(१ कोरिन्थी ३:१०–१५) मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसालें, र अर्काले त्यसमाथि घर बनाउँदैजान्छ। त्यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्यान देओस्। किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने, प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनकि न्यायको दिनले त्यो खुलस्त गरिदिनेछ। त्यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ। यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ। यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ, तर त्यो आफैचाहिँ आगोबाट उम्केझैँ बाँच्नेछ।
इनाम भनेको के हो त?

इनाम भनेको यदि कुनै मानिसले असल, महत्वपुर्ण काम गर्छ भने त्यो राम्रो काम गरेबापत दिईने बक्सिस, उपहारलाई नै इनाम भनिन्छ । त्यस्तै बाईलमा पनि भनिएको छ असल काम गर्नेहरुलाई अन्तको इनाम राखीएको छ (२ तिमोथी ४:८) “अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबैलाई दिनुहुनेछ।”
एकपटक मलाई ठुलो बुबाले भन्नु भयो “कुकुरको खोर बना म तँलाई त्यसको ईनाम दिन्छु ।” ईनाम पाउने भए पछि त गरिहाल्छु भनेर मैले पुरा परिश्रम (तन–मन) लगाएर कुकुरको खोर बनाए । काठको काम गर्न शीपालु नभए पनि ठोक–ठाक गरेर कुकुरलाई बस्न मिल्ने बनाए । त्यस पछि ठुलो बुबालाई देखाए अनि उहाँ हास्नु भयो र भन्नु भयो “स्याबास छोरा जे भए पनि तैले बनाईस्” भनेर उहाँले मलाई बीस रुपैया दिनु भयो । सायद अहिले मैले त्यो खोर हेरेर पैसा दिनु पर्ने हो भने बीस त होईन पाँच रुपैया पनि दिन्नथे होला । भने पछि कस्तो खोर बनाएछु ? ठुलो बुबाले त मलाई अनुग्रह गर्नु भएको थियो । परमेश्वर पनि त्यस्तै हुनुहुन्छ यदि तपाँई र मैले तन–मन लगाएर परमेश्वरको राज्य बिस्तारको निम्ति हामी काम गछौ भने, उहाँको वचन अनुसार जिउँछौ भने, उहाँको आज्ञा पालन गर्छौ भने उहाँले हामीलाई इनाम दिनु हुन्छ । (भजनसंग्रह ६२:१२) ले भन्छ “हे परमप्रभु, तपाई प्रेमी हुनुहुन्छ । निश्चय नै हरेक मानिसलाई त्यसको काम अनुसारको प्रतिफल तपाँई दिनुहुन्छ ।”
(१ को. ३:१०–१५) सम्मको खण्डहरुमा आत्मिक बृद्धि वा आत्मिक घरको बारेमा बुझन सकिन्छ । तपाई र मेरो हृदयमा ख्रीष्ट येशू चाहीँ जग बनेर बस्नु भएको छ । त्यसमाथीको घर चाँही तपाँई र मैले गर्ने काम हो । ख्रीष्टमा बिश्वास गरेर हामीले अनन्त जीवन त पाउछौं त्यसमा कुनै शंका छैन, सत प्रतिसत पाईन्छ तर अन्तिम न्यायको समयमा परमेश्वरले तपाई र मेरो मुल्याङ्कन गर्नुहुँदा हामीले कुनै इनाम नपाउन पनि सक्छौं । जब तपाँई र म परमेश्वरको निम्ति नजिएर आफ्नै निम्ति जिउँछौं तब यस्तो हुन सक्छ । हामी आफ्नो जीवन परमेश्वरको मुल्यअनुसार होइन तर संसारको मुल्यअनुसार निमार्ण गर्दछौ र जब हामीले निमार्ण गरेका कुराहरुलाई परमेश्वरले जाँच गर्नुहुन्छ, तब त्यो जाँचले हामीले निमार्ण गरेको कुरालाई व्यर्थको सावित गर्नेछ । (अय्युब ३४:११) मा भनिएको छ “किनभने उहाँले त मानिसलाई त्यसको कामअनुसारको प्रतिफल दिनुहुन्छ, त्यसको चरित्रअनुसारको फल त्यसलाई दिनुहुन्छ ।”
इनामको निम्ति गर्नु पर्ने काम के हो त ?
