''चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ ।
र निरश भएकाहरूलाई उहाले बाचाउनु हुन्छ ।'' -भ .स. ३४:१८
हाम्रो देश नेपाल ३३ कोटी देवीदेवताहरूले भरिएको मूर्तिनै मूर्तिको देशले चिनिन्छ । आज २१ औ शदाब्दी
सम्म यहाँका मानिसहरू मूर्ती झै अन्धा छन । सबै मानिसहरूमा शिक्षाको ज्योति पुग्न सकेको छैन । सनतन देखि चलिआएको धार्मिक रितिरिवाज र नियमले गर्दा यहाँका छोरी चेलीहरूले शिक्षाको अवसर पाए पनि गुमाउनु पर्ने बाध्यता छ । कति पय बाबु आमामा छोरीचेलीलाई शिक्षा दिनु फजुल खर्च हो,अर्काको घर सम्हाल्ने जात सानै देखि भन्छा सम्हाल्न सिकाउनु पर्छ भन्ने धारणा अझै छ ।भने अशिक्षित बाबु आमाले जन्माएका छोरीचेलीले त झन शिक्षाको मौका पाउने अवसर बिरलै देखिन्छ ।काठमाडौ राजधानी नजिकै पर्ने धादिङ जिल्लामा जन्मिएकी कान्छी यस्तै चपेटामा परेकी छोरी हुन । तिनका आमा बाबा धनी तर निरक्क्षर थिए ।घर देखि स्कूल १ घण्टाको दूरिमा थियो ।तिनी माथिका दाजूहरू स्कूल जान्थ्यो ।तर कान्छीको मनमा शिक्षा हाशिल गर्ने रहर भए पनि स्कूल टाढा छ भनेर पठाइएन ।दिन भरि आमालाई सघाउनु भन्छा सम्हाल्नु ,नै तिनको मुख्य काम भयो ।विवहा भयो तर सफल हुन सकेन ।
घरमा सधैंको कचिङल सहना नसकेर ।सधैंको लागि माइत फर्किन ।परिस्थिती अब पहिलेको जस्तो सुखमय रहेन ।आमा बाबा पालै- पालो बिरामी पर्थ्यो ।भाउजुहरू आफू -आँफैमा तछाड माछाड गर्थ्यो ।घर बिग्रेर माइत आउनु परेको वियोगिनी छोरी आज सम्म बाबा आमाको साथ छ ।त्यो न्यानो प्रेमको ओत तिनिले सधैं नपाउन पनि सक्छिन ।यसै कल्पना मा होला सायद गाउका केही दाजु भाई र दिदी बहिनी ट्रेकिङ्मा जने गर्थ्यो,उनिहरू सङै तिनी पनि काठमाण्डौको गोङ्गाबुमा कोठा लिएर बस्न थालिन । गाउका दाजु भाई झै उनि पनि ट्रेकिङमा भरियाको रूपमा जना वाध्य भइन्,रा गईन ३०-५० किलोको भरी डोकोमा नाम्लो राखी थाप्लो नै गल्ने गरी कहिले उकालो कहिले ओरालो गर्दै पूरूष झै कहिले थोरङ नाम्चे भने कहिले लुक्ला जस्ता ठाउँहरू पुग्थिन ।यसै बिच उनको पून दोस्रो विवहा भयो ।र एउटा छोरी ।घर व्यबहार धान्नको लागि खर्चको आवस्यक्ता बढ्दै गयो ।त्यसैले श्रीमानलाई काम गर्न बिदेश पठाइन । बिदेशमा साथीले फसाएर जेल परेछ ।यता कान्छीलाई घर खर्च धान्न मुस्किल पर्यो ।माइतबाट पनि आमा बितेको खबर पाईन । दु:ख र शोकले तिनलाई ब्यकूल बनायो । दु:ख ,पिडा र शोकको भुमरी भित्र फसेकी कान्छी केही समय पछि बिहान सबेरै पिठ्युमा छोरी बोकेर काम खोज्न निस्किन ।त्यस् भिड शहरमा केही नजान्ने निरक्क्षरलाई कस्ले दिन्छ काम दिनभरको कोसिषमा ज्यामि काम पाउछिन ।र बाचालाई ज्र्ठानी सँग छोडेर ईट्टा बोक्न गईन ।यसरी कहिले ईट्टा,बालुवा बोक्ने र कहिले खेत बारीको काम गरेर कान्छीले धन्न धन्न घर खर्च चलाऊदै थियिन । एक दिन भर्खरै पारीचित भएको साथीले सजिलो काम खोजी दिने बाचा गरेर एउटा तिब्बती सँग भेट गरायो ।
त्यस् तिब्बतीले तिनको बारेमा सबै बेलिबिस्तारले सोधी बुझी सके पछि कामको बारेमा यसरी लोभ देखाउदै भनेछ ।बहिनी यो काम सजिलो छ ।पैसा पनि बढी नै आउछ तर अलि खतरा हुन्छ ।तिमीलाई यो पाली म दिल्ली सम्म पठाउछु समान दिएर त्यो समान त्यहाँ पास गर्नु पर्छ ।तिमीले त्यस्तो गरेबापत रू २०,०००|- नेपाली पैसा पाउछौ हुन्छ ? कति धेरै दु:ख गर्नु पर्थ्यो ।दिन भरी ईट्टा बोक्दा आउने भनेको सिर्फ रू १००|- त हो नि वीस हजार भनेको त त्यस्को दाजोमा कहाँ हो कहाँ तिनी खुशी हुँदै राजी भइन । जोखिम पूर्ण खतरा नै भए पनि २ किलोको प्याक समान बोकेर डिल्ली गईन, त्यहाँबाट फर्के पछि २०,०००|-कमाईन ।त्यस् पछि १ किलो लागू औषधको गोली आफ्नो पेट भित्र राखेर तिनी थाइल्याण्ड गईन ।त्यहाँ बाट फर्के पछि ५०,०००|-कमाईन ।तिनको काम फस्टाउदै गयो ।त्यही लागू औषधको कामलाई नै पेशाको रूपमा लिन थालिन र बर्मा ,भुटान्,सिङापूर्,थाइल्याण्ड जस्ता धेरै देशमा लागू औषध सप्लायरको रूपमा काम गर्न थालिन ।यसै बिच तिनी ज्यादै बिमारी पारीन ।
