गलाती : ६ : ६-७
परमेश्वरले भन्नु भयो तिमि धोका नखाउ, तर यसको मतलब यो होकी हामी धोकामा पर्न सक्छौ अर्थात् धोका खाना सक्छौ | बचनले हामीलाई अगाडी भन्दछ , परमेश्वरको बचन ख्याल ठट्टामा उडाइन्दैन | किनकि मान्छेले आफ्नो मनबाट जे बोल्छ त्यसले आफैलाई काट्दछ | अनन्त जीवनको अर्थ भन्नुनै परमेस्वर्लाई जान्नु हो | तर आज हामी धेरैले अनन्त जीवनलाई एउटा बक्समा राखेर भन्ने गर्छौ कि यो नै अनन्त जीवन हो | तर अनन्त जीवन भनेको कुनै बक्समा अटाउन सक्ने भाडा वा निर्जिब तथ्य जस्तो हुदैन र होइन | तर अनन्त जीवन भनेको धेरै ठुलो कुरा हो जुन चाही तर्थिक कुरामा अटाउन सक्दैन | यो कुरालाई हामीले बुझ्नु अति आबस्यक छ |
जो आफ्नो शरीरको लगी जिउदछ उसले शरीर द्वारा नै बिनासको कटनी गर्नेछ | तर त्यो व्यक्ति जो आत्मामा जिउदछ उसले आत्माबाट नै अनन्त जीवनको कटानी गर्नेछ | धेरै जसो इसाई अगुवाहरुले अनन्त जीवनलाई एउटा बक्समा बन्द गरेर अरुहरुलाई भन्दछ कि
येशुलाई बिश्वास गर्नुहोस र अनन्त जीवन पाउनु हुनेछ | अनि भन्दछ , " परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो कि उहमा बिश्वाश गर्ने कोहि नास नहोस तर त्यसले अनन्त जीवन पाओस "| अनि भन्दछ हेर्नुहोस मैले येशुलाई बिश्वास गरेर अनन्त जीवन पाई सकेको छु | तर तपाइँ यस्तो मुखे विश्वासको तर्कहरुबाट पर आएर तपाइँ साच्चै अनन्त जीवनको बारेमा बुझ्न चाहनुहुन्छ भने तपाइँ आफैले बाइबल पढ्नु आबस्यक छ साथै नयाँ करार भित्र मुक्ति सम्बन्धित बर्णन गरिएको चर्चाहरुलाई भित्रि रुपमा बुझ्नु जरुरि छ | जब तपाइँ र मैले बाइबलमा भएको मुक्तिको बिसयमा लेखिएको बचनहरुलाई एक साथ भेला गरेर हेर्छौ तब हामी त्यहाँ मुक्तिको सहि तस्बिर देख्न सक्छौ |
तपाइँ एउटा कार'को बारेमा अर्थात् विभिन्न किसिमको मोटर गाडीहरु कुनै पनि एउटा चिजलाई लिएर कल्पना गर्नुहोस , सहजै थाहा हुनेछ कि विभिन्न नट, सिसा , स्ट्रिंग , टायर . इत्या आदि ...कुराहरु जोडिएर एउटा राम्रो कार बन्दछ | एउटा टायर जो छ त्यसले कहिले आफैलाई म कार हु भन्न सक्दैन, हो टायर एउटा कारको स्यानो भाग हो , ता पनि एउटा सिंगो कार भने होइन | यसकारण हामी यदि साच्चै अनन्त जीवन पाउन चाहन्छौ भने अर्थात् बुझ्ने उत्कुष्ट इक्षा छ भने , हामीले बाइबलमा अनन्त जीवनको बारेमा लेखिएको सबै बचनलाई मनन गर्नु अति आबस्यक छ |
परमेश्वरले संसारलाई प्रेम गर्नु भयो | जो कसैले पनि यो कुरालाई बिश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ | जसरि प्रभु येशुले भन्नु भयो परमेश्वरले मलाइ पठाउनु भयो भनेर बिश्वास गर्ने सग अनन्त जीवन छ | प्रभुले भन्नुभयो पापको कमाइ जुन कुराको मुनाफा चाही मृत्य हो | तर परमेश्वरले हरेकलाई उसको काम बिनानै दिन चाहनु भएको सित्तैको उपहार चाही अनन्त जीवन हो | अनि यो सबै बचन सत्य छ | अनि यहाँ अर्को एउटा भाग छ , बचनले भन्दा छ यदि हामि पवित्र आत्मामा रहेका छौ भने अनन्त जीवन कटनी गर्नेछौ | प्राय धेरै अगुवाहरुले अनन्त जीवनको बारेमा यस किसिमले प्रचार गरेको वा मण्डलीमा सिकाइएको पाउदनौ |
