हार्दिक समवेदना !

यस इसाई साइटमा पनि सदस्य रहनु भएका, प्रभूमा हामी सबैको चेली, अर्थान मेरो साथी सीला मोक्तान' बाइक दुर्घटनामा परेर प्रभूमा बिश्राम लिन पुग्नुभएको छ ।  हामी भित्र रहेको आत्मिक सम्बन्धको क्षतिप्रति दु:ख व्यक्त गर्दै उहाँको परिवार र मण्डलीमा, परमेश्वर पिताले ,सन्तवना , धैर्यधारण गर्ने शक्ति देउन् भनि प्रार्थना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ । नेपाली ख्रीष्टियान साइट  

उनिको घर भूटान हो ।  यहाँ मलेशियामा केहि समय देखि पढ्दै अंकल, आन्टी संग रहदै उहाँहरुकै आफिसमा सघाउने काम गर्थिन । २२ बर्षको मात्र उनीले आफ्नो भौतिक जीवनको दौडलाई यहिँ सकाएर गईन। कृपया उनिको परिवार,छिमेकी,मण्डलीको लागि प्रार्थनामा सम्झी दिनुहोला ।

कति छिटो, तिमीले आफ्नो दौडलाई पुरा गर्यौ ?
म त तिमीले टेकेका पाइलाको डोब कोट्याउदै छु,
तिमी हिडेकै बाटो, हिड्नु पर्ने एक यात्री म पनि,
हिड्दै यो यात्रा, उभो स्वर्गमा तिम्रो आत्मालाई हेर्दै छु।

तिमीले पाएको सत्य,र,स्वीकार गरेको ख्रीष्टको विश्वासमा,
तिम्रो दौड बल्ल सुरु भएको छ, जहाँ तिम्रो सधै जित हुनेछ,
म पनि यहिँ दौडको चौबाटोमा अलमलि रहेको मात्र हुँ,
वास्तविक जीवनको दिनहरुमा, निस्चय नै हाम्रो भेट हुनेछ। 

मलाई थाहाँ छ तिमि एकछिनको निम्ति सुति रहेकाछौ, 
जब प्रभूले यो निन्द्राको गहिराइबाट तिमीलाई उठाउनुहुनेछ, 
त्यहाँ हामी सबैको मिलनको रमाहट कति आनन्दको देख्छु,
जब अनन्त-अनन्त जिउन, ख्रीष्ट येशूमा हाम्रो भेट हुनेछ। 

हो, यो बिछोड एकछिन मलाई रुवाइने, रोग जस्तै बन्यो,
तर म जान्दछु, त्यहाँ यो रोग, र रुवाइको अन्त्य हुनेछ ,
ख्रीष्टलाई विश्वास गर्ने मर्यो भने पनि फेरी जीवित हुन्छ,
येशूमा जिउनेलाई अभिनाशी जीवन,र,स्वर्गमा सुन्दर घर हुनेछ। 

तिम्रो आत्मा,र वास्तविक जीवन परमेश्वरमा सुरक्षित रहोस् ।

Views: 250

Tags: samwedana

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by अरुणा राई ! on November 20, 2013 at 4:19am

बहिनी शिलाको आत्माले शान्ती पाउँन !
साथै यो पहाड जस्तो स्थितीको सामना गर्नलाई पर्मेश्वरले उनको माता पिता साथै सारा परिवारलाई आन्तारिक शक्ति दिनु भएको होस् !

Comment by aruna chhantyal on November 19, 2013 at 4:22pm
sabaiko byu tokidindne uha nai hun...
Comment by krishna bhandari on November 18, 2013 at 10:32pm

'सीला मोक्तान' को आत्मा,र वास्तविक जीवन परमेश्वरमा सुरक्षित रहोस् । आमेन |                                                                                       ''काईलो''

Comment by Resham Kumar sunuwar on November 18, 2013 at 8:41pm

oh lord...sad news. lord grant your comfort and peace to Sila's families. heartily condolence from my side as well.

2014को सयोगीहरु

2013 मा हामीलाई सयोग गर्ने सयोगीहरुलाई भेट्नुहोस CLICK

►Mangal Singh Budha Magar 

Rs. 5300 UAE

_____________________

यो बर्ष २०१४ को लागी तपाइँ पनि यस साइटलाई सयोग गर्न चाहनुहुन्छ भने तलको इमेलमा !     

►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 अंक ध्वोज परियार 

© 2014   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service