क्रान्ति-----------(लेख)

फेसबुकमा मैले आफ्ना ख्रीष्टियन कथाहरु शेयर गर्दा मेरा एकजना पुरानो, अविश्वासी तर हितैषी स्याङजाली मित्रले भने-‘तपाई अचेल धर्मलाई आधार बनाएर किन साहित्य कोर्नुहुन्छ ? तपाईको कलममा खुबी छ तर धर्म-विशेषमा आधारित भएर लेखेको मलाई मनपरेन...तपाई सबलाई उत्साह दिने क्रान्तिका कुरा लेख्नुस्, परिवर्तनका कुरा लेख्नुस्, तपाईका शब्दले धेरै पाठकको मन जित्नेछ | आइन्दा, राजनीति र धर्मबाट बिल्कुल अलग भएर लेख्नुस् ल |’

‘हाहाहा...’

ती मित्रको सोझो सुझाव पाउँदा म खितितिती हाँसे | उनले नबुझेपनि मैले स्पष्टिकरण दिएँ-मैले लेख्ने पाठकको संख्या बढाउन होइन | मैले मेरै रहरले पनि लेख्ने होइन बरु प्रभुकै रहरले हो | त्यसकारण, अब उसो लेख्ने म होइन, तर ख्रिष्ट ममा भएर लेख्नुहुन्छ | तपाईलाई मनपरोस कि नपरोस्, ख्रिष्टको संदेश बोकेको कथा लेख्न म रोक्नेवाला छैन |’

धेरैपल्ट ती मित्रले मलाई त्यसो नगर्न भने तर मैले आफ्नो अड्डी छाडिनँ, त्यसैले अन्तमा त्यसरी आग्रह गर्न छाडेका छन् तर बिचरा मित्रलाई मेरो ख्रिष्टप्रतिको झुकावलाई व्यर्थको अन्धविश्वास लाग्छ क्यारे, अचेल पनि यदाकदा मेरो कलमले संसारिक साहित्य नकोरेकोमा गुनासो गर्छन् | उनलाई खुशी पार्न त होइन तर मभित्रको मत्वले उत्साह दिएपछि म बेलाबेलामा गैर-ख्रिष्टियन साहित्य पनि कोर्ने गर्छु जसलाई कथम्कदाचित उनले पढिहाले र यदि उनलाई मनपरिहाले सप्रेम भनिहाल्छन्-‘हो यस्तै लेख मलाई मनपर्छ मित्र’ अनि फेरि थप्छन् ’२१ औं शताब्दीमा धार्मिक राजनीति गर्नुहुँदैन के मित्र |’ म खितितिती हाँसे | ‘अरे ! मैले कहिले राजनीति गरेझैं लाग्यो र तपाईलाई ?’ भन्दा ‘आफ्नो विचारलाई सही बताउन विभिन्न किसिमका तर्क पेश गरेर पुष्टि गर्न खोज्नु पनि एक किसिमको राजनीति हो मित्र’ |

मैले उनलाई ख्रिष्टको सत्यता व्यक्त गर्न आफूले जानेसम्मका यथार्थ बताएँ जो नै उनको नजरमा राजनीति भयो | मलाई दुःख छ, यसकारण किनकि मैले चाहेर पनि ती मित्रको आत्मा बचाउन सकेकी छैन | ‘पिताले खिंच्नुभएन भने कोही पनि येशुकहाँ आउन सक्दैन’ भन्ने सोंची म आफैँलाई चित्त बुझाउँछु तर मैले कहिल्यै एउटै पनि आत्मा प्रभुकहाँ ल्याउन नसक्दा ग्लानिबोध हुन्छ | कतिखेर त लाग्छ, मेरा ती सब ख्रीष्टियान साहित्य पनि प्रभुको महान आज्ञा पूरा गर्न असक्षम छन् | यसकारण म दुःखी हुन्छु |तर पनि मलाई अझै वकालत गर्न मन लाग्छ, मैले जे लेख्छु ती मित्रले भनेजस्तै क्रान्ति वा परिवर्तनका संवाहक हुन्, भलै ती उनलाई मनपरुन् कि नपरुन्  | उनी सत्यदेखि विमुख जो छन् बिचरा | उनीप्रति म यसै पनि सहानुभूति र प्रेमले भरिन्छु |

