परिवारमा चाही कती पनी प्रेम नदेखाउने हो भने त्यो खोक्रो आडम्बर बाहेक केही होइन भनेर जान्न सके।

समान चाहे ब्यबस्थित होस् या अब्यबस्थित म मेरो घर सफा राख्न सक्छु, बच्चाहरुसँग Quality समय बिताउन सक्छु, म आफ्नो परिवारसँग रमाइलो गर्न सक्छु। :)

हामीले हाम्रो हृदयमा कुनै मुर्ति आफैले बनाएर राखेका छौ भने त्यसलाई बेलैमा चिन्न सक्नुपर्छ। हाम्रो Focus केवल परमेश्वरमा हुनुपर्छ।

शैतानले हामीलाई यस्तै लोभलाग्दो कुराहरुको प्रलोभन देखाएर त्यस्को पछि लाग्न प्रेरीत गर्छ, जसरी हब्बालाई स्याउको असल-असल बिशेषताहरु देखाएर स्याउ खानु प्रेरीत गरेको थियो। यस्ता कुराहरु देख्नमा अत्यन्तै सुन्दर हुन्छ तर त्यसको पछाडी लुकेको डरलाग्दो बास्तबिकता केवल परमेश्वर जान्नुहुन्छ।

यदि कोही व्यक्ति आफूभन्दा राम्रो छ, पातलो छ र आफुले भन्दा राम्रो मिलाएर फेसनदार कपडा लगाएर हिड्छ र तपाइलाइ त्यस्तो कुराले ईर्ष्या गराउछ भने उनीहरुलाई हेर्न बन्द गर्नुहोस ।

कसैको फेसबुक स्टाटसले तपाइको हृदयमा जलन पैदा गर्छ भने उसको फेसबुक स्टाटस हेर्न बन्द गर्नुहोस ।

कुनै कुरा बाहिरी देख्नमा राम्रो छ र त्यसले तपाइको भावानालाई नियन्त्रण लिएको छ तर त्यो कुराले परमेश्वरलाई प्रसन्न बनाउदैन भने त्यस्ता कुराहरुलाई ध्यान दिन बन्द गर्नुहोस ।

ती सब कुराहरु प्राप्त गरेर हाम्रो आत्मालाई मार्नु भन्दा ति कुरहरुलाई नै आफ्नो जिबनबाट हटाउनु धेरै बुद्दिमानी हो।

हाम्रो परमेश्वर को हुनुहुन्छ ? यो कुरा हाम्रो लागी बढी महत्व हुनुपर्छ, न कि कुनै पनी संसारिक कुरा, जसले हाम्रो हृदयमा मुर्ति बनेर हामीलाई परमेश्वरसँगको संगती देखी टाढा गराउछ।

तपाईले पनी आफ्नो हृदयमा यस्तै मुर्ति बोकेर बस्नुभएको त छैन ? जसलाई तपाई परमेश्वरलाई भन्दा बढी समय दिनुहुन्छ?
यस्ता मुर्तिहरु के के हुन् सक्छन त हेरौ :

१) अभीमान

स्कुलमा पढ्दाखेरी मेरो सम्पूर्ण साथिसंगीको उद्देश्य डाक्टर बन्ने, पाइलट बन्ने, इन्जिनियर बन्ने हुन्थ्यो तर मेरो उद्देश्य भने असल गृहिणी बन्ने थियो। पढेर घरमै सिमिति हुने हो भने के को लागी पढ्नु भन्ने जस्ता कुराहरु त्यतिबेला खुबै सुनिन्थ्यो तर त्यस्ता कुराहरुले मलाई कहिल्यै पनी असर पारेन।

