के यति मात्र हो तँ ख्रीष्टमस ?>?

ख्रीष्टमस आयो अनि गयो ! धेरै व्यक्तिहरु (ख्रीष्टलाई विश्वास गर्ने र ख्रीष्टलाई विश्वास नगर्नेहरु) सबैले खीष्टमस मनाए ! कतिले रमाईलोको लागि ठुला–ठुला होटलमा ईभ मनाए, कतिले बियर, हुस्कीको साथै चुस्की खाए कतै डान्स पार्टी त कतै रमाईलो गर्दै ख्रीष्टमसको शुभकामना साता–साट गरे.... के यति मात्र हो तँ ख्रीष्टसम ? बाईबलले भन्छ दुई हजार वर्ष पहिले जन्मनु भएको येशू ख्रीष्टकोबारेमा भविष्यवाणी हजारौ वर्ष पहिले अगमवक्ताहरु मार्फत गरिएको थियो । (यशैया ७:१४) यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्या गर्भवती हुनेछ, र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इम्मानुएल राखिनेछ। (“इम्मानुएल” को अर्थ “परमेश्वर हामीहरूसँग” हो।)
“तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ।” (मीका ५:२)


सोहि भविष्यवाणीलाई पुरा गर्दै दुई हजार वर्ष पहिले येशू ख्रीष्ट (Jesus) को जन्म भयो..... ! "तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो।
तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। (लूका २:६,७) त्यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो, अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्हचाहिँ यो हुन्छः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”(लूका २:८-१२)

दुःख को कुरा प्रभु येशू जन्मनु हुदाँ कहि कतै ठाँऊ थिएन न कुनै घरको कोठा खाली थियो, न होटल, गेष्टहाउसमा खाली थियो ! सबै ठाँऊ जति बेतलेहेम शहरमा घरहरु थियो त्यो सबै खचाखच मानिसहरुले भरीएको थियो कारण त्यो समयमा त्यस साम्राज्यमा भएका राजाले जनगणा लिन उर्दी गरेका थिए ! "ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे। (लूका २:१)" ती समयमा सबै मानिसहरु आ–आफ्नै काममा व्यस्त थिए कसैलाई कसैको वास्ता थिएन, दया माया पनि थिएन, यदि दया माया भएको भए बालक येशूले गाईको गोठमा जन्मनु पर्ने थिएन होला...! कल्पना गरौं गाईको गोठ कस्तो हुन्छ....? अहिलेको समयमा हो भने बच्चा र आमा दुवईलाई ईन्फेक्शन हुने थियो !! तर परमेश्वरको अनुग्रह भएको कारण त्याहाँ न चिसो थियो, न फोहर थियो.....

जब बालक येशूको जन्म भयो बालक येशूलाई भेट गर्ने मानिसहरु कस्ता थिए ? ज्योतिषीहरु: अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढ़ाए। (मत्ती २:११) गोठालाहरु: तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए। (लूका २:१६) अन्य मानिसहरु सबै व्यस्त थिए र आज पनि सबै मानिसहरु व्यस्त छन् ।

प्रत्यक वर्षको ख्रीष्टमसमा नयाँ लुगा लगाउनु, मीठो–मीठो खानु, रमाईलो गर्नु वाहेक अरु परिवर्तन केहि छैन । शहरको बसाई, यहाँको कोलाहाल अनि स्वार्थपुर्ण मानिसहरुको व्यवहारले आज पनि त्यहि दुई हजार वर्ष पहिले बेतलेहममा भएको घटनालाई झ–झल्काई रहेझै लाग्छ । आज पनि मानिसहरुको हृदयमा ख्रीष्ट येशूको निम्ति कतै ठाउँ छैन.... किनकी घमण्डले हृदय भरिएको छ, पापमय स्वभावले भरिएको छ, रिस र डाहाले भरिएको छ, स्वार्थले भरिएको छ । लोभ, लालचले भरिएको छ । खोई त हाम्रो परिवर्तन ?