मलाई थाहा छ, ती मित्र दुःखी छन् | गरिबीका कारण जीवनमा थुप्रै अन्याय,अत्याचार भोगेका रहेछन्, झन् त्यसमाथि कहिल्यै नछुट्टिने बाचा बाँधेकी मायालुले छोडेकोमा प्रेमपीडामा जलिरहेका पनि छन् | म सकेसम्म भन्छु कि प्रभुलाई चिनेपछि यी यावत पीरहरु आफैं पाखा लाग्नेछन् तर उनलाई मेरो कुरा घाउमा ‘नुनचुक’झैं लाग्छ | कठै ! उनलाई के थाहा ? अन्याय-अत्याचारको बदला परमेश्वर लिन सक्नुहुन्छ | कठै ! उनलाई के थाहा ? कि प्रेमिकाको जालीमायालाई परमेश्वरको प्रेमले जित्न सक्छ जसबाट यस्तो आनन्द मिल्छ कि...यस्तो आनन्द जसको स्पष्ट बयान नै गर्न सकिंदैन जसले दुर्बलतामा पनि बल दिन्छ, जसले आँसुमा पनि मुस्कान दिन्छ अनि जसले मृत्युमा पनि जीवन दिन्छ |

‘परमेश्वर यदि हुनुहुन्छ भने किन उहाँले दुष्टले सज्जनलाई मारेको हेरिबसेको ? किन यो संसारमा दुष्टकै फलिफाप हुन्छ ?’ आदि धेरै प्रश्न मलाई गरे र मैले उनलाई ‘सामा र धान’को दृष्टान्त दिएर बुझाउन खोजें तर मेरो जवाफले उनलाई चित्त बुझेन | अद्द्यापी, ती मित्र मनको अशान्तिमा तड्पिरहेका छन् र यदि मैले ख्रिष्टमा साँचो शान्ति छ’ भने भने ‘मलाई चाहिन्न’ भन्छन् अनि त म चुप रहन्छु |

एकपल्ट आफ्नी प्रेमिकासँगको बिछोडमा साह्रै तड्पिएथे अनि त्यसको तिक्तता परमेश्वरबारे विभिन्न हठी प्रश्न गरी मसित बहसमा पोखिरहेका थिए | त्यस दिन मैले उनकी प्रेमिकाको नाम मागें | नाम दिन पनि हिच्किचाइरहेका थिए किनकि उनलाई मैले नाम लिएर प्रार्थना गर्ने कुरा मनपर्दैनथ्यो | आवेशमा यसो पनि भने-‘यदि तिम्रो परमेश्वर साँच्चै छ भने मैले मेरी प्रेयसीलाई भेट्टाउन सकूँ’ भनी प्रार्थना गरिदेऊ | अनि अन्कनाउँदै मलाई नाम दिए | मैले प्रार्थना गरेको पर्सीपल्ट लामो समय सम्पर्कबाट हराएकी मायालु पुन:सम्पर्कमा आईछन् | मैले खुशी हुँदै प्रभुलाई धन्यवाद दिएँ | उनलाई पनि भने-‘देख्नुभो ? मैले तपाईको प्रेमिका सम्पर्कमा आओस् भनी प्रार्थना गरेथें नि ! यो परमेश्वरले गर्नुभएको हो |’ मेरो कुराको उनले सपाट विरोध गरे-‘तिम्रो परमेश्वरले हामीलाई भेटाइदिएको होइन बुझ्यौ, यो त मेरै अथक प्रयासका कारण हो |’ हाहाहा...उनको अबोधपन देखी मलाई हाँसो उठ्यो साथै सहानुभूति पनि जाग्यो किनकि उनकी मायालुले साँचो प्रेम नगर्दी रहिछ तर उनी चाहिं उसैको यादमा तड्पिदा रहेछन् | अचम्म लाग्छ मलाई यसरी एउटा मान्छेको प्रेम नपाएर अर्को तड्पिएको देख्दा | परमेश्वरको प्रेममा भिज्न सके मात्र त्यस्ताको प्रेम-रोग निको हुन सक्छ |  

त्यसैले  म उनको निम्ति प्रार्थना गर्छु र तपाईहरुले पनि गरिदिनुहोला भन्ने अनुरोध गर्छु किनकि असल आचरण बोकेका उनलाई परमेश्वर प्रेम गर्नुहुन्छ भन्ने म जान्दछु अनि एकदिन उहाँले उनलाई दलदलबाट पक्कै तानेर निकाल्नुहुनेछ भन्ने कुरामा म आशावादी छु |  