बिबाहपछि आफ्नो चाहना अनुसार म पूर्णरुपमा Housewife बने। मेरो लागी दादा (मेरो श्रीमान) नै मेरो कैरियर हुनुहुन्थ्यो र हुनुहुन्छ। म १९ बर्षको हुदाँ मेरो दुइवोटी छोरीहरुपनी जन्मिसकेको थियो। विदेशको ठाँउमा सबै जना आफ्नो काममा ब्यस्त हुँदा म आरमले आफ्नो छोरीहरु हुर्काइरहेकी हुन्थे। बाहिर गएर काम गर्न मलाई कति पनि मन पर्दैनथियो किनभने त्यसो गर्दा कामको र बच्चाहरुको स्कुल छुट्ने समयको तालमेल मिल्दैन्थियो र मैले मेरो बच्चाहरुलाई स्कुल छुटेपछि पनी बेलुका सम्म स्कुलमै राख्नुपर्ने हुन्थ्यो। त्यसो गर्न पटक्कै मन लागेन तर घरमै बसेर भएपनी केही काम गरेर दादालाई सघाउन पनी चाहान्थे। यसरी दुबई हातमा लड्डु खोज्नु त् एकप्रकारले असम्भब जस्तै थियो तर पनी परमेश्वरमा कुनै कुरा असम्भब हुदैन।

मैले चाहेको जस्तै घरमै बसेर गर्ने कामको लागी म बारम्बार परमेश्वरसँग प्रार्थना गर्ने गर्थे। नभन्दै एकदिन उहाँले मलाई मेरो प्रार्थनाको उत्तर दिनुभयो। घरमै Home day care खोल्ने उत्कट इच्छा उहाँले ममा जगाइदिनुभयो तर यो कामको लागी डच भाषा राम्रो सँग जान्नुपर्ने हुन्थ्यो। फुर्सदको समय निकालेर भाषा स्कुलमा गएर डच भाषा सिकेको प्रमाण-पत्र त म सँग थियो तर अभ्यास नभएको कारण बोल्न पटक्कै जान्दीनथें। फेरी यस्तो काम बेल्जियममा कुनै पनी बिदेशीहरुले गरेको देखेकी थिईन, त्यसैले पनी यो कामको लागी आबेदन गर्नु मलाई हिम्मत नै आएन तर परमेश्वरले यस्तो मान्छे मेरो लागी देखाईदिनुभयो जो बिदेशी थियो र डच राम्ररी बोल्न जान्दैनथियो तरपनी यही काम मज्जाले गरेर बसिरहेको थियो। उनलाई देख्दा मनमा हौसला त आयो तर कहाँ गएर आबेदन दिनुपर्ने हो थाहा नै भएन। यहाँ पनी परमेश्वरले मेरो लागी बाटो देखाइदिनुभयो। यो बारेमा सबै जानकारी थाहा भएको मान्छे हाम्रो सामु लेराउनुभयो र उनीहरुले दिएको सर-सल्लाह अनुसार हामीले गर्यौ र यो कामको लागी आबेदन दियौ। परमेश्वरको अनुग्रहले सबै काम सफल हुँदै गयो र मैले यो काम गर्न पाउने निश्चीत भयो। म फुरुक्क परें।

त्यतिबेला मेरो खुशीको कुनै सिमा थिएन तर साथसाथै नजानिँदो तबरले ममा अभिमान बढ्न थाल्यो। मेरो अभिमान यतिसम्म बढेर गयो कि मैले अरु सबै कामहरु तुच्छ देख्न थाले। अन्तमा मैले पाइसकेको काम मेरो हातबाट गयो। सबै कुरा सफल भएर पनी अन्तमा आएर मैले यो काम गर्ने अनुमती पाइन।

मुखमै आइसकेको गाँस खोसिदा म सार्है हतोत्साहित भएँ तर मैले दुख पनी मनाउन नपाउदै अर्को ठाउँबाट मलाई कामको अफर आयो।म दङ्ग परे। मैले University को कैंटीनमा काम गर्नुपर्ने थियो। मेरो जिबनमा मैले घरबाट बाहिर निस्केर कहिल्यै पनी काम गरेकी थिएँन र ममा कुनै अनुभब पनी थिएँन तर पनी अचम्मतरिकाले त्यो काम मैले पाएँ। आफुले सोचेको जस्तो काम नपाउने भएपछी त्यो काम गर्नलाई आफुले आफुलाई राजी गराएँ।