काठमाण्डौ का सम्पूर्ण नर्सिङ्ग होम ,अस्पताल चार्दा पनि रोगको डाइग्नोसिस् हुन सकेन । अब त त्यो अन्जान रोगले नै लान्छ भनेर वरिपरिका छिमेकी र आफन्तहरूले माया मारिसकेका थिए ।तिनी पिडाले छटपतिन्थीन ।उपाए केही नपाएर हरेस् खाँदै बिभिन्न देवीदेवाता,धामि झाक्री,पूजापाठ इत्यदि गर्दा समेत केही लाभ भएन । अत्यन्तै पिडा त्यस माथि दु:खा ,शोक र बेदनाले चूर्ण हुँदै निराश भएकी कान्छीलाई यस दल दल बाट बाचाउन र मुक्त गर्नको लागि परमेश्वोर एउटा खृष्टियन साथी द्वारा नजिक हुनुभयो ।
जब कान्छीले हृदय देखि नै यशू खृष्टलाई ग्रहण गरीन तब परमेस्वोरको कृपा र आशिष तिनी माथि बर्सिदै गयो ।तिनको अग्यात रोग निको भयो ।तिनले पूर्ण चङ्गाई पाइन । मण्डलीमा निरन्तर जाने हुनाले परमेस्वरको बचन द्वारा ज्ञानको ज्योति उदाउन थाल्यो ।आफूले गर्ने गरेको काम धेरै नराम्रो भएको कुरा पनि थाहा पायो ।र परमेस्वोर हामी सबका पिता सँग क्षमा माग्दै तुरुन्तै त्यो काम सधैंको लागि छोडिदिइन । र सधैंको लागि पस्चातापी जीवन यशूमा आफुलाई समर्पण गर्दै जिउन थालिन । आज संसारका नियमले खराबलाई सुधार्न र सजाय दिन जेलका चार दिबार भित्र बन्द गर्दछन ।ति झन क्यान्सर झै बढ्दछन र बल्झन्छन । प्रभु यशूलाई बिश्वास गरी उहाको मार्गमा हिंड्ने परमेस्वोरको जनलाई न त कुनै जेलको आवस्यक्ता पर्दछन ।न ता कुनै सजायको नै,मात्र परमेशवोरको पवित्र आत्मा द्वारा सबै खराबकुराहरू,कामहरू,स्वभावहरू हेटर सबै मार्गहरू सुमार्गमा परिवर्तन हुनेछन । र हुँदै जानेछन । आज कान्छीले चङ्गाइ र शान्ति मात्र पाएकी होइनन ।पश्चातापी हृदय लिई सधैं सधैंको लागि आफूले गर्ने गरेको लागू औषधको ब्यापार गर्न छोडिन ।
Comment
Comment by Tenjing Sherpa on February 18, 2013 at 7:19am अमेन परमेश्वरलाई धन्बाद होस् अनि हाम्रो कान्छी दिदीलाई पनि पर्मेशोवरले देरै बन्द देरै असिस दिनु भाको होस् किनकि उहाले आफ्नो जीवन गवाही हाम्रो माज्मा दिनु बएकोमा र हामीले पनि हेर्न पायौ .........धन्यवाद
जयमसीह !! हरेक कुराको समय हुन्छ उपदेशक ३: मा लेखिएकोछ, कान्छीको जीवन गवाही परेर धेरै आशिषित भए| प्रभुले कान्छीलाई आउदो समयमा प्रभुको सेविका भएर प्रभुको काम गर्न सकेको होस,
गवाही बाँडी दिनु भएकोमा बहिनी तपाईलाई पनि धन्यबाद छ है
Comment by अरुणा राई राखाली on January 25, 2013 at 4:37am नेपाली ख्रीष्टियन साईटमा तपाईंलाई स्वागत छ । Welcome to
Nepali Christians Site
►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)
►सिमोन राइ 5,000Rs.(काठमाण्डु)
►इजकिएल राइ - 4500 Rs.(साउदी)
► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)
------------------------------
2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस mail@nepalichristians.com nepali_christian@yahoo.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote
Started by salomi pradhan in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian May 12. 1 Reply 0 Likes
Started by Udit Thapa Magar in प्रार्थना को माग - Prayer Request. Last reply by salomi pradhan May 12. 3 Replies 0 Likes
Started by Eali khadka in प्रार्थना को माग - Prayer Request. Last reply by Binod Gurung 8 hours ago. 5 Replies 0 Likes
Started by Durga Jung Kunwar ( Gabrial) in सूचनाहरु - Notice. Last reply by Shrawan Bomjan May 5. 1 Reply 2 Likes
Started by Jit Lama in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian Apr 15. 1 Reply 2 Likes
© 2013 Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।
संपर्क | उजुरी | हाम्रो बारेमा | Badges | Report an Issue | Terms of Service

You need to be a member of Nepali Christians Site to add comments!
Join Nepali Christians Site