मातावादीहरुलाई खुल्ला पत्र

तपाईंहरुको तर्क गर्ने शैली पनि गज्जव कै हुन्छ है, नेपालिमा एउटा भनाइ छ नि, ढाटेको कुरा काटे पनि मिल्दैन भनेर.. त्यो ठ्याक्कै तपाईंहरुमा लागु हुन्छ, करिव करिव १५ महिना अगाडी पोखरामा चर्च अफ गडका केहि मित्रहरुसंग मेरो भेट भएको थियो, उनीहरु निसंकोच भन्दै थिए कि यो संसार को अन्त २०१२ मा हुदैंछ, त्यसकारण त्यो समयभन्दा पहिले नै तपाईं हरु हाम्रो सियोनमा आउनुपर्छ, अन्यथा तपाईंहरुको भयानक बिनाश हुनेछ,
तर आजभोलि जव समय आयो नि... तब तपाईंहरु भन्नुहुन्छ कि २०१२ मा संसार अन्त हुन्छ भन्ने कुरा हामीले कहिल्यै भनेका छैनौं, अब साच्चैं भन्नुस तपाईंहरुलाई झुटा शिक्षा नभनेर कसलाई भन्ने? अहिले घर घरमा हल्ला छ, २०१२ मा पृथ्वी ध्वस्त हुन्छ भन्ने हल्ला क्रिश्चियनहरुले गरेका हुन् भनेर... त्यसको जिम्मेवारी कसले लिने ? तपाईंहरुको त्यहि अदुरदर्शिताले गर्दा अहिले सारा क्रिश्चियनहरुमाथि झुटो भविष्यवानि गरेको दोष आइराखेको छ. अब यहाँ हेर्नुस तपाईंहरुले कसरि पृथ्वीको अन्त्य २०१२ मा हुन्छ भनेर हिसाव निकाल्नु भएको थियो...
1844 was the fulfillment of atonement day according to the 2300 days and nights consecration of sanctuary.. during the first year Moses went with Israel God established the feasts. Atonement day was appointed 7th month 10th day of the fIrst year comI g out of egypt. It Took 168 days until first day of the second year from coming out of Egypt that they finished the sanctuary.. the mission of the church is the great gathering to take place in the last days. Bible says God people make up the spiritual material for the heavenly sanctuary.. bible prophecies show when all Gods people have gatherd in the last days this heavenly sanctuary will be finished.. now a day in prophecy is fulfilled as a year in history.. from atonement day to completion of the temple was 168 days.. so 1844 adding the 168 years adds to 2012.  तर खासमा बाइबलले त अन्त्यको दिनको बारेमा कसैलाई पनि थाहा छैन भनेर भनेको छ नि.. नपत्याए मत्ति २४:३६ पढ्नुस. 
हुनलाई यहाँहरुको पिता परमेश्वर भनिएका आङ सान होंगले यस अघि नै १९६७ र १९८८ मा ख्रीष्टको  आगमन हुन्छ भनेर झुटो भविष्यवाणी गरेकै हुन्, यदि यो कुरा पत्याउनुहुन्न भने चर्च अफ गडले १९८८ मा संसारको अन्त हुन्छ भनेर प्रचार गर्नलाइ वितरण गरेको ट्रयाक्स यो तलको लिंक बाट प्राप्त गर्न सक्नुहुन्छ,  http://www.examiningthewmscog.com/archives/1988-end-of-the-world-fl...            
मलाई थाहा छ तपाईं अहिले यो सोच्दै हुनुहुन्छ कि यो लेख्ने मान्छे अर्थात मलाइ तपाईंहरुको बिरोध गर्न र सतावतको लागि सैतानले चलाएको छ, त्यसै कारण मैले यो लेख्दै छु, यदि त्यसो हो भने म क्षमा चाहन्छु, म यहाँलाइ अनुरोध गर्न चाहन्छु कि बाइबलबाट दोश्रो ख्रीष्ट नै आङ सान होंग हुन् भनेर मलाइ प्रमाणित गरिदिनुस, यदि तपाईंले गर्न सक्नुहुन्न भने मैले यो लेख्नु परमेश्वरको बिरुद्दमा होइन तर उहाँको पक्षमा हुन जान्छ, 
तपाईंहरुले सिकाउनु हुने एउटा शिक्षाको बिषयमा मलाइ केहि लेख्न मन लाग्यो.. 
होसेको पुस्तकमा लेखिए झैं अन्तको दिनमा राजा दाउदलाइ खोजिनेछ भनेर यहाँहरु बताउनुहुन्छ, अनि २ समुएल ५:४ पद देखाएर ३० बर्ष र ४० बर्षको बिषयमा बताउनुहुन्छ, मलाई यो कुरा निकै नै चाख लाग्छ,