त्यहाँ काम गरेपछि सबै काममा पर्ने परिश्रममा कुनै अन्तर छैन भनेर बिस्तारै महसुस भयो। सबैको आ-आफ्नै महत्व अनी बिशेषता छ भनेर बुझे। जब मलाई आफ्नो गल्तिको बोध भयो,तब उत्तिनै खेर आफ्नो सबै गल्तिहरु स्वीकारेर मैले परमेश्वरसँग क्षमा मागे।

मेरो गुहार परमेश्वरले सुन्नुभयो। यस्तै एकमहिना पछी मैले home Day care सुरु गर्नको निम्ति पुन: आबेदन दिएँ र जुन दिन मैले आबेदन दिएकी थिएँ त्यसै दिन बेलुका उनीहरुले फोन गरेर मेरो आबेदन स्वीकृत भएको जानकारी दिए, अनि भोलिजसो office बाट उनीहरु आफै आएर कामको लागी चाहिने document हरु दिए र अर्को महिना देखी काम सुरु थाल्नु भने।

त्यतिबेला कतिचोटी परमेश्वरलाई मैले धन्यबाद दिएँ म आफै जान्दछु।

मानिसको अभीमानी नजर खसालिनेछ र मानिसहरुको शेखी झारिनेछ, त्यस दिन परमप्रभु मात्र उच्च हुनुहुनेछ। यशैया २:११

यसर्थ यस्तै कुनै पनी अभिमानको मुर्ती तपाइको हृदयमा गडेर बसेको छ भने त्यसलाई बेलैमा चीन्नुहोस र त्यसबाट छुटकारा पाउनको निम्ति परमेश्वरसँग प्रार्थना गर्नुहोस।

२) मनोरन्जनको सामग्रीहरु

हामीले मनोरन्जनको निम्ति प्रयोग गर्ने सामानहरु के परमेश्वरकोलागी ग्रहणयोग्य छ त ? यदि छैन भने यही नै पर्याप्त कारण हो, यस्ता सामाग्रीहरुसँग टाढा रहनु। के के हुनसक्छन त यी कुराहरु? उदाहरणको लागी हामीले चलाउने स्मार्ट फोन, फेसबुक, इन्टरनेट, टेलिभिजन आदि इत्यादि। यी कुराहरुमा कुनै नराम्रो त् छैन तर समस्या त्यातिबेला हुन्छ जब हामी सबै कुरा छोडेर यी कुराहरुको पछि दौडन्छौ र आफ्नो हृदयमा मुर्ति खडा गर्छौ।

कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यबाद चढाउदै प्रभु येशुको नाममा गर। कलस्सी ३:१७

३) म

कतिपल्ट हामीले परमेश्वरलाई भन्दा आफ्नै जरुरतहरुलाई बढी महत्व दिइरहेका हुन्छौ। मेरो कैरियर, मेरो पढाई, मेरो परीक्षा मेरो ब्यापर-ब्यबसाय भनेर हामी त्यसकै पछाडी दौडन्छौ र हाम्रो आफ्नो हृदयमा मुर्ति बनाएर राज गर्न दिन्छौ। हाम्रो जिबन भनेको परमेश्वरले राज गरेको हुनुपर्छ न कि हाम्रो जरुरतहरुले। कतिपल्ट म पनी आफ्नो schedule अनि to do list लाई बढी महत्व दिनपुग्छु र परमेश्वरसँग बिताउने समय गुमाउन पुग्छु तर हामीले कहिल्यै पनी आफुलाई यस्ता कुराहरुले राज गर्ने अनुमती दिनु हुदैन।

तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरुका निम्ती थपिनेछ।मत्ती ६:३३

