प्रेम, यौन, विवाह र जवान संगती

“जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरुका अगि बोलीवचन, आचारण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन ।” (१ तिमोथी ४:१२)

            विशेष गरेर जवान–जवानीहरुले यी चार कुराहरु प्रेम, यौन, विवाह र संगतीलाई नबुझेर बाटो बिराएको भेट्टाएका छौ । धेरै युवा युवतीहरु परमेश्वर देखि टाढीएका छन्, र संघर्षपुर्ण जीवन बिताउन बाध्य भएका छन् । यस कारण जवान भाई बहिनीहरुले यी चार कुराहरुलाई राम्ररी बुझेर जीवनमा प्रयोग गर्यो भने परमेश्वरबाट प्रशस्त आशिष पाउनुका साथै आत्मिकी जीवनमा पनि वृद्धि हुनेछ र संसारमा रहुञ्जेल दैनिकी जीवनमा पनि साहयता पुग्ने छ ।

प्रेम: 

चार प्रकारका प्रेमहरुः

Eros Love  ( यो ग्रीक शब्द हो जो श्रीमान श्रीमतीमा गरिने प्रेम हो (कामुक प्रेम)।

२ Storge Love ( परिवारिक प्रेम जस्तै आमा बुबाले छोरा–छोरीलाई गर्ने प्रेम हो ।

Phileo Love ( साथी भाई ईष्ट मित्रलाई गरिने प्रेम हो (भात्रू प्रेम)

Agape Love ( परमेश्रले मानिस जातीलाई गर्नु भएको प्रेम (यूहन्ना ३:१६) ।

प्रेम कस्तो हुन्छ त्यो हामी (यूहन्ना ३:१६,किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।  १ कोरिन्थी १३:४–७

प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।  प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।  प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।  प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।) (यस्ता धेरै पदहरु बाईबलमा छन्) बाट बुझन सक्छौं । हाम्रो जिवनमा प्रेम एकदमै महत्वपुर्ण छ जस्ले हामीलाई जीउनको निम्ति, सफलता पाउनको निम्ति र उत्साहा दिनको निम्ति साहयता गर्ने गर्दछ । तर अहिलेको परिवेशमा धेरै युवा–युवतीहरु यहि प्रेमको कारणले गर्दा बर्बाद भएका छन् । कतिले आफ्नो ज्यान गुमाएका छन् र कति मानसिक बिमार भएका छन् त कतिले कष्टपुर्ण जीवन बिताउन बाध्य भएका छन् । त्यस कारण (याकूब १:१६) ले भन्छ “मेरा प्यारा भाई हो, धोखामा नपर ।” पत्रुसले पनि भनेछन् “सचेत रहो, जागा रहो, तिमीहरुको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाईहाँलू भनी गर्जने सिंहझै खोजिहिँड्छ ।” (१ पत्रुस ५:८)

प्रेम हामीले गर्नु पर्छ तर त्यो आत्मीय होस् । परमेश्वरलाई मन पर्दो होस् । जस्ले संसारको होईन स्वर्गीय माया पाउन सकोस् । किनकि संसार त एकदिन बितेर जाने छ तर पमेश्वरको बचन कहिलै बित्ने छैन । "स्‍वर्ग र पृथ्‍वी बितिजानेछ, तर मेरा वचन कहिल्‍यै बित्‍नेछैनन्‌।" (मर्कुस १३:३१) धेरै युवा–युवतीहरु म तिमी बिना बाँचन सक्दिन भन्छन् त्यो गलत हो । परमेश्वरको वचन बिना बाँच्न सकिदैन । "

संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्‌, तर संसारबाट आएका हुन्‌। संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ।"

(१ यूहन्ना २:१५–१७) हामीले गरेको प्रेम परमेश्वरको निम्ति ग्रहन योग्य होस् त्यसको कारणले हामीलाई परिक्षामा पर्न नपरोस् "तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ। "(याकुब १:१४)

