पहिलो शताब्दिको मण्डली र आजको मण्डली ।

(प्रेरित २:४२–४७)

तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। हरेकको हृदयमा भय उत्पन्न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए। तिनीहरूले आफ्ना सम्पत्ति र मालसामान बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड़िदिन्थे। तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे, र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।

“आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको” भनेँझै अहिलेका मण्डलीमा रहेका विश्वासीहरुले पहिलो शताब्दिका मण्डलीमा रहेका विश्वासीहरुदेखि सिक्नु पर्ने धेरै कुराहरु अझै पनि बाँकी नै छ । यदि ढक–तराजुमा जोखेर नै हेर्ने हो भने अहिलेका मण्डलीका विश्वासीहरु (तपाँई र म) भुस जस्ता (फोस्के धान) मात्र छौं ! त्यसै कारणले होला प्रभु येशूले भन्नु भएको छ “मलाई प्रभु, प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन् ।” (मत्ती ७:२१)


मलाई आफ्नै विश्वासीहरुका बिषयमा भन्न एकदमै गाह्रो हुन्छ नभनौ भने पनि आफ्नै शरिर दुःखेको अनुभव हुन्छ किनकी पावलले भनेका छन् “तिमीहरु ख्रीष्टका शरीर हौं, र हरेक त्यसका अङ्गहरु हौं ।” (१ कोरिन्थी १२:२७) त्यसको अर्थ म नै असल छु भन्न खोजेको चाँही पक्कै पनि होईन

म आफैले अनुभव गरेको कुरा के हो भने जत्ति पहिलो शताब्दिमा भएका विश्वासीहरु आत्मिक रुपमा दरिलो थियो आज तपाँई र म बन्न सकेका छैनौं । शिक्षाका विषयमा भन्ने हो भने त्यस समयका मण्डलीमा पुरानो करार मात्र थियो । अहिले त हामीसँग नयाँ करार प्रेरितहरुले भोगेका, देखेका र लेखेका कुराहरु हामी प्रत्येकसँग छ । प्राय हामीले दैनिक अध्यन गर्ने गरेका छौं । त्यस समयका विश्वासीहरुले परमेश्वरका वचन मण्डलीमा मात्र त्यो पनि धर्मगुरुहरुले पढेको सुनेको भरमा हिड्डथ्यो भने अहिले त हामीले घर–घरमा, ईन्टरनेटमा, रेडियोमा, टेलिभिजनमा हरेक क्षेत्रबाट परमेश्वरको वचनलाई आ–आफ्नै भाषामा पढ्न पाउँछौँ, सुन्न सक्छौं ! तर पनि हामी पहिलो शताब्दिका मण्डलीमा रहेका विश्वासीहरु जस्ता बन्न सकेका छैनौं ! आखिर किन ? बाईबलले भन्छ “तिमीहरूले जुन कुरा मबाट सिक्यौ, र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ, त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।” (फिलिप्पी ४:९) आज तपाँई र मैले ख्रीष्टमा विश्वास गरेर के गर्न सक्यौं त ? हामीले बाईबल अध्यन गरेर, मण्डलीमा प्रवचन सुनेर, संगतीमा गएर के सिक्यौं त ? ख्रीष्टका छोरा–छोरी भएर प्रभुबाट हामीले के सिक्यौं त ? यस्ता धेरै प्रश्नहरु तपाँई र मेरो मनमा उब्जन सक्छ यदि हामी पक्का ख्रीष्टका सेवक–सेवीका भन्छौं भने ।


प्रभु येशूले स्वर्ग जाने बेलामा अन्तिम पटक आफ्ना चेलाहरुलाई भन्नु भएको थियो “तिमीहरु यरुशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर । यसबारे तिमीहरुले म बाट सुनिसकेका छौं । तर पवित्र आत्मा तिमीहरुमा आउनुभएपछि तिमीहरुले शक्ति पाउनेछौं, र तिमीहरु यरुशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौं ।” (प्रेरित १:४,८) यसै अनुसार तिनीहरु कतै नगएर “शहर भित्र पसेपछि तिनीहरु माथिल्लो तलाको आफु बस्ने कोठामा प्रार्थना गर्न लागे ।” (प्रेरित १:१३) जब तीनीहरु एकै मनका भएर प्रार्थना गरे तब तिनीहरु पवित्र आत्माले भरिए (प्रेरित १:१४ ; २:१–४) त्यस पछि हामी देख्न सक्छौ ति विश्वासीहरुका कामहरु (प्रेरित २:४२–४७)

ति समयमा विश्वासीहरु आज्ञाकारी थिए, अनुसानमा वस्द थिए, एकले अर्काको आदर गर्द थियो, सहयोग गर्द थियो, उनीहरुमा सहनशिलता थियो, धर्य गर्न जानेका थिए तर आजका विश्वासीहरु (तपाँई र म !) कस्ता छौं ? मण्डली जान्छौं जब वचन सुरु हुन्छ गफ गर्न थाल्छौं !, संगतीको नाउँमा भेला भएर फलाना यस्तो, फलाना त्यस्तो भन्छौं मलाई यो गर्न दिएन, त्यो गर्न दिएन, मलाई यस्तो भन्यौ, त्यस्तो भन्यौ के हामीले बाईबलबाट यहि कुरा सिकेका हौं त ? के हामी पनि त्यहि पहिलो शताब्दिका मण्डलीबाट नै आएका होईनौ ? के हामीले पनि त्यहि येशू ख्रीष्टलाई नै विश्वास गरेका होईनौं ? के परमेश्वरको प्रेरणाद्वारा लेखिएको यहि बाईबल होईन ? फेरी कसरी यो फलानो मण्डलीको, त्यो फलानो मण्डलीको, यो फलानो सम्प्रदायको त्यो फलानो सम्प्रदायको भनेर भन्छौं त ? म यस्को, म त्यस्को भन्ने कुरा के हामीलाई बाईवलले सिकाएको छ ? बाईबलले त यसो भन्छ “एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका उएटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्ये र सबैमा हुनुहुन्छ ।” (एफिसी ४:५–६) के एउटै बाबु–आमाबाट जन्मेको छोरा–छारीले म फलानोको छोरा, म उसको छोरी भन्यो भने के हुन्छ ? त्यो व्यबिचारबाट जन्मेको हुदैन र ? त्यसको अर्थ के हामी सबै एउटै परमेश्वरका सन्तान होईनौ ?