४) पिर चिन्ता


कुनै पनी सानो भन्दा सानो समस्याले हामीलाई यती धेरै प्रभाब पार्छ कि हामीलाई भोक लाग्न छोडछ। संसार बिरक्त लाग्न थाल्छ। तर त्यति बेला हामीले सबै कुरा लगेर परमेश्वरको चरणमा राख्न सक्नुपर्छ। हाम्रो समस्या भन्दा हाम्रो परमेश्वर कयौं गुना ठुलो हुनुहुन्छ। जब सारा संसारको मालिक हाम्रो परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भने हामीले व्यर्थमा किन पिर चिन्ता लिने? किन त्यस्ता कुरालाई हाम्रो हृदयमा राज गर्न दिने?

कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निबेदनद्वारा धन्यबाद सहीत तिमीहरुका बिन्ति परमेश्वरमा जाहेर होऊन र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरुका हृदय र तिमीहरुका मनलाई येशुमा रक्षा गर्नेछ। फिलिप्पी ४:६-७

Views: 300

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by srijana gurung on December 24, 2013 at 4:33am

सारा बहीनी, तपाइको मिठो कमेन्टले मलाई थप हौसला दिएको छ। पढेर आफ्नो राय व्यक्त गरिदिनुभएकोमा तपाईलाई धेरै धन्यबाद छ । :)

Comment by sarah rai on December 20, 2013 at 9:34am

JAIMASIH  DDआज धेरै दिनपछी dमैले यो ख्रिष्टियन साइड खोले र र म भित्र भएको मुर्तिहरू स्पस्ट देख्न सके तपाईंलाई धेरै धेरै धन्यबाद् दिदि श्रीजना गुरुङ आज म प्राथना गर्न लगेको थिए तर अगुवाइ भकै थिएन मलाई प्रभुको नजिक जान गाह्रो भकोथियो फेरि मेरो मान्ले भनेउ फेश्बुक अन गर, फेरि सोचे यो सब दुस्टको चाल् हो प्राथनको समयमा मलाई फेस्बुक अन गर्न लाउने तर जब मैले ल्यप्टोप अन गरे अनि यो साइड हेर्न मान् लागेउ अनि सबै ब्लोकहरू हेर्दै गए र तपाईंको ब्लोक पढ्न थाले त्यहा सबै ती कुराहरू थियो जो ममा थियो र प्रभुसँग कुरा गर्नुलाई मलाई धेरै सहयोग पुराएको छ। धन्यवाद दिदि फेरि पनि,म अजै बाट मभित्र भएको मुर्तिहरू हटाउनेछु मैले पनि यो कुरालाई कहीले ध्यान दिएकी थिईन आज थाहा पाउने मौका पाए परमेस्वरलाई धन्यबाद् होस्। 

Comment by srijana gurung on December 12, 2013 at 12:32pm
प्रतीकृयाको लागी अरुणा बहीनी र श्रवन भाईलाई धेरै धन्याबाद होई :)
Comment by Nepali Christian on December 11, 2013 at 10:22am

सार्है मेहनत गरेर मेरो दिदीले फेरी हामीहरुका निम्ति परमेश्वरको वचनलाई लिएर आउनुभएछ । संघर्षमय जीवनको निम्ति अतिनै चुनौतीपूर्ण यो वचनको लागि धेरै, धन्यवाद दीदी । म मा  पनि धेरै धेरै उत्साह र हौसला बढेको छ यस हजुरले तयार गर्नुभएको परमेश्वरको वचन पढ्दा । प्रभुले तपाईलाई प्रसस्त आशिष दिनुभएको होस् । - श्रवन  