यौनः

यौनको बारेमा धेरै व्याख्या गर्न चाहान्न किनकी अहिलेको परिवेशमा प्रायः स्कुल, कलेज पत्र–पत्रिकामा शिक्षा दिईन थालिएको छ । तर म यत्ति मात्र भन्न चाहन्छु कि विवाह अघि शारिरीक सम्बन्धलाई बाईबले मान्यता दिदैन । "सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्‌, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्‌, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ। "(हिब्रु १३:४) केटा र केटी एकअर्काको प्रेममा चुर्लुम्मै डुबिसकेका छन् भने पनि विवाह गरेपछि मात्र यौनसम्बन्ध राखेको परमेश्वर चाहनुहुन्छ । कति केटा केटीले के सम्म सोच्छन् भने पछि विवाह गरि हाल्ने नै हो भनेर यौन सम्बन्ध राख्छन् त्यो पनि परमेश्वरको नजरमा गलत हो । अहिले नेपालमा युवा–युवतीहरु संगै एउटै कोठामा बस्ने, सुत्ने गर्न थालेका छन् त्यो चाँही विश्वासीहरुको निम्ति गलत हो । पावलले भनेका छन् “परमेश्वरलाई नचिन्ने अविश्वासीहरुजस्तै कामुकताको कुवासनामा नबस ।” (१ थेसलोनिकी ४:५) "व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ। तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ। तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।"(१ कोरिन्थी ६:१८–२०) त्यसै गरि "आफ्‍नै कुण्‍डको पानी र आफ्‍नै कूवाबाट बगेको पानी पी। 

के तेरो कूवाको पानी सड़कतिर र तेरो खोलाको पानी बजारहरूतिर बग्‍न दिने?
त्‍यो तेरै निम्‍ति मात्र होस्‌। पराई त्‍यसको हिस्‍सेदार पटक्‍कै हुन नपाओस्"(हितोपदेश ५:१५–१७) जवानी पनमा आफुलाई परमेश्वरको अधिनमा राख्नु पर्छ जसरी योसेफले गरेको थियो (उत्पति ३९:७–१२)

जति–जति संसारमा बिकास हुदै जादैछ त्यति–त्यति विकृर्ति पनि फैलिदै छ । अहिले धेरै युवा–युवतीहरुले (प्राय सबैले) मोबाईल बोकेर हिर्ड्छन् । विभिन्न प्रकारको लज्जास्पद शब्द चलाएर वा फोटो हेरेर यौनका कुराहरु गर्ने गर्छन् त्यो पनि गलत हो । "तर तिमीहरूका बीचमा व्‍यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्‌, जो सन्‍तहरूका बीचमा हुन सुहाउँदैन। कुनै अश्‍लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्‌। तर बरु धन्‍यवाद दिने काम होस्‌।"(एफिसी ५:३,४) त्यस कारण भजन लेखकले भनेका छन् “तपाईको विरुद्धमा पाप नगरु भनेर, तपाईको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु ।” (भजनसंग्रह ११९:११)

विवाहः

जब परमेश्वरले मानिसलाई बनाउनु भयो उहाँले नर र नारी नै बनाउनु भयो (उत्पति १:२७) फेरि परमप्रभु परमेश्वरले भन्नु भयो, “मानिस एकलो रहन असल छैन । म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउने छु ।”(उत्पति २:१८) यस कारण विवाह गर्न योग्य भएका जवान–जवानीहरुले विवाह गर्न सक्छन् । तर त्यो आदरणिय र पवित्र हुन पर्छ ।

विवाहपूर्वको परामर्श तथा विवाह पछिको जिम्मेवारी:

विवाह गर्न योग्य भएका जवान–जवानीहरुले परमेश्वरसंगको प्रार्थनामा र पवित्रतामा रहेर मण्डलीमा भएका पास्टर तथा अगुवासंग विवाहको बारेमा आवश्यक परामर्श लिन हिचकिचाउन हुन्न । किनकी यसो पनि हुनसक्छ कि परामर्श पछि जवान–जवानीहरुले परिपक्व नभएका कारण विवाह नगर्न पनि सक्छन् । अलि चाँडै परामर्श लिनसके समस्या छर्लङ्ग हुनसक्ने थियो र पापबाट अनि विभिन्न प्रकारको चुनौतीहरु देखि पनि बच्न सकिन्थ्यो । परामर्शको बेला निम्न विषयहरुमा छलफल गर्नुपर्दछ :–