हाम्रो स्वोभाभ यस्तो छ की यदि कोहि कसैले हामी माथि कुनै कुराको जिम्मेवारी थपी दिन्छ भने त्यसलाई हामी सिदै नकार्दछौ | तर हामीलाई परमेश्वरले सित्तैमा अनन्त जीवन दिनु भएको छ लिनुस र अनन्त जीवन पाउनुहोस भनि कसैले भनेमा हामि लिन मन परै हाल्छौ | परमेश्वरले संसारलाई प्रेम गर्नु भयो र एउटा पुत्र दिनु भयो उहालाई बिश्वास गर्नेलाई अनन्त जीवन छ , यो पद मलाइ पनि धेरै मन पर्छ , सायद यो बचन सबैलाई मन पर्छ , एक चोटी मनमा सोच्नुहोस के तपाईलाई यो बचनको बारेमा मन पर्दैन र ? तर यो बचनको बारेमा हामीले के सोचेका छौ ?
याद गर्नुहोस यदि हामी पवित्र आत्मामा रहेर यो जीवनलाई प्रभुमा राख्छौ भने मात्र हामीले अनन्त जीवनलाई पक्रिन सफल हुनेछौ | अनन्त जीवन एउटा फसल हो , र हामि काट्ने काममा लागेका छौ यसको आधारमा कि हामि खेताला हौ |
याद गर्नुहोस तपाइँले एउटा मात्र कुनै बचनलाई पक्री राख्नु भाको छ र त्यसमा मात्र जिउन चाहनुहुन्छ भने त्यहि बचनले तपाईलाई प्रभु देखि भटकौना सक्नेछ | जब शैतानले येशु प्रभुलाई परिक्षा लियो उसले एउटै मात्र बचनलाई लिएर परिक्षा लिएको थियो | शैतानले प्रभुलाइ भन्यो बचनले भन्दछ स्वर्गदुतहरुले तिमीलाई हात – हातै थम्नेछ भनेर लेखिएको छ यसकारण यस ठाउबाट हामफाल | यदि त्यो समयमा येशु प्रभुले त्यो एउटा बचनलाई सुनेर शैतानको कुरालाई मानेको भए त्यो परमेश्वरको बिरुद्ध हुन जान्थ्यो | तर शैतानले एउटा बचन बताएर येशु प्रभुलाई मुर्ख बनाउन सक्दैनथ्यो | आज त्यहि शैतानले एउटा बचन लिएर आजको बिश्वसिहरुलाई फसौन सक्छ | तर येशु प्रभुलाई भने होइन | जब यो माथिको बचनलाई येशु प्रभुको अघि ल्याए तब प्रभुले भन्नु भयो तर बचनमा यस्तो लेखिएको छ ....... मत्ती ४:७ "यसकारण परमेश्वरको सबै सत्यता र बचन केवल एउटा बचनमा कैद वा पुरा गरिएको छैन | यधपी आज हामि हेर्छौ भने विभिन्न ठाउहरुमा मानिसहरुले येशुको नाउमा एउटा बचनलाई प्रयोग गर्दै मानिसहरुलाई झुट तिर दौडाई रहेकाछन | तर बाइबलले भन्दा छ पुरा बाइबल हामीलाई दिएको छ , ताकी परमेश्वरको जन सिद्दा होओस , परमेश्वरको बचनले | आमेन "
अनन्त जीवन एउटा यस्तो बिषय हो जसलाई बाइबल भित्रको एउटा पदबाट बुझ्न सकिदैन | प्राय हामी सबै जब सुरुमा प्रभुको बारेमा बुझ्न चाहदाछौ, र उहालाई अपनाउछौ , प्राय जसो हामी सबैलाई मण्डलीमा दुइ वटा बचन बताएको हुन्छ , जस्तै "युहन्ना ३:१६ , रोमी ६ :२३ यस्तै अरु केहि यो सग मिल्दो जुल्दो पदहरु , यसैकारण होला प्राय सबै जोहरु प्रभुको बारेमा सु-समाचार प्रचार गर्न हिन्छ्न उनीहरुलाई सबै भन्दा बडी यो पदहरु थाहा भएको हुन्छ | यसकारण नै हो हामीले बाइबललाई राम्रो जान्नु बुझ्नु आबस्यक छ , यो बचन दूई