क्षमाले तपाइँ र ममा भएको तीतो बन्धनहरू तोडेर लान्छ,।

कृपया समय मिलाएर यो, वचन सुन्नुहोला । परमेश्वर पिताले हामी सबैलाई आशिष देउन् । 

Views: 271

Tags: sermons

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by Santi Gurung on November 27, 2013 at 2:05am

thanyou brother for this great preaching , really , im so blessed! god bless you brother!!

 

 

 

Comment by Shrawan Bomjan on November 22, 2013 at 7:33am

PURNA BM@ :  क्षमा भन्ने कुराको बास्तविक रुप नै यो रहेछ । कसैले आफ्नो छोरा मार्नेलाई मृत्यु दण्डबाट छुटाएर ख्रीष्टको नाउँमा क्षमा दिएर आफ्नै छोरा बनाएर राख्छ भने, आफ्नो श्रीमतीलाई त्यसरी क्षमा दिएर राख्न पनि सक्दो रहेछ भन्ने सत्यता मात्र यस अडियो प्रवचनमा प्रस्तुत गरिएको छ । सबैमा यो खाले बिशाल हृदयको सिर्जना भएको हुदैन, यो खाले क्षमा मान्छेको आफ्नो इच्छ्यामा पनि कैद भएको हुँदैन यो चाँही साँच्चै परमेश्वरबाट बगेको आत्माको श्रेय हो । -  प्रभूले व्यभिचारीलाई सहजै क्षमा दिनुभयो, हाम्रो पाप र हाम्रो अधर्मको भारलाई क्षमा दिनुभयो, नरकीय जीवनलाई क्षम दिएर स्वर्गीय जीवन दिनुभयो,। यो शरीर त क्षणिक रहने सम्बन्धको मेल त हो, वास्तविक जीवन भौतिक सम्बन्धमा सिमित छैन । त्यसैले यसरि क्षमा दिएर जिउन सक्ने आत्मा पनि हुदो रहेछन । -

हामी सबै भ्रामिक रुपमा व्यभिचारी नै हो, यदि बाइबलीय रुपरेखालाई खोज्ने हो भने,। तर पनि ख्रीष्टको अनुग्रहमा क्षमा पाएका हामीहरु उहाँ द्वारा परमेश्वरको सन्तान कहलाइएका छौ । - प्रभूले भन्नुभयो, जसले मनमा भएर पनि कसै प्रति खराब सोच्छ भने त्यसले व्यभिचार गरि सकेको छ।  हामीले यो याद गर्नुपर्छ, भित्रि शुद्दता र बाहिरी शुद्दतामा कुन महत्वोपूर्ण कुरा हो ।   

सायद यो किसिमको परिस्थिति हामीमा आइ पर्यो भने हामी क्षमा गर्न नसकौला, तर क्षमा दिन सक्नु चाँही इसाई जीवनको मूल मन्त्र जस्तै बुझ्दा पनि हुने रहेछ। मानिसको आफ्नै बलमा यो खाले क्षमा हुँदैन ।  

Comment by PURNA BM on November 21, 2013 at 5:20pm

क्षमाको उदाहरण दिने क्रममा पहिलो उदाहरण अलि चित्त बुझेन,किनभने अरुको गर्भ रहेको स्पस्ट हुँदाहुँदै अनि बयभिचार गरेको स्पस्ट हुँदाहुँदै कसरी सँग जिबन बिताउने:क्षमा गर्नु एउटा कुरा हो अनि सँग बस्नु अर्को कुरा । किन भन्रे बेभिचारिणी ले त पती लाई पनि बेभिचारी तुल्याएन र ?मत्ति५:३२ 

