जाऊ खोज भेट्टाउ र खबर गर ।

 

करिब दुइहजार बर्ष पहिला हेरोद राजाको समयमा यहुदियाको बेथेलहेममा जव येसु ख्रिष्टको जन्म भयो त्यसबेला धर्मशास्त्रका ज्ञाता पूर्वका ज्योतिषिहरुले यरुशलेमामा आएर येसु ख्रिष्ट काहाँ जन्मेका छन भनी खोजि गर्न थाले । एउटा बिशेष तारा उनीहरुले देखेपछि उनीहरुले यहुदीहरुका ख्रिष्ट राजाको जन्म भैसकेको कुरा थाहा पाएका थिए । जब हेरोद राजाले ज्योतिषिहरुलाई भेटे ख्रिष्ट काहाँ र कुन समयमा जन्मेका हुन भन्ने कुरा पत्ता लगाउन भने पछि ज्योतिषिहरुले तारा जन्मेको समय पत्ता लागाए अनि धर्मशास्त्र बाइबल खोजि गर्दा ख्रिष्ट बेथेलहेम गाउँमा जन्मनुहुनेछ भन्ने कुरा लेखिएको थाहा पाए । अनि हेरोदले ती राजालाई भेट गर्न ज्योतिषिहरुलाई बेथेलहेम पठाए । अनि जुन तारा उनीहरुले देखेका थिए त्यो तारा उनीहरुको अघिअघि गयो र  बालक ख्रिष्ट भएको ठाँउमा पुगेर अडियो । यसरी उनीहरुले बालक ख्रिष्टलाई भेट्न पाए र प्रफुल्लित भएर सुन धूप र मुर्रका भेटीहरु  चढाए । 

  

ती राजा न हेरोद राजाहरुले सोचे जस्तो हिटलरहरु जस्ता कट्टर शाशक थिए न त भाला बन्चरो धनुबाण या तरबार लिएर लडाई र मारकाट गर्ने राजा नै थिए । उनी त मानिसको रिदयमा राज्य गर्ने शान्तिका सर्वोच्च राजा थिए । मानिसको रुपमा जन्मिएका आदिदेखि अनन्तसम्मका परमेश्वर थिए । न्याय र धार्मिकताका अनन्त राज्य थिए । उनी नम्रताको सागर र प्रेमको ब्रम्हाण्ड थिए । अज्ञानीको लागि ज्ञानको सूर्य र रोगी बिरामी असाहाय र पापीहरको लागि मुक्तिको प्रकास थिए । समस्त मानवजातिका लागि उद्धारको बलिदान थिए । अनि पृथ्वीका सबै जात बर्ग सस्कार रङग वा धर्ममा रुमलिएका पापी मानिसहरुको पापलाई पखाल्न क्रुसमा रगत बगाई अनन्त स्वर्गिय धाम पुर्याईदिने परमेश्वरका प्रिय पुत्र उद्धारका पवित्र र निष्खोट थुमा थिए ।

 

प्रिय  मित्रहरु अब यसरी हाम्रो पाप क्षमा गरी हामीलाई मुक्ति या अनन्त नयाँ आत्मिक जीवन दिने या नरकमा तिर्नुपर्ने पापको दण्डलाई क्षमा गरी स्वर्गिय परमधाममा मिलन गराईदिेने प्रभु येसु खि्रष्टको जन्मदिनको खुशीमा सुन धुप र मूर्र भन्दा पनि अमूल्य आफनै जीवन चढाएर ख्रिष्टमस मनाउने कि मेरी ख्रिष्मस भन्दै डिस्को र पार्टीहरुमा बाइन र बियरहरुसगँ रलमलिदै यो शरिरलाई बाटो गल्ली र ढलहरुतिर सढाउने ?  यो सबैजनाले गहिरिएर बिचार गर्नुपर्ने सात्य कुरा हो ।

 

 

 

हेरोद राजाले ज्योतिषीहरुलाई भनेका थिए (बाइबलको मत्तिको पुस्तक २ अध्याको ११ पदमा ) जाओ ख्रिष्टलाई खोज र भेट्टाएपछि खबर गर । त्यसकारण तपाई पनि जानुहोस ख्रिष्टलाई खोज्नुहोस र भेट्टाएपछि अर्थात उहाँलाई ग्रहण गरि मुक्ति पाएपछि यही ख्रिष्टको जन्मले ल्याउने उद्धार र शान्तिको खुशी जगतमा प्रचार गरिदिनुहोस । यहि नै तपाई र तपाईको नयाँ मित्रको लागि सबैभन्दा असल ख्रिष्टमस उत्सब हुनेछ । भोज केही क्षणलाई हुन्छ । साथीभाई र प्रियजनका उपहारहरु हराउन र नासिन सक्छन तर उहाँले दिने मुक्तिको ईनाम कहिल्यै पनि हराउदैन, नासिदैन । सबै जनालाई ख्रिष्टमस बडादिनले सुख शान्ति खुशी र मुक्तिको नयाँ प्रकास ल्याओस तपाईहरु सबैजनालाई मेरो यहि शुभकामना छ ।

 

Views: 174

Tags: christmas

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by लालु प्र. पौडेल on January 2, 2012 at 6:22am

Damber ji Jayamasi, Im very thankful and geateful to you. Because of your encouragement i feel more burden for writing.

Comment by Damber khadka chhetri on December 12, 2011 at 6:11pm

Dear Laluji

Jaya Mashi. Your devotion towards holy scriptures is highly appreciated and ever rewarded. Infact it is the way how we can preach and make the people know the importance of this festival, and how we can observe as it should be. Christmas does not demand alcohol or wine, neither it does demand wealth or expensive gifts. It demands us to give our sinned soul to be cleaned . Laluji, I hope you would continue this service of preaching through notes and post, which is outstanding and awesome.

God bless you abundantly. JAYA MASHI

2013 को सयोगीहरु

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service