भिन्न उदाहरणमा बताएको पनि हुन सक्छ , जस्तै इसाईहरू कोहि आत्मामा जिउदछ भने कोहि सरिरमा | तात्पर्य यहिँ हो जब हामी बाइबलको पदहरु द्वारा मानिसहरुलाई मुक्तिको बारेमा सुनाउछौ, यस कुरामा हामी निस्चितता हुन आबस्यक छ | के मैले यस व्यक्तिलाई साचै प्रभुमा डोर्याउने काम गरेको छु , कति चोटी हामी पाउल'ले लेखेको पत्रहरु द्वारा बचन बढ्दा मण्डलीमा , पावलले लेखेको यो पद अनुसार हामीले जीवन जिउने पर्छ भनेर , अधिकार पूर्ण बोलि रहेका हुन्छौ | तर यो कुरा गर्नु भन्दा पहिला हामीलाई जान्नु आबस्यक छ कि पवालले त्यो पत्र कसलाई लेखेको हो | के बिषयमा त्यो बचनहरु बताएको छ , उदाहरणको लागि कसैको घरमा चिट्ठी आउछ भने , कसको हो र कसलाई पठाएको हो भन्ने जान्नुलाई पहिला नाम थाहा गर्नु पर्ने हुन्छ नि होइन ? यस्तै हाम्रो सेवाकार्यमा जब हामी बाइबल द्वारा मुक्तिको विषयामा मानिसहरुलाई बताउदछौ यस्तै धेरै कुरा हामी आफैले जान्नु र बाइबललाई परमेश्वरको आत्मामा भएर सहि रुपमा बुझ्न खोज्नु आबस्यक छ |
गलती ६ : ८
यहाँ हामी द्व्ख्छौ कि दूई एउटा बिरोध कुरा गरिएको छ , एउटा व्यक्ति सरिरमा हुन् सक्छ भने अर्को व्यक्ति आत्मामा | तर प्रश्न यो छ यो बचन कसको लगी बताइएको हो ? त्यो को हुन सक्छ जसलाई पावल ले तिमि सरिरमा आत्मामा हुन सक्छौ भनेर बताइएको छ ...यसकारण यो जान्नु आबस्यक छ कि चिट्ठी कसको नाममा लेखिएको छ किनकि चिट्ठीको कुनै भागमा नाम कसैको अबस्य लेखिएको हुन्छ | हामी सबैलाई थाहा छ गलातिको पुस्तक पावल ले लेखेको पत्रहरु मध्येबाट एउटा पात्र हो | यो पत्रमा पावलले भन्दछ कि यो पत्र सबै गलातिहरुको लगी हो जोहरु गलतिमा बस्दछन | पावलले यहाँ अन्याजतिहरुलाई भनेको छैन कि तिमि सरिरमा हराउन सक्छौ | तर यहाँ पावलले बिशासिहरुलाई भन्दछ , तिमि धोकामा नपर शैतानले तिमीहरुलाई फसौना नपाओस | हामीहरु प्रत्यक दिन केहि योजना बनौदछौ , जसमा सरीर तिर वा आत्मा तिर लाग्ने भन्ने चुनौ हाम्रै आफ्नै हुदछ | यसैले हामी साच्चै परमेश्वरलाई जान्न चाहन्छौ उद्दार चाहन्छौ भने अरु धेरै बचनहरु सग यो बचनलाई पनि हामीले सझे बनाएर बुझ्नु आबस्यक छ | तर मानिसहरुले भन्दछन के उद्दार बिश्वास द्वारा मिल्दैन र ? मिल्छ अबस्य यो सत्य हो | तर बाइबलले यो पनि भन्दछ कि जुन बिश्वास चाही काममा प्रकट हुदैन त्यो बिश्वास आफैमा देखिदैन | याकुब २ अध्याले हामीलाई भन्दा छ कि काम बिनाको बिश्वास मरे तुल्य हुन्छ जस्तै उसको काम हुदैन वा प्रयोग हुदैन भने हाम्रो सरीर झैँ मरेको हुदछ | यधपी एकदिन हामीलाई थाहा हुने छ कि , जुन कुरा हामीले गुमाएको छौ , त्यसको ज्याला कटनी गर्नु पर्नेछ |