अनि यहाँहरुले यो कुरा गरेर आङ सान होंग लाइ प्रमाणित गर्न खोज्नु हुन्छ, तर हामीले बुझ्नु के जरुरि छ भने यो ३० बर्ष र ४० बर्ष को समयले ख्रीष्टको पहिलो र दोश्रो आगमनको समयलाइ बताउन्दैन
तर पनि तपाईंको सहयोगको लागि मानौ मैले मानिदिए कि यो ३० बर्ष र ४० बर्ष ले ख्रीष्टको पहिलो र दोश्रो आगमनलाइ नै जनाउछ, अब त्यसो भए २ समुएल ५:५ मा हेर्नुस न त के लेखेको रहेछ? त्यहाँ यसरि लेखिएको छ ," तिनले हेब्रोनमा यहूदामाथि साढें सात बर्ष अनि यहूदा र इस्राएल दुबैमाथि यरुसलेममा तेत्तिस बर्ष राज्य गरे... एकपटक दिमाग खोलेर सोच्नुस त... २ समुएल ५:४ ले यदि ख्रीष्टको शासन अवधि लाइ नै जनाएको थियो भने ५:५ ले चाही (अर्थात साँढे सात बर्ष र तेत्तिस बर्ष) ले चाहिं के लाइ जनाएको हो? तपाईंहरुलाइ २ समुएल ५:४ कण्ठ हुन्छ, तर यहाँहरुका प्रचारकहरु मध्ये धेरै जनाले २ समुएल ५:५ पढेका पनि हुदैनन्, किन??????? मलाइ भनिदिनुस २ समुएल ५:४ ले यदि ख्रीष्टको समयलाई जनाएको हो भने २ समुएल ५:५ ले के लाइ जनाएको हो? यदि यहाँहरुले भनेजस्तै हुन्थ्यो भने त ... पहिलो ख्रीष्ट ले ३ बर्ष को ठाउँमा साँढे सात बर्ष साशन गर्नु पर्ने र दोश्रो ख्रीष्ट भनिएका आङ सान होंग ले तेत्तिस बर्ष साशन गर्नु पर्ने होइन र? 
कुरा धेरै छन मित्र, बिस्तारै लेख्दै गरौंला... तर यहाँले यो कुरा जान्नुस कि तपाईंलाइ सियोनले बास्तविकता देखि धेरै पर राखेको छ.. केहि बुदाँ हेर्नुस:-
१) आङ सान होंग को अर्कै स्त्री संग पहिले नै बिवाह भएको थियो भनेर तपाईंको सियोन मा कहिल्यै खुलाइदैन………. तर उनको बिवाह भएको थियो.. र ३ जना सन्तान मध्ये १ जना अझैं जीवित नै छन्, अनि उनि World Mission Church Church of God का सदस्य होइनन, खासमा आङ सान होंग ले सुरु गरेको New Covenent Passover Church of God का सदस्य हुन्.. 
२) माता परमेश्वर भनिएकी जहन गिल जाह को पनि आफ्नो विवाहित श्रीमान् संग सम्बन्ध बिच्छेद भएको थियो भनेर भनिदैन .. नपत्याए उनका पहिलेका पतिले लेखेको आत्मवृत्तान्त यो लिंकमा गएर पढ्नुस : 
http://www.examiningthewmscog.com/archives/zahng-gil-jahs-ex-husban...
३) आङ सान होंग ले सुरु गरेको वास्तविक चर्च World Mission Society Church of God होइन, New Covenent Passover Church of God नै पहिलो चर्च हो भनेर गोप्यमा राखिन्छ, अहिले पनि कोरिया तथा अन्य धेरै ठाउँमा यो चर्च जीवित नै छ... 
किन यस प्रकारले कुराहरु लुकाउने गरिन्छ? जवाफ छ तपाईंसंग? सायद छैन होला.. तर थाहा पाई राख्नुस मैले अघि नै भनिसकें कि ढाटेको कुरा काटे पनि मिल्दैन, त्यसैकारण त्यो सुरुको झुट लुकाउनलाइ सियों ले धेरै कुरा हरु ढाटेको छ, बाहिरि विश्वलाई मात्रै होइन तपाईंहरुलाई पनि...
आजलाई एउटा अर्को कुरा राखेर अन्त्य गर्छु:- १९४८ मा आङ सान होंग को ब्यप्तिस्मा भयो, १९८५ मा मृत्यू भयो.. अनि तपाईं हरु दावी गर्नुहुन्छ कि त्यो बिचको ३७ बर्ष छिप्पिएको दाखमधको भोज अर्थात निस्तार चाड पुनर्स्थापना गर्नको लागि आङ सान होंगले खर्च गर्नुभयो, यहाँ तपाईंलाइ पनि झुक्याइएको छ, कसरि थाहा छ ???? आङ सान होंग १९६४ सम्म त सेवेन्थ डेज एडवंटिस्ट भन्ने चर्चको सदस्य थिए जुन चर्चले कहिल्यै पनि निस्तार चाड मान्दैन.. त्यसो भए आङ सान होंग को १९४८ देखि १९६४ सम्मको १६ बर्षमा उनले एक पटक पनि निस्तार चाड मनाएनन, अब भन्नुस कसरि ३७ बर्ष पुरा भयो??????
धन्यवाद !!