(प्रस्थान २०:१–१७) सम्म
१ म बाहेक अरु कुनै देवता–देवीहरु नमान्नू ।
२ आफ्ना निम्ती खोपेर कुनै किसिमको मूर्ति नबनाउनु ।
३ परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू ।
४ शबाथ–दिन पवित्र मान्नु पर्छ भनी याद राख्नू ।
५ आफ्ना बाबु आमालाई आदर गर्नु ।
६ हत्या नगर्नु ।
७ व्यभिचार नगर्नु ।
८ चोरी नगुर्नु ।
९ आफ्ना छिमेकीको बिरुद्धमा झुटो गवाही नदिनु ।
१० आफ्नो छिमेकीको घरको लालच नगर्नु ।
के हामी यी दश आज्ञा अनुसारको जीवन जिएका छौ त ?
प्रभु येशूले भन्नु भएको छ
१ “तिमीहरु पृथ्वीका नून हौ” (मत्ती ५:१३)
२ “तिमीहरु संसारको ज्योति हौ (मत्ती ५:१४)
पावलले भनेका छन्
३ “ख्रीष्टको सुबास्ना हौं (२ कोरिन्थी २:१५)
(हिब्रू १३:२१) ले भन्छ “तिमीहरुलाई हरेक असल गुर्णले सिद्ध पारुन, र तिमीहरुले उहाँको इच्छा पूरा गर्न सक । जे परमेश्वरलाई मनपर्दो छ येशू ख्रीष्टद्वारा उहाँले तिमीहरुमा गरुन ।”
तपाँई र मैले भुल्न नहुने कुरा के हो भने हामी ख्रीष्टको साँछी, परमेश्वरको छोरा–छोरी, राजकीय पुजारी, पवित्र जाती भई कन, हाम्रो स्वभाव, चरित्र, काम र चाल–चलन खराब हुदाँ के हामीले परमेश्वरबाट इनाम पाउँला ? घर परिवारमा, समाजमा र मण्डलीमा हाम्रो काम, व्यावहार कस्तो छ ? पावलले यस्तो भनेका छन् “के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछर ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड। खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउन लाई यसो गर्दछौं। यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ। तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु।” (१ कोरिन्थी ९:२४–२७) (हिब्रू १२:१) मा भनिएको छ “यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं।”
संसारमा बाँचुञ्जेल ख्रीष्टको उदाहरण बनेर गर्नु पर्ने कामहरु धेरै छन् हामीले बाइबल अध्यन गर्दा पाउने छौं । विश्वास नगर्नेहरुको बीचमा हामी एउटा उदाहरण बन्नु पर्नेछ त्यसकारण, तपाँई र मेरो रहन–सहन, व्यवहार चरित्रहरुले, के इनाम पाउने काम गरेको होला त ? के हाम्रो हृदय सत्यताको सामना गर्न तयार छ ? पावलले यसो भन्छ “किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।” (२ कोरिन्थी ५:१०)
इनाम दिने ख्रीष्ट येशू नै हुनुहुन्छ ।
(यशैया ४०:१० र ६२:११) हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ। हेर, उहाँको इनाम उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै साथमा छ।परमप्रभुले पृथ्वीको पल्लो छेउसम्म घोषणा गर्नुभएको छस् “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउँदैहुनुहुन्छ ! हेर्, उहाँको प्रतिफल उहाँसितै छ, र उहाँको इनाम उहाँकै साथ हुनेछ’।”
तपाई र मेरो जीवनबाट परमेश्वरको ज्योति चम्कन सकोस्, हामी संसारमा नुन जस्तै स्वादीलो बन्न सकौं र ख्रीष्टको सुवास्ना तपाई र मेरो जीवनबाट बहन सकोस् । कारण हामी “यस संसारको होइनौ यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ।” (यूहन्ना १५:१९)
हामी त स्वर्गीय नागरिक हौं “तर हाम्रो नागरिकता स्वर्गमा छ। त्यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं।”(फिलिप्पी ३:२०) त्यसैले हामी इनाम पाउने योग्यको हुन पर्छ । र हामीलाई प्रभु येशूले हाम्रो कामअनुसारको प्रतिफल दिनु हुन्छ । “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।” (प्रकाश २२:१२)