 

अर्का एकजना अविश्वासी पाल्पाली मित्रले पनि मेरो कलमले संसारकोभन्दा बढी प्रभुको कथा लेख्न थालेकोमा गुनासो गरे-‘तिमी कति राम्रा कथा लेख्न सक्छौ (कारण: उनी मेरा अख्रिष्टियन कथाका फ्यान थिए) तर एउटा साहित्यकार धर्मभिरु हुनु राम्रो होइन, किन तपाई अचेल यसरी लेख्नुहुन्छ ? कसको ईशारामा चल्दै हुनुहुन्छ ? यस्तो लेखेर केही पाउनुहुन्छ हो ?’

 

ती मित्रका जिज्ञासा देख्दा मलाई हाँसो उठ्यो | हाँस्दै जवाफ दिएँ-‘ मित्र ! तपाईले डेभिड विल्कर्सनको ‘द क्रस एण्ड द स्वीच्ब्लेड’ पढ्नुभएकै छ नि, त्यो डेभिड भन्ने लेखकले किन त्यो पुस्तक लेख्यो होला ? सोंच्न सक्नुहुन्छ ? हो त्यही कारण म पनि लेख्छु | मैले कसैको ईशारामा लेखेको होइन, अँ साँच्चै भनूँ भने मैले येशु ख्रिष्टको इशारामा लेख्छु जसबाट मैले पैसा होइन आत्मानन्द वा आत्मसन्तुष्टि पाउँछु |’

 

त्यसपछि मसित ती मित्र टाढिएका छन् तर मलाई केही छैन | एकपल्ट एउटा उदयपुरे दाइले सम्झाउँदै भने-‘प्रिय बहिनी ! तिमी पाठकको रुचिअनुसारको लेख्ने गर |’ मैले झट्टै भनें-‘म पाठकको रुचिमा ध्यान दिन्नँ, पाठकले मनपराओस् कि नमनपराओस्, म सरोकार राख्दिनँ किनकि म स्वतन्त्र पक्षीझैं लेख्न चाहन्छु |’ यस्तो भन्दा दाइले ‘आबुई ! घमण्डी रहिछौ’ भने, मैले हाँस्दै भनें-‘हो, म घमण्डी नै हुँ, म मेरो कलमलाई कुनै नियम वा ईशाराले बाँध्न चाहन्नँ, म जे लेख्छु, आत्मैदेखि पंख फिजारेर लेख्छु र यसमा यदि कसैले नाक खुम्चाउँछ भने मेरो टाउको दुख्नेवाला छैन |’ अनि अन्तमा दाइले-‘ठीकै छ तर नरिसाऊ ल, तिमीलाई मायाले भनेको हुँ’ भने | ती दाइ मात्र अविश्वासी भएपनि मेरा ख्रिष्टियन कथाका त्यस्ता पाठक हुन् जसले मेरा शब्दमा पोखिएका अन्तस्करणको भावनालाई गज्जबले केलाउन सक्छन् अनि मेरा कथाको प्रभावले हो कि कुन्नि परमेश्वरप्रति आदरार्थी हुन थालेका छन् | म उहाँको आत्मा पनि प्रभुमा बाँच्न सकोस् भनी निरन्तर प्रार्थना गर्छु | यो लेख लेख्दै गर्दा एउटा कथामा यसरी कमेन्ट गर्नुभयो जसले गर्दा म अति पुलकित भएँ |--

हेलेन जति लेख्छे, दम पुर्याएर लेख्छे,
अक्षरहरुमा प्रेम हुन्छन र क्रान्ति हुन्छन साथै
प्राय यथार्थलाई टपिक लिएर झट्ट प्रस्तुत
गर्न सक्ने क्षमता भएकी हेलेनलाई एक किसीमले
भन्न पर्दा म त प्रभुकै साख्य चेली स्विकार्छु ।
उनको कथा पढ्नुमा जति आनन्द पाइन्छ, त्यो अन्यत्र पाइंदैन |

 

कसो दाइले पनि मेरा कथामा क्रान्ति देखेछन् | त्यति मात्र कहाँ हो र, मेरा कुरालाई ‘अन्धविश्वास’ भन्न नहिच्किचाउने ती स्याङजाली मित्रले पनि त्यहीबेला संगसंगै कमेन्ट दिए |---