Views: 260

Tags: church, fake

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by अरुणा राई राखाली on January 12, 2013 at 2:25am

बाईबल त हरेक ख्रीष्र्टीयानहरुले पडछन् तर पनि किन यसरी झुटो भ्रममा ख्रीष्टीयानहरु फसिने गर्छन् ? जब कि यस बारेमा प्रभु येशुले धेरै पल्ट हामीलाई सतर्क गराउनु पनि भैइ सकेको छ ! होशियार बस भ्रममा नपर ! धेरै ब्वाँसोहरु भेडाको रुप लिइ आउनेछन् भनेर तर पनि ख्रीष्टीयानहरु भ्रममा फँसी रहेको छ छ ! यहाँबाट एउटा कुरा स्पष्ट हुन्छ कि   उनीहरुले प्रभुको बचन माथि होइन तर मानिसले भनेको बचन माथि बडी बिस्वास गर्ने गर्छन् जसको नतीजा आज यी सबै भैइ रहेको छ्न् ! यसैले हामी सबै पनि अति नै शतर्क रहौ ! 

किनकि प्रभुले हामीलाई यसरी स्पष्ट रुपले पहिला बाटै सावधानी गरी सक्नु भएको छ ! कि झुटा ख्रीष्टहरु र झुटा अगमवक्ताहरु खडा हुनेछन् र हुन सके चुनिएकोहरुलाई पनि भडकाउनेलाई ठुला ठुला चिन्हहरु देखाउनेछन् याद राख मैले अघि बाटै भनि दिएको छु ! मती - २४:२४ 

Comment by Shrawan Bomjan on January 9, 2013 at 7:57am

मातावादिहरु को माता माथि फोटोमा भए जस्तै हुन्छ | जुन माता आफै मर्नु आटेको छ कसरि आफुलाई बचौछ | बाइबलको सत्य कुराहरुलाई आफ्नै निजि थेउलोजी बनाएर संसारमा भ्रम फैलाउनेहरुको यो बिशाल झुण्ड हो | एउटा असल इसाइले बाइबल राम्रो पढ्नु पर्छ भनेको कारण नै यहि हो | यदि हामि बाइबल राम्रो पढ़दैनौ बुझ्दैनौ भने यस्तै ढुंगे मानिसका भनाइ र सिदान्त्मा हामि फस्छौ र हामीले जीवनको उद्धार चाही होइन तर - हराएको बटुवाको यात्रा लम्केको बेअशाको भरोशमा मृत्युको निश्चयता भने पाउछौ | आज हाम्रो समजमा यस्तो झुटा शिक्षाहरु धेरै भित्रेको छ हामीले एकदमै होशियार भएर आफ्नो विश्वासमा मात्र केन्द्रित हुन् आवश्यक छ | कृपया कोहि साथीहरु यस्तो शिक्षाबाट समस्यामा परिरहनु भएको छ भने हामीलाई तपाइको समस्या बढ्नुहोस | हामी सक्दो सम्म बाइबल भित्रका सत्यता बुझाउन तपाईलाई सहायता गर्नेछौ |

2013 को सयोगीहरु

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service