परमेश्वरले बनाउनु भएको मानिसलाई उहाले मेटाउन पनि सक्नु हुन्थ्यो तर उहाले त्यसो गर्नु भएन बरु एक मात्र पुत्रलाई दिनु भयो “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। (यूहन्ना ३:१६) किनकी येशू नै बाटो हुनुहुन्छ येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन। (यूहन्ना १४:६) बाईबलले भन्छ "अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन ।" (प्रेरित ४:१२)

त्यस कारण हामीले ठुला–ठुला तारे होटलमा ईभ मनाएर बियर, हुस्कीको चुस्की लगाउदै डान्स पार्टीमा रमाएर शुभकामना दिँइदा के त्यो साँचो ख्रीष्टमस बन्ला त ? मलाई लाग्छ दुई हजार वर्ष पहिले जन्मनु भएको येशूलाई पुनः जन्माऊन त नसकिएला तर साँचो बिश्वास गरेर हाम्रो गोठरुपी हृदय भित्र रहेका खराब आचरणहरु, पापमय स्वभावहरु र संसारीक ईच्छा, आकङक्षाहरुलाई फालेर, सफा गरेर हाम्रो हृदयमा ख्रीष्ट येशूमा भएको स्वभावलाई र आत्मिय चालचलनलाई जन्माउन भने अवश्य सकिन्छ...... तसर्थ हाम्रो टुटेको हृदयलाई ख्रीष्टमा समरपन गरेर परिवर्तन गर्न सके साँचो ख्रीष्टमस बन्ला की.....!!!???

Views: 134

Tags: christmas

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by Simon Rai on December 28, 2012 at 3:28pm

Lots of Thanks Aruna Dee, for your supporting comment...
God bless you and your family....

Comment by अरुणा राई राखाली on December 28, 2012 at 4:27am

भाई जय मसिह ! 

तपाईको बल्गको अन्त तिरको कुरामा म पनि सहमत छु ! 

ख्रीष्टमस चाडको बारेमा मलाई पनि बिचार पोख्न मन लाग्यो है भाई ! 

२५ डिसम्बरको दिन सारा सँसार प्रभुको जन्म दिनको उत्सवमा रमाएको हुन्छ ! नाँचेको हुन्छ ! गाएको हुन्छ तर जसको जनमदिन मनाउदैछ उहाँको हृदय भने रोएको हुन्छ ! यानि कि येशु ख्रीष्टको हृदय ख्रीष्टमसको समयमा रोएको हुन्छ ! ख्रीष्टमसको दिनमा येशुको ह्र्दय रोएको हुन्छ ?????  तपाईले मनै मन आवश्यै प्रश्न गर्नु भयो होला ! यसको जवाबमा म यो भन्न चहान्छु ! 

 

2010 Dec मेरो पहिलो ख्रीष्टमसको चाड थियो ! म ज्यादै उत्सुक भएर ख्रीष्टमसको तयारी गर्न थाले ! Flower Shop  बाट ख्रीष्टमसमा सजाउनलाई घरको ढोका बाहिर एउटा सुन्दर सानो रुखको गमला किनेर राखेको थिए ! दुई दिन मात्र के भएको थियो ल्याएको त्यो रुखको गमला चोरी भयो ! बिदेश आएको १० साल भित्रमा पहिलो चोटी घरको ढोकाबाट त्यो पनि ख्रीष्टमसको महिनामा चोरी ?? मलाई त पट्टै बिश्वास भएन त्यस पछि भोली पल्ट म सँध झै काम गर्ने ठाँउमा यो कुरा मैले Boss लाई भने तब उनको पत्नीले मलाई भन्यो -  हरेक Shopping Center मा चारै तिरबाट  देख्ने गरी क्यामारा लगाए तापनि  प्रत्येक साल डिसम्बर महिना ख्रीष्टमस सिजनमा सँसार भरीबाट 3 Million Doller चोरी हुन्छ रे भनेर उहाँले समाचारमा सुनेको थियो रे !  लुगा - जुता  - मोबाईल - ल्यापटप - आई प्याड -क्रीसमस रुख अनगिनत समानहरुको चोरी भएको हुन्छ  रे ! त्यति मात्र कँहा डाकबाट पोस्ट पठाएको ख्रीष्टम उपहारहरु चोरी भयो भनी हामीले समाचारमा सुन्ने गर्छौ ! 

