बडो आनन्दको सुसमाचार

         बडो आनन्दको सुसमाचार

निश्चय पनि आज ख्रीष्टमसको दिन खुशी र आनन्दसँग रमाएका छौं । किन हामी आनन्द हुन्छौं? किन हामी खुशी हुन्छौं? किनकि आज भन्दा ३०१३ वर्ष अगाडि ख्रीष्ट येशू मुक्तिदाताको जन्म भएको थियो । उहाँको जन्मले सारा विश्वमा आनन्द र खुशीको ठुलो तरङ्ग ल्याएको छ । कुनै पनि व्यक्तिको जन्म हुँदा निश्चय पनि ती परिवारका सदस्यहरु अनि सबै नातेदार र छिमेकीहरु खुशी हुन्छन् । आनन्द मनाउँछन् । येशूको जन्म हुँदा त्यस्तै वडो आनन्दको सुसमाचार लिएर स्वर्गदूतहरु गोठालाहरुकहाँ प्रकट भएका थिए । किनकि ख्रीष्ट येशूको जन्मले सारा संसारको मानव जातिहरुमाझ स्वर्गीय आनन्दको सुसमाचार ल्याएकोले नै ख्रीष्टमसले महत्वपूर्ण सन्देश बोकेको छ ।

 

“तव स्वर्गदूतले तिनीहरुलाई भने । नडराओ, किनभने हेर म तिमीहरुलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरुको निम्ति हुनेछ । आज दाउदको शहरमा तिमीहरुका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।” लूका २:१०–११ ।

 

हामी ख्रीष्टमसको समयमा छौं । ख्रीष्टमसचाहिं ख्रीष्ट येशूको जन्मसँग सम्बन्धित रही आएको छ । ख्रीष्ट येशूको जन्मले एउटा आनन्दको सुमाचार ल्याएको छ । २०१३ वर्ष अगाडि ईस्राएलको वतेलेहेममा गाईको गोठमा कन्य कुमारी मरियमको कोखबाट जसरी ख्रीष्ट येशूको जन्म भयो यो जन्मसँगै मानव जातिको लागि आनन्द र खुशीको सुसमाचार संसार भरी फैलिरहेको छ । जसरी एउटा नयाँ वालक जन्मेको खवर हामीले सुन्दा खुशी लाग्छ । निश्चय पनि ख्रीष्ट येशूको जन्मचाहिं आम मानवको जन्म भन्दा पृथक तरिकाले निश्चित उद्धेश्य र योजनाकासाथ भएकोले पनि मानव जीवनको निम्ति अर्थपूर्ण रहीआएको छ ।

 

येशूको जन्म भएको वेला वेतलेहेममा गोठालाहरु आप्mनो वगालको रखवाली गरीरहेका थिए । तिनीहरु आप्नो वगालको हेरचाह गर्नलाई व्यस्त थिए । खासै अरु कुराको ध्यान र वास्ता त्यति थिएन । वास्तवमा गोठालाहरु भनेको तपाइँ म जस्तै समान्य मानिसहरु थिए । यी समान्य मानिसहरु आप्mनो दैनिकी जसोतसो गुजारीरहेका थिए । तर उनीहरुको एकाग्रतालाई भङ्ग गर्दै स्वर्गदूतहरु प्रकट भए । सबै गोठालाहरु भयभीत भईरहेका थिए । डराईरहेका थिए । यस्तो अवस्थामा गोठालाहरुलाई स्वर्गदूतहरुले आनन्द र खुशीको सन्देश बाँडेको कुरा हामी पाउँदछौं । वास्तवमा ख्रीष्टको जन्मसँगै मानव जातिको लागि खुशीको कुरा जोडिएको छ । त्यही कुरा स्वर्गदूतहरुले पनि गोठालाहरुलाई सुनाएको हामी पाउँदछौं ।

 

यहाँ लूकाले वर्णन गरेका छन् कि कसरी समान्य गोठालाकाहाँ ख्रीष्ट येशू जन्मिएको सन्देश आयो । “तव स्वर्गदूतले तिनीहरुलाई भने, नडराओ,” वस्तवमा गोठालाहरु आप्mनो दैनिकी जीवनमा व्यस्त थिए । तिनीहरु आप्mनो वगालको हेरचाह गर्थे । तिनीहरुले रातीको समयमा सबै वगाललाई राखेर राखवाली गरीरहेका थिए । हामी कल्पना गर्न सक्छौं कि तिनीहरुले दिनभरीको कठिनाई काम पश्चात अव अराम गर्न लागीरहेका थिए । तर त्यो रात तिनीहरुको लागि सँधै भईरहने निरन्ताको रात जस्तो थिएन । किनभने तिनीहरुको त्यो रात अति नै भिन्न रात भिन्न अनुभव थियो । त्यो रात तिनहरुको विशेष रात थियो । किनभने स्वर्गदूत गोठालाहरुमाझ प्रकट भएका थिए । ज्योति तेजसाथ चम्किएको थियो । गोठालाहरु अति नै डराए । अनि स्वर्गदूतले भने नडराओ । निश्चय पनि स्वर्गदूतहरुले ती समान्य गोठालाहरुमाझ ख्रीष्ट येशू जन्मिएको खुशीको खबर सुनाएका थिए । ती गोठालाहरुको जीवन फेरी सँधैको जस्तो रही रहेन । उनीहरुको जीवनमा परिवर्तन अवश्य पनि आयो ।