हाम्रो सबै प्रचार जुन चाही सबै प्रभाबशाली र सत्य होला | बिचार गर्नुहोस एक जना मरेको मान्छे हाम्रो अगाडी लडिरहेको छ , हामी त्यो मरेको व्यक्तिको हात हेर्छौं , उ सग दूई वटा हात दश औलाहरु छन् , त्यो मरेको मान्छेको दूई आखापनि छन् .. यस्तै सबै सरिरको अंगहरु उ सग छन तर त्यो मान्छे एकदम ठिक देखिन्छ तर त्यो मान्छे मरेको छ | यस्तै हाम्रो बिश्वाश सबै तिर ठिक छ र पनि यो कुनै काममा संलग्न छैन भने त्यो आफैमा मरेको जतिकै छ |
आज हामी संसारमा एकदम तल गुज्रेरेर इसाई जीवन जिउने व्यक्तिहरुलाई देख्दछौ | कति यस्ता इसाईहरू छन् उनीहरु आफैले आफैलाई भन्दा छ कि म त अरु इसाई भन्दा फरक इसाई हु र म प्रभुमा यसरी - त्यसरी समय बिताउछु | तर साच्चै भन्नु पर्दा त्यो बिशावासिहरु प्रभुको निम्ति त होइन आफ्नै लगी पनि कुनै सुहाउदो जीवनमा निर्भर भएको हुदैन | किनकि तिनीहरु सरिरमा हुदछ र अरुहरुलाई भन्दछ , मैले प्रभुलाई पाएर यति बर्ष भयो , यति आत्मा बचाए यो गरे त्यो गरे इत्या आदि ....तर त्यहि व्यक्तिको घरमा हेर्नुहोस कि त्यो व्यक्ति कुन तरिकाले जिइ रहेको छ | जब त्यस्तो खालको व्यक्तिको घरमा हामी जदछौ र उनीहरुको जीवन शैली हेर्छौं भने जुन चाही अबिश्वसिहरुको भन्दा कामको हुदैन | घरमा झगडा गर्छ , छोरा छोरीको अघि असब्द बोल्छ , श्रीमतीलाई कुट्छ , यस्तै कार्यहरु गर्छ जुन चाही अबिस्वसिहरुले गर्दछ | उनीहरु बिबाह गर्छन , फेरी आपसी झगडामा डिबोस पनि गर्छन कतिले अर्को श्रीमती ल्याउछ , अनि भूलको क्षामा प्रभु सग माग्दै फेरी पाष्टर पदमा हाजिर हुदछ | तर बाइबलले भन्दछ परमेश्वर मज्जक्को -ख्याल-ख्यालको परमेश्वर हुनुहुन्न | बाइबलले भन्दछ हामी परमेश्वरलाई ठट्टामा उडाउन सक्दौनौ | तर यस्तो खालको प्रभाब आज हाम्रो नेपालमा परेको छ | बिशावासिहरु सरिरमा मरिरहेकाछन रहेको छन तर भन्छन म आत्मामा प्रभुमा जिउदैछु | उनीहरु मन –मनै सोच्दछन मैले येशुलाई बिश्वास गरे र मुक्ति पाई सकेको छु , जे गरे सहि गरे |
अनन्त जीबन वा मुक्तिको निस्च्याता प्रति म चाहन्छु सबै हामी बिश्वासीहरुको आखा प्रभुले खोलिदिनु भएको होस् | कोहि व्यक्ति सरिरमा हुन सक्छ कोहि आत्मामा भन्नुको अर्थ के हो त ? जब परमेश्वरले मानिसलाई बनाउनु भयो , माटोबाट बनाउनुभयो , यसरीनै जब जनवारहरुलाई बनाउनु भयो तीहरू पनि प्रभुको इक्षा अनुसार बनिए , जब मान्छे मार्छ ,उसलाई कफनमा बेरेर माटोमा पुरी दिन्छ वा जलाई दिन्छ , जब जनावर पशु- पन्छी मार्छ तिनीहरुलाई पनि जमिनमा गाडी दिन्छ , यस्तै केहि वर्ष समय बिते पछी . जनवार र मान्छेको सरीर एउटा हुन जदछ त्यो हो माटो | किनकि त्यहि माटोबाट परमेश्वरले मानिस र जनवारलाइ बनाउनु भएको थियो | जे मान्छे सग छ त्यो सबै जनवार सग पनि छ , कान ,खुट्टा , हात , मुख , अख ,सबै कुराहरु जे मान्छे सग छ तिनीहरु सग पनि आफ्नै खालको मन छ | तर जब परमेश्वरले मानिसलाई बनाउनु भयो उहाले मानिसमा जीवनको सास फुकी दिनिभायो | यो नै एउटा जनवार र मानिसमा फरक कार्य प्रभुले गर्नु भयो | बाइबलले भन्दछ जब परमेश्वरले मानिसमा जीवनको सास फुकी दिनुभयो तब मानिस जीवित प्राणी भए |