(क) विवाह गर्ने जोडीको उद्धार :

दुवै व्यक्तिहरु विश्वासी हुनै पर्छ अनि प्रभु येशू ख्रीष्टमा समर्पित हुनपर्छ (२ कोरन्थी ६:१४–१५)

(ख) विवाहको स्थायीपन :

विवाह परमेश्वरद्वारा स्थापित गरिएको पवित्र विधि हो । यो जीवनभरको समर्पण पनि हो । विवाह–विच्छेद हुनुहुन्न । (मत्ती १९:६)

(ग) छोड्नु र मिलिरहनु:

उक्त जोडीले आफ्ना परिवार छोड्न तयार हुनुपर्छ । यसको अर्थ दुवैले आफ्ना आमाबाबु माथि भर पर्न छोड्नु अनि नयाँ सम्बन्धमा समर्पित हुन तयार हुनुपर्छ । उनीहरु नजिकको सम्बन्धमा अनि एक अर्कामा सधैलाई एक हुनपर्छ (उतपति २:२४)

(घ) विवाहमा जिम्मेवारीहरु :

विवाह पश्चात धेरै जिम्मेवारहरु आँउछन् त्यस कारण यदि ती जिम्मेवारको बारेमा जानकारी नलिए वैवाहीक जीवनमा कष्टहरुको साथै निरासपना पनि आउने छ ।

(ङ) विवाहको भुमिका:

विवाहले (एफिसी ५:२२–२३) मा दिइएको परमेश्वरको नमुनालाई पछ्याउनु पर्छ ।

(१) घरको शिर भएको कारण पतिले आफ्नी पत्नीलाई बलिदानपूर्वक प्रेम र अगुवाई गर्नुपर्छ ।

(२) पत्नीले आफ्नो पतिको अगुवाईलाई स्वीकारेर उसलाई आदर गर्नुपर्छ ।

(च) यौन पवित्रता र विश्वास योग्यता:

विवाह पूर्व र विवाहदेखि बाहिर यौन क्रियाकलापमा रहेको परमेश्वर चाहानुहुन्न ।

(१) ख्रीष्टीयन जवान जवानीहरु विवाहको दिनसम्म यौन पवित्रतामा बस्न पर्छ । यदि यसमा समर्पित हुन सक्दैनन् भने मण्डलीको सामु पवित्र विवाह सम्पन्न गर्न सकिंदैन ।

(२) पति र पत्नी दुवै विचार र काम दुवैमा विश्वासयोग्य रहनुपर्छ । (मलाकी २: १५, मत्ती ५:२८)विवाह जीवनमा एक पटक मात्र गरिन्छ त्यस कारण हतार नगरी सोचविचार गरेर प्रार्थनामा राखेर घर, मण्डलीसँग सरसल्लाह गरेर विवाह गर्दा वैवाहिक जिन सुखमय बन्न सक्छ ।

धेरै युवा–युवती यौनलाई मात्र पहिलो प्राथमिकता दिएर हतारमा विवाह गरेको कारण उनीहरुको जीवनमा धेरै दुःख,कष्ट आएको कारण धेरै संघर्ष गर्नु परेको छ । त्यस कारण निम्न कुराहरुमा ध्यान दिएर विवाह गर्नाले वैवाहिक जीवनमा परमेश्वरको अनुग्रह र आशिष प्रसस्त हुनेछ । परमेश्वर भन्नु हुन्छ “तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरु पालन गर्नेहरुका हजारौं पुस्तामाथि म कृपा गर्नेछु ।” (व्यवस्था ५:१०)

१. जब केटा र केटी विवाहको निम्ति राजी हुन्छन् तब सबै भन्दा पहिले प्रार्थना सहित आफ्ना आमा बुबा संग खुलेर कुरा गर्नु पर्छ । त्यस्तो गर्न सम्भव नभएको खण्डमा पाष्टर वा अगुवासंग सल्लाह गर्न सकिन्छ ।

२. विवाह गर्दा आफ्नो सेवाकाई, दर्शन, उदश्य संग मेल खाने सहयोगी चुन्दा असल हुन्छ ।