पावल प्रेरितले पहिलो शताब्दिका मण्डलीलाई दिएको शिक्षा आजको मण्डलीमा पनि लागु हुन्छ “हामी यहूदी भए पनि, ग्रीक भए पनि, कमारा भए पनि, स्वतन्त्र भए पनि हामीले एउटै पवित्र आत्माद्वारा बप्तिस्मा पाएकोले एउटै शरीर भएका छौं अनि हामी सबैले एउटै आत्माबाट पिएका छौं।” (१ कोरिन्थी १२:१३) त्यसो हो भने हामीलाई कसले सिकायो तपाँई र मेरो बिचमा फाटो ल्याउने काम ? कस्ले सीकायो मेरो र तेरो भन्ने काम ? यस कारण हामीलाई भनिएको छ “यदि ख्रीष्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने, तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर। स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो। (फिलिप्पी २:१–५) यसो पनि भनिएको छ “ख्रीष्टको श्रद्धामा एउटा अर्काको अधिनमा बस ।”(एफिसी ५:२१)

मैले प्रष्टाउन खोजेको कुरा के हो भने पहिलो शताब्दिका विश्वासीहरु एउटै मनका थिए, परि आएको खण्डमा एकजुट हुन्थ्यो, एकले अर्काको आवश्यकतालाई पुरा गर्द थियो, घमण्ड थिएन नत कुनै अहमपना थियो । त्यसकारण उनीहरुमा पवित्र आत्माको कामहरु भएको थाहा गर्न सक्दछौं त्यसो त अहिलेको मण्डलीका विश्वासीहरुकोमा पवित्र आत्माको काम नभएको भन्न मिल्दैन तर पहिलो शताब्दिका मण्डलीमा बढीमात्रामा पवित्र आत्माको काम भएको पाउँदछौं “हरेकको हृदयमा भय उत्पन्न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए।”(प्रेरित २:४३) तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड् !” तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए, र तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो। (प्रेरित ३:६–७) त्यसको तुलनामा अहिलेका विश्वासीहरुमा त्यो एकता, त्यो मेल–मिलाप देख्न सकिन्दैन । खुट्टा तान्ने, एउटाले अर्कालाई गिराउने, रिस, घमण्ड, डाहा, आफु खुशी जीउने, लोब–लालच गर्ने जस्ता कार्यहरु आजका विश्वासीहरुमा देखिन्छ । त्यस कारण आजका मण्डलीमा पवित्र आत्माका कामहरु हुनसकेको छैन । त्यसो हो भने के तपाँई र म मा पवित्र आत्माको काम नहोला त? (१ कोरिन्थी १२:७) ले भन्छ “सबैका हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ।”

यहाँ हामीले गर्नु पर्ने काम के हो भने एकले–अर्काको भार उठाउनु पर्छ “एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।” (गलाती ६:२)

एक–अर्कालाई अर्ती, उत्साह दीन पर्छ “वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।” (२ तिमोथी ४:२)

हर समय तपाँई र म परमेश्वरको गवाही दिन तयार रहनु पर्छ । अर्ती दिनु पर्छ । यदि कसैले गलत गर्छ भने उसलाई हप्काउन पनि पर्छ र यदि कोही कम्जोर छ भने उस्लाई हौसला दिन पनि पर्छ, आवश्यकता अनुसार शिक्षा दिनु पर्छ । “यी कुराहरूको घोषणा गर, पूरा अधिकारसहित अर्ती(उपदेश देऊ र हप्काऊ। कसैले तिम्रो अवहेलना नगरोस्।” (तितस २:१५)

यसरी हामीले असल विश्वासीको परिचय दिन पनि सक्छौं “सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्भीरता, र कसैले निन्दा गर्न नपाउने ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्।” (तीतस २:७–८)

यस्तै परकारले हामीले असल कामहरु गर्दै गयौं भने आजको मण्डलीमा रहेका विश्वासीहरु (तपाँई र म) पनि पहिलो शताब्दिका मण्डलीमा रहेका विश्वासीहरु झै आशिषीत बन्न सक्छौं “र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।” (प्रेरित २:४७)

परमेश्वरले हामी सबैलाई प्रस्त आशिष दिउन् ।

Views: 255

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by Shrawan Bomjan on February 26, 2013 at 7:53pm

दाज्यु धेरै धेरै धन्यबाद | यो  लेख पढेर एउटा सचेतता म भित्र पलाएको छ | प्रभुले अझै उहाको निम्ति चलाउनु भएकोहोस |

Comment by Peter chaugai on February 10, 2013 at 7:19pm
हो दाजु तपाईले हामीलाई यो क़ुरा बाट सचेत हुनुपर्छ भन्ने बिषयमा जोड शिक्षा दिनुभयो म र मेरो पत्नि बाट ज़यमशि अनि धन्यवाद !!!

2013 को सयोगीहरु

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service