परमेश्वरले फुकी दिनु भएको जीवनको सासमा एउटा आत्मा थियो जुन आत्माले यो गर्नु हुन्छ त्यो गर्नु हुदैन भन्ने कुरालाई जानकारी दिन्थ्यो | यसै बिचमा उसको साथमा एउटा सरीर पनि भए जुन परमेस्वरले माटोबाट बनाउनुभएको थियो | सरीर माटोबाट बनेको कारणले त्यो खाली धर्तीको कुराहरुमा नजिकिद थ्यो भने अर्को भाग चाही खाली परमेश्वरको कुरा तिर लाग्दथ्यो किनकि परमेश्वरले त्यस माटोको सरिरमा आफ्नो आत्मा फुकी दिनुभएको थियो | यहिँ त्यो मान्छे थियो कि एक चाही सरिरले तल लान्थ्यो भने अर्को आत्माले माथिको कुराहरुमा ध्यान पुरौथ्यो | यसै कारण मान्छे आफ्नो सरिरको अनुसार वा आत्माको अनुसार जिउन सक्दछ | तर जनवार यसरि जिउन सक्दैनन , किनकि जनवार माटोबाट बनिएको हो र माटोमै सिमित थियो किनकि जनवार सग मानिसमा भएको आत्मा हुदैन | यसैले जनवार सग कुनै सोच अर्थात् यसरि म जिउनु पर्छ , मेरो पद यो . त्यो.......कुनै यस्ता किसिमको विचार तिनीहरुमा हुदैन , तिनीहरु प्रत्येक दिन जे खान्छ जे गर्छ गरिनै रन्छ किनकि तिनीहरुलाई केहि थाहा हुदैन |
तर बाइबलले भन्दछ परमेश्वरले मानिसमा जीवनको सास फुकी दिनु भयो | यसकारण तपाइँ र म आफै जान्दछौ , कि तलको कुरा के हो र माथिको कुरा के हो " जब आदमले पाप गर्यो परमेश्वरले उसलाई आफ्नो जीवनबाट काटेर अलग गरि दिनुभयो | जसले गर्दा त्यो मन जुन चाही परमेश्वर तिर खिच्दा थियो त्यो सक्ति आदमले गुमाउनु पर्यो | उ सग एउटै मात्र इक्षा बाकी रहेको थियो जुन कुराले उसलाई तलको कुरा तिर आकर्षण गराउदा थ्यो | यसैले आज हरेक व्यक्ति यस संसारमा जन्म लिएर आएका छन् तिनीहरु सग यहिँ मन छ , कि तिनीहरु धर्तीको कुरामानै आफ्नो मन लगाउदा छन् | एउटा स्यानो बच्चालाई हेर्नुहोस | उनीहरुलाई प्रार्थना यसरि गर्नु पर्छ , परमेश्वरलाई यसरि धन्यवाद दिनु पर्छ भनेर सिकाउनु पर्दछ , र हरेक बाबा आमाले यसै गर्दछ तर उनीहरुलाई झगडा गर्नु बदमास गर्नु डाहा इत्यादी कुराहरु... किन सिकाउनु पर्दैन ..? किनकि त्यो मुनि तिर लाग्ने मन सगै हरेकको जन्म भएको हुन्छ |
तर खुशीको कुरा , जब आज हामी परमेश्वरलाई बिश्वास गरेर ऊहाको सामने आउछौ र नयाँ जन्म स्विकार गर्छौ , उहाले हामीलाई माथि तिर खिच्ने मन दिनुहुनेछ , जुन मन पहिला आदम सग थियो | यसकारण आज प्रत्यक दिन हामी ,तल तिर लाग्ने होकी माथि तिर हामी आफै निर्णय गर्दछौ | कति चोटी कसैले नदेखेको खण्डमा हामी तल तिर नै लग्न चाहन्छौ र हामी तलको कुरा चाख्न चाहन्छौ | तर यसमा केहि भिन्नता छैन कि तपाइलाई कसैले देखेको छ वा : छैन | एउटा किसानलाई विचार गर्नुहोस उसले रोपनीको समयमा कोहि होस् या नहोस – बीउलाई सहि ठाउमा गाडेको छैन भने उसले आफ्नो फसलको बेलामा त्यहि कटनी गर्नेछ जे उसले छरेको थियो कोहि छैन भनेर किसानले आफ्नो बिउ चराहरुलाई खुवाएर जमिनलाई त्येतिकै छोडिदियो भने फसलको समयमा उसले के आशा गर्न सक्छ ?