 

म होटलमा काम गर्छु ! 24 डिसम्बरको दिन म Store room  मा कोल्ड ड्रीँस लिनलाई पसेको थियो ! Door खोल्न साथ  रुम ठुलो ठुलो बक्सले भरीएको देखे ! जग्गा नै थिएन ! मैले हँन के को बक्स हो यति धेरै भनेर हेरेको त त्यो बक्स भित्र त पुरा  बिदेशी रक्सी भरीएको रहेछ ! यो देखेर म मनै मन दुखित भएको थिए ! हो 25  डिसम्बरको दिन सबैले खुलेआम पिउने गर्छन्  सानो ठुलो !  बुडो - जवान ! नोकर  मालिक ! बाउ  छोरा ! आमा छोरी ! साथी भाई सबै सबैले एक साथ बसेर कसैको डर नराखी पिउने गर्छ किनकि आज त यति ठुलो चाड हो रे पिउनै पर्छ रे ! 

 

ख्रीष्टमस चाडको दिन धेरै जवान केटाहरु रक्सीको सुरमा एक अर्कासँग झगडा गर्छन् ! एक अर्काको टाउकोमा रक्सीको बोटलले प्रहार गर्छन् अनि पुलिस आएर पक्री लैजान्छन् अनि ख्रीष्टमस रात जेलमा बिताउछन् या त कति जवान युवा युवतीले डिस्को अनि बियर बारमा गएर ख्रीष्टमस पार्टीमा रात भर नशामा चुर भएर बेपर्वाह भैइ नाच्छ्न् अनि अबेर रात घर जान सट्टा होटलमा रात बिताई बिहे अघि नै प्रेमी प्रेमीका शारिरिक सम्बन्ध बनाई पर्मेश्वरको ईच्छा बिरुद्द् पाप गर्छन् ! 

 

प्रत्येक साल अरु महिनामा भन्दा ज्यादा डिसम्बर महिना बडी मात्रामा चार घोर पापहरु भएको हुन्छ्न् ! 

चोरी - नशा - लडाई झगडा - अनि शारिरीक सम्बन्ध !अब यी सब प्रभुले स्वर्गबाट हेर्दा उहाँको हृदय कति रोएको हुन्छ होला के यसको बारेमा हामीले कहिले सोचेको छौ त ? 

 

जुन कुराहरु प्रभुले गर्न पर्छ् भनी कडी आज्ञाहरु दिएको छ त्यो कुराहरु देखि चै हामी कोसौ टाडा छौ ! तर जुन ख्रीष्टमसको चाड मनाउन भनी बाईबलमा न आज्ञा नै छ ! न हामी भन्दा अघिका अगुवा या प्रभुको ईमानदार अनि दरिलो चेलाहरु मति - युहन्ना - पत्रुस - सिमोन - प्रेरित पावल जस्तो प्रभुको दासहरुले यस चाड मनाउने न सुझाउ नै दिएको छ  यस्तो कुरा गर्नलाई चै हामी जोशिला भैइ रहेको छौ ! उत्साहित अनि आकर्षित भैइ रहेको छौ ! यो कँहासम्म सही होला ? सोच्नु आवश्यक छ भन्ने मेरो पनि  बिचार छ  !

वास्त्वमा ख्रीष्टमस पर्मेश्वरको आज्ञा होइन तर यो त प्रेरित पावल पछि पनि सय कड्रौ साल पछि मानिसहरुले नै आफ्नु सोच माथि शुरु गरेको पर्व हो ! मानिसले शुरु गरेको पर्वलाई  मान्नलाई हामी जोशिला छौ तर प्रभुको आज्ञादेखि चै अन्जान छौ  ! यसैले प्रभु भन्नु हुन्छ - यस जातिले मलाई  ओंठले मात्रै आदर गर्दछ तर तिनीहरुको हृदय म देखि टाडा छ  ! तिनीहरुले ब्यर्थमा मेरो उपासना गर्दछन्  किनभने  मानिसहरुको रिती थितिलाई धर्म सिदान्त तुल्याई शिक्षा दिन्छन्  मर्कुस -७ ६:७  ! तिमीहरु पर्मेश्वरको आज्ञालाई त्यागेर मानिसहरुको प्रथा मान्छौ ! तिमीहरु आफ्नो रिवाज मान्नलाई कति सजिलो पर्मेश्वरको आज्ञालाई टारी दिन्छौ ! मर्कुस ७: ८:9

Comment by Nepali Christian on December 27, 2012 at 9:20am

ख्रीष्टमस को बारेमा हामीले सत्य बुझ्नु धेरै नै आवश्यक छ | धन्यवाद सिमोन दाजु |

2013 को सयोगीहरु

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस mail@nepalichristians.com  nepali_christian@yahoo.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service