म एक निजी कार्यलयमा १९९७ देखि प्रतिनिधीको रुपमा कार्यरत छु मेरो जस्तो पदमा बसेर केहि व्यक्तिहरुले गलत तरिकाले काम पनि गरे र ती व्यक्तिहरु जेल, कचहरीमा पनि परे तर म आफ्नो काममा विश्वास योग्य भएर ईमानदारीता साथ, मेरो आफ्नो ठानेर काम गरिरहे त्यसको प्रतिफल ! मलाई कम्पनीले २००८ मा सम्मान गर्यो र १५०००/– रुपैया ईनाम दियो । आज पनि त्यहि पदमा कार्यरत छु । यस संसारमा पैसा र सम्मान त केहि होईन तर मैले असल व्यवहार राम्रो काम गरेबापत इनाम पाएको हुँ । तर मेरो निम्ति स्वर्गीय इनाम के छ ! त्यो त न्यायको दिनमा नै थाहा होला । हामीले संसारको भन्दा पनि स्वर्गीय इनामको चाहना राख्नु पर्छ !किनकी संसारको थोक त हराएर जान्छ “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन–सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन।” (मत्ती ६:१९–२०)
परमेश्रवले हामी सबैलाई आषीश दिउन् ।
Comment
Comment by aaush tamang on February 14, 2013 at 4:46am
Comment by Mairwen Limbu Maden on January 29, 2013 at 11:21am सर्ब प्राथम पर्मेस्वर्लाई धन्यबत होस् यो ईनाम को लेखाइमापरमेश्वरले आसिस दिनु भएको होस् हामी पृथ्बीका नुन हौ|हामी पबित्र जति हौ अनि हामी संसारका ज्योति हौ अनि यी दस आज्ञाहरु हामीले पालना गर्नु आबस्यक छ|अनि संसारमा स्वादिलो नुन बनिनुनै त्यहाँ ईनाम पनि पाउन सकिन्छ |र पवित्र जति हुनुमा हाम्रो स्वभाब चाल चलन बानिहरु अति नम्रता"सहनसिलता परोपकारिता अनि प्र्भुकोकाममा ईमन्दरिता यस्तै सबै कुरा हरु पालना गरि ईनामको भागीदारी हुन सकिन्छ|अनि पर्मेस्वर्को आज्ञ बिपरित गरियो भने त्यहि अनुसारको ज्याला पाईन्छ|यो माथिको लेखहरु मैले पढ्न पाउदा धेरै खुसि लग्यो यो लेख लेख्नु हुने हजुरलाई धेरै धेरै पर्मेस्वर्ले आसिस दिनु भएको होस्|

Comment by Shrawan Bomjan on January 28, 2013 at 8:20pm नेपाली ख्रीष्टियन साईटमा तपाईंलाई स्वागत छ । Welcome to
Nepali Christians Site
►निलम आले मगर- 50$ (इस्राएल)
►आइत ब्लोन तामाङ्-50$ (इस्राएल)
►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)
►सिमोन राइ 5,000Rs.(काठमाण्डु)
►इजकिएल राइ - 4500 Rs.(साउदी)
► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)
------------------------------
2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote
Started by Resham Kumar sunuwar in नेपाली ख्रीष्टिय कविता खन्ड - Nepali Christians Poem Section. Last reply by Shrawan Bomjan 5 hours ago. 1 Reply 1 Like
Started by Resham Kumar sunuwar in नेपाली ख्रीष्टिय कविता खन्ड - Nepali Christians Poem Section on Saturday. 0 Replies 2 Likes
Started by Durga Jung Kunwar ( Gabrial) in साधरण छलफल - General Discussion Jun 9. 0 Replies 0 Likes
Started by Abraham Shrestha in प्रार्थना को माग - Prayer Request. Last reply by Abraham Shrestha Jun 1. 2 Replies 0 Likes
Started by salomi pradhan in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian May 12. 1 Reply 0 Likes
© 2013 Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।
संपर्क | उजुरी | हाम्रो बारेमा | Badges | Report an Issue | Terms of Service

You need to be a member of Nepali Christians Site to add comments!
Join Nepali Christians Site