 

 

सिंगो नेपालको कुरा गर्ने हो भने यहाँ
लाखौं हेलेनहरु
आफ्नो अशक्ततामा
धिक्कार्दै धिक्कार्दै
रोइरहेछन् ।
कोही एनजीओ आइएनजीको
आँखामा प्रयोग भइरहेछन्
तर मैले कुरा गर्न खोजेको हेलेन त्यस्ती हेलेन छिन्
जो शारीरिक अशक्ततालाई पाखा पन्छाएर
हतियार उठाइरहेछ,
क्रान्तिका लागि
परिवर्तन र विकासका लागि
तर त्यो हतियार रगतको खोली बगाएर
नरसंहार गर्ने खालको हैन
बरु त्यो त समाजको चेतनास्तर परिवर्तन गर्न
निरन्तर निर्भीकताका साथ अगाडि बढिरहेछ
शब्दका गोलीहरु ओकल्दै
हो, तिमी त्यही हेलेन हौ
अरुणा छन्त्याल |’

 

हुन पनि साँच्चै हो, मैले उठाएको क्रान्तिको हतियार हिंस्रक छैन | आवरणमा ती मित्रले मलाई नबुझेकाजस्ता देखिए पनि मेरो कलमको आशय एक-से-एक बुझेका छन् | स्कुलमा ‘तरबारभन्दा कलम बलियो’ भन्ने वादविवादमा पक्षको वकालतमा कलमलाई क्रान्तिको संवाहक भनिएको मलाई ताजै याद छ तर त्यतिबेलाको मेरो कलिलो मस्तिष्कले यो भनाइलाई राम्ररी बुझ्न सकेको थिएन | प्रगतिशील साहित्यमा कोरिएका शब्द जसले आम मानिसलाई स्वदेशप्रेमको निम्ति जोश,जाँगर र उत्साह दिन्छ अनि देशको लागि प्राणको आहुति दिन पनि तयार बनाउँछ, हो तिनै शब्द क्रान्तिका शब्द हुन् भन्ने मैले सारमा बुझेको थिएँ तर म अहिले क्रान्तिको अर्को अर्थ उद्घोष गर्न चाहन्छु |

यो संसार जहाँ पापको साम्राज्य छ, जहाँ अन्याय-अत्याचार, आँसु र पीडाको जगजगी छ, यही संसारलाई ख्रिष्टको प्रेम बताएर परमेश्वरको संसारको आशा देखाउनु पनि अर्को मानेमा क्रान्ति हो | यो क्रान्तिमा पनि सपुतले पीडकको यातना सहन्छ र ख्रिष्टको लागि प्राण-आहुति दिन पनि पछि पर्दैन |

संसारमा मानिसले आफ्नो जीवनलाई सुन्दर बनाउने हेतुले थुप्रै क्रान्ति गरे | हड्ताल, आन्दोलन-विरोध गरेरै भएपनि अलिकति परिवर्तन ल्याए तर त्यो परिवर्तन कहिल्यै चिरस्थायी रहेन | आखिर किन त ?....आजको पिडित मानिस सधैं नौलो क्रान्तिको आशा राख्छ जुन क्रान्तिले उसका आँसु सधैंको निम्ति पुछ्न सकोस् | हो, त्यही क्रान्ति हो मेरो कलमले ओकलेका शब्दले ल्याउन चाहेको जसमा साथ दिने मेरा हजारौं मित्र छन् र जसको खातिर म पनि सहिद बन्न तयार छु |

कुन क्रान्तिले मेरो देशको गरिबी हटाउन सक्छ ? कुन क्रान्तिले मेरो देशको  अशिक्षा,बेरोजगारी,असमानता,अराजकता मत्थर पार्न सक्छ ? कुन क्रान्तिले मेरो देशको भ्रष्टाचारी,चोर,दुष्टलाई पनि सज्जन बनाउन सक्छ ? त्यो हो ख्रीष्टको प्रेमको क्रान्ति ! यो क्रान्ति मानिसले जति नै चर्को आन्दोलन गरेपनि आफ्नो ल्याकतले ल्याउन सक्दैन | यही क्रान्तिले मात्र निर्जीव ढुंगा,फोटो वा धातुलाई परमेश्वर मानी पुज्ने संस्कार तोड्न सक्छ | यही क्रान्तिले नै धनी-गरिब, उँच-नीचको खाडल पुर्न सक्छ | अनि यही क्रान्तिले नै आजसम्म हामी सबले खोजेको नौलो बिहानी ल्याउन सक्छ | त्यसैले यो क्रान्तिका सपुत बन्न हामी सबै एकजुट होऔं | हल्लेलुयाह !!!