Comment by अरुणा राई ! on November 21, 2013 at 4:38am
यो बचन  भित्रको कति कुराहरु मेरो जिवनसँग दुरुन्तै मिल्दो रहेछ यसैले मलाई  साह्रै महत्वपुर्ण लाग्यो  ! क्षमा दिनुको मिठो अनुभव मैले पनि मेरो ख्रीष्टीय जिवनमा गरी सकेको छु यसैले यस बचनको स्वादको अनुभव गर्न सके !
प्रभुलाई ग्रहण गर्न अघि मेरो एउटा बेस्ट फ्रेन्ड नै मेरो शत्रु भएको थियो जो सँग मेरो हातापाई पनि भैइ सकेको थियो त्यस पछि उ मेरो जिवनको सबै भन्दा ठुलो शत्रु भयो ! छाती भित्र सँधै बदलाको आगो दन्कि नै रहन्थ्यो ! तर पछि प्रभुलाई ग्रहण गरे पछि एकदिन बाईबल पडदै गर्दा प्रभुको यी आज्ञाहरुमा  मेरो नजर पुग्यो - शत्रुलाई क्षमा गर ! शत्रुलाई प्रेम गर ! जब मैले यो बचन पहिलो पल्ट पडे म साँच्चै नै धर्म सँकटमा परेको थिए ! मैले मनै मन भनेथे - म त्यस शत्रुलाई कसरी प्रेम गर्न सक्छु ? जसले मेरो यति ठुलो बुराई गरेको छ !

तर त्यो असम्भव काम सम्भव हुन गयो किनकि प्रभुले यो पनि भन्नु भएको छ - यदि तिमी मलाई प्रेम गर्छौ भने मेरो आज्ञा पालन गर ! म प्रभुलाई साँच्चै नै प्रेम गर्छु यसैले करले होइन डरले होइन तर प्रेमपुर्ण मैले प्रभुको आज्ञा पालन गर्दै  मैले मेरो त्यो शत्रुलाई क्षमा गरी दिए ! मैले त्यो शत्रुलाई  क्षमा मात्र होईन मैले उसलाई प्रेम पनि गर्न थाले अनि आफ्नु शत्रुको घाँटी पक्रन गएको यही दुई हातले आज उनको निम्ती प्रार्थना गर्न थाले !

जब हामीले कसैलाई क्षमा गर्छौ तब  क्षमा पाउनेले भन्दा क्षमा दिनेले बडो आनन्दको महेषुष गर्न पाउँदो रहेछ ! क्षमा नदिइन्जल सम्म म सँधै भित्र भित्र किट्टीएको हुन्थे ! छाती भित्र भारी बोझले थिचे झै लाग्थ्यो  ! तर क्षमा दिए पछि कस्तो मनै हल्का हुँदो रहेछ !  कहाँ कँहा  हृदय भित्र बाटै खुशी उर्लिएर आउँदो रहेछ ! पर्मेश्वरको आशिस अनि अनुग्रह भए जस्तै असम्भव काम पनि सम्भव हुन सक्दो रहेछ बस आफुले ईच्छा भने पहिले गर्नु पर्दो रहेछ यसैले आज मैले यो बचन सुनेर साह्रै आनदित महुषुस गरे !
धेरै धेरै धन्यबाद छ है भाई श्रवण यो बचनलाई अडियोमा सँग्रह गरी हामी माझ बाँटनु भएकोमा ! तपाईलाई पनि पर्मेश्वरले प्रश्स्तै आशिष दिएको होस् !
Comment by krishna bhandari on November 21, 2013 at 12:24am

bhai jayamasih !!

              ekai basaaiimaa purai sune ra ma pani dherai aashishit banna pugen | khushi laagyo dhanyabaad, parameswarako mahimaa hosa | aamen |

                                                                             ''kaaiilo''

2014को सयोगीहरु

2013 मा हामीलाई सयोग गर्ने सयोगीहरुलाई भेट्नुहोस CLICK

►Mangal Singh Budha Magar 

Rs. 5300 UAE

_____________________

यो बर्ष २०१४ को लागी तपाइँ पनि यस साइटलाई सयोग गर्न चाहनुहुन्छ भने तलको इमेलमा !     

►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 अंक ध्वोज परियार 

© 2014   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service