 

म तिमीहरुलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, भनेर स्वर्गदूतले गोठालाहरुलाई ख्रीष्ट जन्मेको खवर ल्याएर आएका थिए । मानिसहरु यो खवर सुन्नको लागि पर्खीरहेका थिए । किनकि धेरै अगमवक्ताहरुले समय समयमा ख्रीष्टको जन्मको विषयमा बताउँदै आईरहेका थिए । ठीक समयमा येशूको जन्म भयो । उहाँको जन्मको खबरले संसारमा आनन्दको खबर ल्यायो । यहाँ आनन्द मात्रै भनेर भनिएको छैन, बडो आनन्दको अथवा ठुलो आनन्द भनेर भनिएको छ । यस्तो प्रकारको आनन्द संसारबाट अथवा संसारमा पाईने थोकहरुबाट पाईने आनन्द होईन ।  ख्रीष्ट येशूमा पाईने आनन्द हो । अनि स्वर्गदूतले यही बडो आनन्दको सुसमाचार गोठालाहरु बताए ।

 

जो सबै मानिसहरुको निम्ति हुनेछ । निश्चय पनि ख्रीष्ट येशूचाहिं सबै मानिसहरुको लागि आउनु भएको हो । यो बडो आनन्दको सुमाचार कुनै व्यक्ति विशेषको लागि मात्रै नभएर योचाहिं सबै मानव जातिको लागि हो । जब आदम र हब्बाले पाप गरेपछि संसारमा मानव जातिमा अँध्यारो युग प्रवेश गरेको थियो । आनन्द मुक्ति र शान्तिको खोजीमा मानिस भौतरीरहेको थियो । परमेश्वरको योजनामा मानव जातिको पाप क्षमा गर्न, मानव जातिलाई मुक्ति दिन येशू आउनु यो यो बडो आनन्दको सुसमाचार सबै मानिसको लागि थियो ।

 

आज दाउदको शहरमा तिमीहरुका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ । ख्रीष्टमसको यो खुशीयालीमा हामीले जान्नु पर्ने कुराचाहिं यही हो कि बडो आनन्दको यो सुसमाचार हाम्रो लागि एउटा मुक्तिदाताको जन्म भएको छ । यो मुक्तिदाताचाहिं ख्रीष्ट हुनुहुन्छ भनेर यो खबर स्वर्गदूतहरुले गोठालाहरुलाई दिईएको थियो । मुक्तिदता ख्रीष्ट प्रभु हुनुहुन्छ । बाइबलमा येशू ख्रीष्टलाई विभिन्न नामहरु दिईएको छन् । “येशू” को अर्थ मुक्ति दिने व्यक्ति अर्थात मुक्तिदाता भनेर पनि भनिएको छ । ख्रीष्ट चाहिं एउटा ग्रीक शब्द हो, जसको अर्थ अभिषेक भएको व्यक्ति हो । उही शब्द हिब्रु अथवा यहुदीहरुको भाषामा मसिह हो । परमेश्वरले येशू ख्रीष्टलाई अथवा मसिहलाई संसारको मुक्तिदाता हुनलाई अभिषेक गर्नुभयो ।

 

किनभने संसारमा मानिस जाति पापको कारण हराएका थिए । परमेश्वरबाट टाढा भएर निराशा र आशा नभएको अवस्थामा बाँचीरहेका थिए । यहुदीहरुले पनि येशू आउनु भन्दा अगाडि देखि नै विभिन्न अगमवक्ताहरुले मुक्तिदाता ख्रीष्टको जन्म हुने कुरा बताएकाले उहाँको बाटो हेरीरहेका थिए । त्यही समयमा स्वर्गदूतहरुले गोठालाहरु यहाँ बडो आनन्दको सुसमाचार सुनाएका छन् । यो सुसमाचार सबै मानिसहरुको लागि थियो । यो सुसमाचार मुक्तिदाता ख्रीष्टको जन्मको विषयमा थियो । परमेश्वरले संसारको सबै पापी मानिसहरुलाई प्रेम गरेर आप्mनो पुत्र येशूलाई यस संसारमा पठाउनुएकोले सबै मानव जातिले ख्रीष्टको यो सन्देश सबैले सुनेर, बुझेर अनि जीवनमा लगाउन सकेमा सबैको हीत असल हुनेछ । फेरी पनि सबैलाई ख्रीष्टमस तथा २०१४ सालको शुभकामना ।

                  –रेशम कुमार सुनुवार

 

Views: 81

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by Resham Kumar sunuwar on December 27, 2013 at 2:03pm

swagat chha hai ta teso bhae

Comment by Shrawan Bomjan on December 26, 2013 at 9:51pm

बेस्तताले गर्दा ख्रीष्टमस पछि मात्र यो लेख पढे । धेरै धेरै धन्याबाद दाजु आनन्दको सुसमाचारको निम्ति । 

2014को सयोगीहरु

2013 मा हामीलाई सयोग गर्ने सयोगीहरुलाई भेट्नुहोस CLICK

►Mangal Singh Budha Magar 

Rs. 5300 UAE

_____________________

यो बर्ष २०१४ को लागी तपाइँ पनि यस साइटलाई सयोग गर्न चाहनुहुन्छ भने तलको इमेलमा !     

►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 अंक ध्वोज परियार 

© 2014   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service