(समाप्त)       

 

Views: 433

Tags: article

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by sarah rai on January 16, 2014 at 2:08pm

मलाई साहित्य साह्रै मान् पर्छ र लेख्न पनि मन पर्छ तर लेख्न आउदैन, त्यसैले अरुणा बैनीको साहित्य बडो सौखले पढ्ने गर्छु। जसबाट मलाई मेरो आत्मिक जिबनमा भरपुर सहयोग पुगिरहेछ। यो क्रान्ति लेख पढेर त झन् संसारको मैदनमा मलाई आत्मिक लडाइ लड्न उत्साह मिलेको छ साथै जोश पनि बढेको छ। आत्मिक रोगीहरूको लागि त औषधिनै हो तपाईंको साहित्य। परमेस्वरले तपाईंलाई धेरै आशिस दिनु भएको होस्। 

Comment by Shrawan Bomjan on September 3, 2013 at 1:17pm

जब जब यस्ता लेखहरु पढ्छु भित्रि हृदयमा छुट्टै जोश आउछ, आज त तपाइको यो लेखले मलाइ पनि क्रान्तिकारी बनाएर छोडे, संसारको प्रभावमा जिउनेले नाम, कमाउन, भौतिक ज्ञान, आशा खुशीका लागि लेख्छन, तर ख्रीष्टका अन्युयायिहरुले सधै, भौतिकतालाइ छेडेर आत्मा सम्म पुग्ने उदेश्य राखेको हुन्छ । किनकि हामी आत्माको निम्ति जिउने लक्ष्यमा रहेका छौ । तपाइलाइ परमेश्वरले, आत्मा पक्रिनको निम्ति भन्दा आत्माहरुलाई झक झाकई राख्न प्रभुले चलाई राख्नु भएको छ । किनकि जब जब तपाइको कृतिहरु पढ्छु, मेरो भौतिक जीवनमा खासै प्रभाब पर्दैन तर तपाइको लेखले आत्मामा छेड्न चाहन्छ, तपाइको लेखहरुले आत्माको स्थान वोगटन खोज्छ किनकि तपाइको संदेश आत्माको निम्ति , अर्थात् आत्मीय हुन्छ । जुन संसारले कति चोटी बुझ्दैनन् रुचौदैनन । तपाइको अ-ईसाई साथीहरुले तपाईलाई  उत्साह र हौसलाको साथमा संसारको निम्ति तान्न खोज्दा पनि तपाइले आफ्नो हृदय र अठोट आत्मिक रचनाहरुमा नै खन्याउनु भएको देख्दा, म साच्ची नै तपाइको आत्मिक परिश्रमबाट लोभिएको छु । र बिना परिश्रमबाट नै मैले यहाँ यी लेखहरुको कारण मुनाफा कमाइ रहेको छु । - साँच्चै म धेरै प्रभाभित भएको छु, तपाइलाइ परमेश्वरले दिनुभएको रचनाहरुबाट ................निरन्तर तपाइको अशक्त भौतिक जीवनबाट, आत्मिक युध्दहरु लड्दै बढ्नुहोस,,, तपाईले ख्रीष्ट येशूमा भएर सबै परिस्थितिमा विजय प्राप्त गर्नुभएको छ । -  

Comment by अरुणा राई ! on September 3, 2013 at 1:16am

बहिनी तपाईको हरेक ब्लगले प्रभु चिनि सकेको सबैलाई जसरी आषिशित बनाएको हुन्छ त्यसरी नै प्रभु सित अन्जान अरुलाई पनि तपाईको लेख कथा कविताले हृदय छोएको हुन्छ त्यसमा कुनै शँका छैन् ! तर मानिसको प्रशँसा पाउनलाई होईन तर पर्मेश्वरको आशिष बाँटनलाई तपाईको हातहरु दौडीएको देख्दा हामीलाई साँच्चै नै प्रेरणा मिलेको हुन्छ ! पर्मेश्वरले मेरो बहिनीलाई भरपुर आशिष दिएको होस् !