३. विवाह पश्चात आईपर्ने जिम्मेवारी र आवश्यक पर्ने कुराहरुको षियमा पूर्व योजना गर्दा बैवाहिक जीवन सहज बन्न सक्छ ।

४. विवाहको निम्ति मण्डलीका आदर योग्य व्यक्तिसँग परामर्श लिनु पर्छ ।

५. केटा वा केटी दुवई जना प्रार्थनामा रहेर असल सहयोगी (जीवन साथी) को निम्ति परमेश्वरसँग माग्नु पर्छ । धेरै युवा–युवतीहरु विश्वास नगर्नेहरुसँग वैवाहिक बन्धनमा बाँधिन्छन् जुन कुरालाई युवा वर्गले गम्भिर रुपमा लिदैनन् किनकी त्यसबाट आउने परिणामको बारेमा जानकारी ऊनीहरुलाई हुदैन । (उत्पति ६:२) मा पनि त्यहि घटना भएको पाउछौं “परमेश्वरका छोराहरुले मानिसका छोरीहरुलाई सुन्दरी देखे, र आफ्ना–आफ्ना रुचिका पत्नीहरु ल्याए ।” त्यस पछि के भए त ? (४, ५) मानिसहरु पापमा फस्दै गयो र पमेश्वर पनि दुःखित हुनु भयो (६) पद, “जलप्रयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरु खाईरहेका, पिईरहेका र विवाहबारी गरिरहेका थिए ।” (मत्ती२४:३८) पापीहरु सबैलाई जलप्रलयबाट नष्ट पार्नु भयो । सिर्फ नोआ र तिनका छोरा बुहारीलाई परमेश्वरले अनुग्रह गर्नु भयो । आजका पुसताका जवान–जवानीहरुले के चाहान्छन् परमेश्वरको आशिष ? की अनन्तको त्यो दण्ड ? निणर्य तपाईको हो ।

जवान सङ्गतीः

संगती परमेश्वरसँग बातचित गर्ने एउटा माध्यम हो । आत्मिकी जीवनको निम्ति भोजन हो । सिक्ने सिकाउने र परमेश्वरको वचनलाई अध्यन गर्ने ठाउँ पनि हो । त्यस कारण (हिब्रु १०:२५) मा भनीएको छ “कति जनाको सङ्गतीमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं... ।” (१ यूहन्ना १:७) “तर उहाँ ज्योतिमा हुनुभएझैं यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एउटा आर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशरुको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ ।” (उपदेशक १२:१) मा ले पनि भन्छ “दुःखको समय र वृद्धावस्था आउन अघि नै, जब तिमीले भन्नेछौ, “यस समयमा मेरो मन लाग्दैन,” ती समयभन्दा अघि नै आफ्ना सृष्टिकार्ताको सम्झना गर । हामी परमेश्वरको सेवाकाईमा अघि बद्न चाहान्छौं तर हाम्रो अघि प्रेम, यौन, विवाह र परिवारीक समस्याहरु आउछन् जसले गर्दा धेरै युवा–युवतीहरुमा निरासपना आउछ र आत्मिक रुपमा अघि बद्न सक्दैन । त्यसैले पावलले भनेका छन् “त्यसरी नै हामी जो धेरै छौं हामी पनि ख्रीष्टमा एउटै शरीर हौं र प्रत्येक एक–अर्काको अङ्ग हौं ।” (रोमी १२:५) “यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरुले सँगै कष्ट भोग्छन् अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरुले सँगै आनन्द मनाउँछन्” (१ कोर १२:२६)

जवान सेवाकाईमा कति युवा–युवतीहरु अन्योलमा बसेका हुन्छन् कति लजालु हुन्छ, कति आफुलाई परेको कुराहरु व्यक्त गर्न नसक्ने हुन्छन् त्यस्तो अवस्थामा जवान भाई बहिनीहरुले एक–आर्कालाई सहयोग गर्नु पर्छ । एकले आर्कालाई सान्त्वना दिने, उत्साह दिने गर्नु पर्छ जसरी पावलले हामीलाई सिकाएको छ । “एउटाले आर्काको भार उठाओ र यसरी ख्रीष्टको व्यवस्था पूरा गर ।” (गलाती ६:२) परमेश्वरको राज्य विस्तार गर्नुको निम्ति सबै जवानहरु एकतामा पवित्र रहेर अघि बद्न जरुरी छ ।

जवान–जवानीहरुले आफुलाई कसरी वसमा राख्न सक्छन् त ?

“जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ ? तपाईका वचनअनुसारको जीवन बिताएर नै हो ।” (भजनसंग्रह ११९:९) “तपाईको चवन पालन गरु भनेर, मैले आफ्ना गोडालाई हरेक खराब मार्गबाट अलग राखेको छु ।” (भजनसंग्रह ११९:१०१)

त्यसको परिनाम के त ?

“यसरी परमेश्वरको भय मान्ने मानिस आशिषत हुनेछ ।” (भजनसंग्रह १२८:४)

परमेश्वरले हामी सबैलाई प्रशस्त आशिष दिऊन ।

Views: 994

Tags: church, love, sex

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by रसिक बस्‍याल क्रिस on March 12, 2013 at 2:40pm

Saharai ramro bachan padhda ananda milyo Hallelujah!

Comment by PURNA BM on February 24, 2013 at 10:18am

sansarik jivan ma baraliyeka jawan haru lai ani sansari copy garne hamra jawan haru lai pani sahi baato ko lagi prathana garau.parmeswor ko mahima hos.amen

Comment by Tenjing Sherpa on February 19, 2013 at 10:08am

सर्बप्रथम परमेश्वर  पितालाई  धन्यवाद होस्.........simon दाई तपाइलाई पनि धन्यवाद किनकि तपाईले यस्तो लेख हाम्रो मज्मा दिनु भाको मा परमेश्वरले तपाईलाई असिस दिनु भाको होस् ............अमेन्

Comment by krish moktan on January 30, 2013 at 3:46pm
Excellent God bless u
Comment by अरुणा राई राखाली on January 25, 2013 at 4:42am
भाईको हरेक ब्लग नै म मन लगाएर पडने गर्छु ! आज सम्मको सबै बल्गहरु मध्ये यो बल्ग अति नै राम्रो लाग्यो  जो हरेक बिवाहित अनि अबिवाहित दुवैको निम्ती आषिशमय हुन पुगेको छ ! ब्यस्त जिवनको ब्यस्तमा रहेर पनि तपाईले यति लामो समय लगाई यति स्पष्टसँग  बुझाई यो बल्ग  लेखी पोस्ट गर्नु भएकोमा पर्मेश्वरले तपाईलाई भरपुर आशिष दिएको होस् ! आंउदो दिनहरुमा पनि यस्तो थुप्रै पुप्रै आशिषमय बचन भरीएको बल्गहरु पडन पाउँ !
Thank you Bhai May Lord Bless You .

Comment by Mairwen Limbu Maden on January 23, 2013 at 6:24pm

sarbaprathamta hamro parmeswar pitalai dhanyabat hosha hajurko yo lekhaima ra auta singo christian pariwarmlai nai thulo shichhyama saghau pugeko chha hajurko yastai naya shichhyako khacho hamilai aabasyakchha.yasarinai lekhaharuma tapaiko yatra nirantar gari rahos vannachahanchhu shathai yastai lekha haruma feri pani parmeswar pitale Aguwai bhayeko hos vanna chahanchhu all the best.

Comment by bimala acharya on January 23, 2013 at 7:31am

wowo nice i really like it--may god bless u !!