Comment by aruna chhantyal on December 10, 2013 at 8:17pm
तपाईले पनी आफ्नो हृदयमा यस्तै मुर्ति बोकेर
बस्नुभएको त छैन ? जसलाई तपाई परमेश्वरलाई
भन्दा बढी समय दिनुहुन्छ?
Aaja tpiko anuvavma adharit dherai ramro lekh padhiyo.
Ho hamlai estai hridayvitraka murtiharule parmeswardekhi alag garna khoj6.tara hamile tinlai belaima chinera hataunupar6
Comment by srijana gurung on December 10, 2013 at 3:07pm
धन्याबाद अरुणा दीदी, समय नीकालेर पढीदीनु भएको लागी। :)
Comment by अरुणा राई ! on December 7, 2013 at 6:46am
बहिनी जय मसिह -
आहा धेरै दिनबाद तपाईको ब्लग पडन पाईयो अनि यस ब्ल्ग द्वारा तपाईको यो नयाँ गवाही पनि पडन पाईयो साह्रै खुशी लायो ! हो बहिनी हामी मन्दिरमा गैइ रातो टिका निधारमा लगाई मुर्तिको पुजा नगरे पनि साँसारिक कुनै कुनै कुरोसँग ज्यादै लगाव राखेको कारण आज पनि हामी पर्मेश्वरको अघि मुर्ति पुजक नै छौ ! ससाँरिक कुरोहरु सँग मेरो पनि ज्यादै लगाव भएको कारण दुई साल अघि मैले पनि धेरै ससाँरिक कुरोहरुको  मुर्ति  पुजा गर्ने गर्थे  तर पर्मेश्वरलाई हृदय आन्तरिक धन्यबाद नदिइ सक्दिन कि उहाँले मलाई मेरो जिवनमा एउटा आत्मिकी पिता precher zac poonen पठाई दिनु भयो जसले मलाई एउटा पिताले आफ्नु छोरीलाई सही बाटो हिडाए झै सँधै सत्यको बाटो हिडाउनु भयो अनि जब हामी सत्यको बाटो भैइ हिडछौ धेरै कुराहरुबाट स्वतन्त्र पनि हुँदो रहेछौ !
I mean precher zac poonen बचन सुनेर नै मैले अबिश्वासीले पुज्ने मुर्ती अनि बिश्वासीहरुले पुज्ने मुर्ति पुजाको बारेमा स्पष्ट बुझ्न सकेको थिए अनि  प्रेरित पावलले झै मैले पनि यो सँसारको हरेक मन लुभाउने कुरा या आफुलाई खुशी तुल्याउने कुरालाई कुँडा  garbage ठान्न सके   जसको फलस्वरुप मैले मेरो जिवनमा केवल अनि केवल पर्मेश्वरलाई  पहिलो प्राथमिक्ता दिन सके ! praise the lord
जब हामीले पर्मेश्वरलाई सबै भन्दा पहिला प्राथमिक्ता दिन्छौ हामी सँसारिक धेरै मुर्ति पुजाबाट बन्चित हुन सक्दो रहेछौ  ! पर्मेश्वर हामी सित प्रतिदिन बोल्न चहानु हुन्छ तर हामी सँधै आफुलाई खुशी तुल्याउने काममा यति ब्यस्त हुन्छौ कि पवित्र आत्माको आवाजलाई सुन्ने हामी सित समय समेत हुदैन् यसै कारण हामीले पर्मेश्वरको धेरै आशिष गुमाई रहेको हुन्छौ अनि भ्रमको ख्रीष्टीय जिवन जिएर मनै मनै पर्मेश्वर मसँग हुनु हुन्छ भनी आफै धोखा दिई रहेको हुन्छौ ! 
 
धन्यबाद छ बहिनी तपाईको आशिषय गवाहीको निम्ती ! May Lord Jesus Bless You & your family .

2014को सयोगीहरु

2013 मा हामीलाई सयोग गर्ने सयोगीहरुलाई भेट्नुहोस CLICK

►Mangal Singh Budha Magar 

Rs. 5300 UAE

_____________________

यो बर्ष २०१४ को लागी तपाइँ पनि यस साइटलाई सयोग गर्न चाहनुहुन्छ भने तलको इमेलमा !     

►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 अंक ध्वोज परियार 

© 2014   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service