Comment by arun limbu on September 2, 2013 at 7:52pm

जयमशिह बहिनी अरुणा, तपाईंलाइ सदा सर्बदा प्रम प्रभुको साथ मिल्योस

साथै पर्मेशोर को आशिस प्रसस्त रहेको होस ।आमेन

Comment by chandra Shrestha on September 1, 2013 at 4:27am

जयमशिह बहिनी अरुणा, तपाईंले पर्मेशोर को बचन बिज रुपी छर्नु भयको छ अब यो बिज लाई पानी हाल्ने, उमार्ने  र मलजल गर्ने काम पर्मेशोर ले गर्नु हुन्छ अबस्य त्यो तेसै खेर जाने छैन,तेसैले तपाईं को  काम बिज छर्नु हो तपाईं बिज छर्दै जानु होस प्रार्थना गर्दै जानु होस । आज को दिन को लागी हाम्रा अग्रज हरु ले लगातार प्रार्थना र बिज रुपी बचन धैर्य का साथ छर्दै  जानु भयको कारण आज हामी  हरु ले पर्मेशोर लाई चिन्न पायका छौ । हामी हरु ले धेरै क्रान्ती हरु देख्यो तर कुनै दिगो भयन स्थिती अझै भयावह बढ्दै जादै छ तेसैले बहिनी  अरुणा यो सत्य हो कि ख्रीस्ट मा भयको प्रेमको क्रान्ती ले मात्र आजसम्म हामी सबैले खोजेको नौलो बिहानी ल्याउन सक्छ । पर्मेशोर को महिमा होस अनि बहिनी अरुणाको जीवनमा र कलम मा पर्मेशोर को आशिस प्रसस्त रहेको होस ।आमेन

Comment by krishna bhandari on August 31, 2013 at 10:11pm

अरुणा छन्त्याल जी जयमसिह !!!                                               
                                   यो हो ख्रीष्टको प्रेमको क्रान्ति !
अविश्वासी पाल्पाली, स्याङजाली  मित्रहरु अनि  उदयपुरे दाइहरु जस्ता महानुभावहरुले यो लेखलाई पढ्न जरुरि ठानेको पनि छु किन भने >  ''त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छन ।  तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ। तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्मी र पवित्र जीवन बाँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ''।एफिसी ४ |
''प्रेमिकाको जालीमायालाई परमेश्वरको प्रेमले जित्न सक्छ जसबाट यस्तो आनन्द मिल्छ कि...यस्तो आनन्द जसको स्पष्ट बयान नै गर्न सकिंदैन जसले दुर्बलतामा पनि बल दिन्छ, जसले आँसुमा पनि मुस्कान दिन्छ अनि जसले मृत्युमा पनि जीवन दिन्छ | परमेश्वरको प्रेममा भिज्न सके मात्र त्यस्ताको प्रेम-रोग निको हुन सक्छ |''
तपाईको लेखले म पनि आशिषित बन्न पुगेको छु, '' अँ साँच्चै भनूँ भने मैले येशु ख्रिष्टको इशारामा लेख्छु जसबाट मैले पैसा होइन आत्मानन्द वा आत्मसन्तुष्टि पाउँछु''

 यस्तै  येशु ख्रिष्टको इशारामा धेरै संरचनाहरुमा सदा मन परमेस्वरको बनिरहन सकेको होस | आमेन |
                                                                                                                                                                                                                     ''काईलो ''  

Comment by kabita kunwar on August 31, 2013 at 8:49pm

Thank u  so much sis i like it very much.GOD BLESS U a lot.

Comment by Anit pun on August 31, 2013 at 8:22pm
हल्लेलूयाह ।आमेन्
Comment by Jit Lama on August 31, 2013 at 8:00pm

 

Derai nai ramro lagya Sis. ko lekh (God bless you lot's lot)

2014को सयोगीहरु

2013 मा हामीलाई सयोग गर्ने सयोगीहरुलाई भेट्नुहोस CLICK

►Mangal Singh Budha Magar 

Rs. 5300 UAE

_____________________

यो बर्ष २०१४ को लागी तपाइँ पनि यस साइटलाई सयोग गर्न चाहनुहुन्छ भने तलको इमेलमा !     

►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 अंक ध्वोज परियार 

© 2014   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service