Comment by Shrawan Bomjan on January 19, 2013 at 8:21am

सर्वप्रथम परमेश्वरलाई धन्यबाद होस् कि हजुर जस्तो प्रभुको दाश हाम्रो बिचमा हामीलाई केहि सिकाउन बुझाउन दिनु भएको छ  " प्रत्यक जवान/बिश्वसिहरुको निम्ति अतिनै प्रभाब शालि छ यो वचन | आज म पनि एक जवान भएकोले मेरो निम्ति यो माथिको कुराहरु एकदमै , उपदेशरुपी छ - जब म यसरि यस्तो लेखहरुमा मेरो आखाको नानि घुमाइ रहेको हुन्छु - आफै देखि चुनौती गर्न मन लाग्छ किनकि परमेश्वरको बचनको अगाडी जहिले आफुलाई कमजोरी पाउछु | मेरो जवानी पनको पवित्रता र म मा भएको जोशको प्रभाब पुरै परमेश्वरको काममा हुने हो भने मेरो प्रभु कति खुशी हुने थिए म सग | प्रेमको कुरा गरौ "भने परमेश्वरले हाम्रो निम्ति पठाउनु भएको पुत्रको जस्तो प्रेम कसको छ र ? कसले गर्न सक्छ र तर पनि प्रभुको हामि मित्र भएकाले  असल मित्रको आचरणमा हामि (म ) हुनु पर्ने हो | कतिपय समय असल मनसाय र परमेश्वरको प्रेम हृदयमा हुदा पनि मानवताको स्वर्था हैसेतले मलाइ यस्तो कुराबाट टाडा बनाएको अनुभबहुन्छ | तर तपाईहरु जस्तो असल प्रभुका छोरा-छोरीहरुले लेखेका चुनौतिपूर्ण बचनले मेरो दुर्बल विचार र मान्यतालाई हटाएर दिन प्रति दिनको बढ्दो जीवनमा परिपक्कताको मार्गमा हिड्न  सहायता भइ रहेको छ | धन्यबाद - परमेश्वरले हजुरलाई आशिस दिनुभएको होस् | 

2013 को सयोगीहरु

►निलम आले मगर- 50$ (इस्राएल)

►आइत ब्लोन तामाङ्-50$ (इस्राएल

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

Top Blog Posts 

1 असल, शरणस्थान र वास्ता गर्ने परमेश्वर

असल, शरणस्थान र वास्ता गर्ने परमेश्वर

2 परमेश्वरको कृपा र विश्वस्तता

परमेश्वरको कृपा र विश्वस्तता

3 झुटो शिक्षाद्द्वारा आएको झुटो ख्रीष्ट आङसानहांग

झुटो शिक्षाद्द्वारा आएको झुटो ख्रीष्ट आङसानहांग

4 परमेश्वरले तपाईको प्रार्थनाको जवाफ दिनुहुन्छ

परमेश्वरले तपाईको प्रार्थनाको जवाफ दिनुहुन्छ

5 वेदी सम्हाल्ने हातले बन्दुक समाउन हुँदैन -“नेपाली राजनीतिमा इसाईहरुको सवाल”

वेदी सम्हाल्ने हातले बन्दुक समाउन हुँदैन -“नेपाली राजनीतिमा इसाईहरुको सवाल”

6 मुक्तिको बाटो{}{}{}{} "संसारमा बिभिन्न बादहरु अनि सिद्वान्तहरुको जन्म भयो र मरेर गए , तर अनादिदेखि कसैले नकार्न नसकेको एउटा ठोस सत्य यस संसारमा अझैपनि छ , त्यो हो बाइबल"

मुक्तिको बाटो{}{}{}{} "संसारमा बिभिन्न बादहरु अनि सिद्वान्तहरुको जन्म भयो र मरेर गए , तर अनादिदेखि कसैले नकार्न नसकेको एउटा ठोस सत्य यस संसारमा अझैपनि छ , त्यो हो बाइबल"

7 आखिर जीवन के हो ?म किन जन्मिये ?म यो संसारमा हुनुको उदेस्श्य के हो ?र मुत्यु पछी म कहाँ हुन्छु ?

आखिर जीवन के हो ?म किन जन्मिये ?म यो संसारमा हुनुको उदेस्श्य के हो ?र मुत्यु पछी म कहाँ हुन्छु ?

8 मेरो जिबन पहिचन यसरि शुरु भयो अनि आग्डी हिन्दै छु

मेरो जिबन पहिचन यसरि शुरु भयो अनि आग्डी हिन्दै छु

9 वास्ता र प्रेम -प्रेमले नै असंख्या पापहरु ढाकतछ |

वास्ता र प्रेम -प्रेमले नै असंख्या पापहरु ढाकतछ |

10 पुस्तक पढ्ने बानि गरौँ ।

पुस्तक पढ्ने बानि गरौँ ।

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service