" अब एउटा मान्छेलाई विचार गर्नुहोस जसले आफ्नो खेतमा खराब कुराहरु मात्र छरेको थियो तर जब फसलको समय आयो त्यसले तिन दिनको लामो उपबास बसेर प्रार्थना गर्दै भन्यो हे परमेश्वर मलाई असल फसल दिनुहोस | मलाई थाहा छकी मैले जीवन भर नराम्रो कुराको बिउ छरे , मलाई थाहा छ तपाइले चाहनु भयो यसैमा असल कुरा निर्माण गर्नु सक्नुहुन्छ | हे प्रभु चमत्कार गर्नुहोस र मलाई असल फसल दिनुहोस "| तर यो दुखको कुरा छकी उसले ४० दिन उपबास बसेर प्रार्थना गरेपनि उसको माग पुरा हुनेवाला छैन | किनकि मैले पहिला पनि भनि सके हाम्रो परमेश्वर ठट्टामा उडाउने परमेश्वर हुनुहुन्न , त्यो असल फसल जसले रोपेको छ , छरेको छ , उसैले कटानी गर्नेछ |
यसैले हाम्रो निर्णय हाम्रो नै हातमा छ कि हामी सरिरमा लाग्ने वा: आत्मामा ?|
श्रवन ब.
बचन टिप्पनी : Sowing to the Spirit and not to the Flesh by Zac Poonen -
Comment
Comment by krishna bhandari on May 15, 2013 at 10:05pm { नयाँ करार भित्र मुक्ति सम्बन्धित बर्णन गरिएको चर्चाहरुलाई भित्रि रुपमा बुझ्नु जरुरि छ | हामीले बाइबलमा अनन्त जीवनको बारेमा लेखिएको सबै बचनलाई मनन गर्नु अति आबस्यक छ |
परमेश्वरले फुकी दिनु भएको जीवनको सासमा एउटा आत्मा थियो जुन आत्माले यो गर्नु हुन्छ त्यो गर्नु हुदैन भन्ने कुरालाई जानकारी दिन्थ्यो |
मान्छे आफ्नो सरिरको अनुसार वा आत्माको अनुसार जिउन सक्दछ | तर जनवार यसरि जिउन सक्दैनन , किनकि जनवार माटोबाट बनिएको हो र माटोमै सिमित थियो किनकि जनवारसग मानिसमा भएको आत्मा हुदैन |
परमेश्वरले मानिसमा जीवनको सास फुकी दिनु भयो | यसकारण तपाइँ र म आफै जान्दछौ , कि तलको कुरा के हो र माथिको कुरा के हो | }
तपाई द्वारा लेखिएको बचन भित्र बाट यो उतार्न मन लाग्यो कारण मलाइ अति मन प~यो |
>परमेश्वर लाई धन्यवाद होस , तपाइको यस वचनद्वारा मलाइ मात्र नभएर अरु पाठकहरुलाई पनि विशेष ज्ञान र आशिषको स्रोत बन्नेछ | आमेन |
Comment by Badri lal puri on March 9, 2013 at 9:06pm परमेश्वर लाई धन्यवाद होस । साच्चै नै यति मिठो यति धेरै मेहनतका साथ यो बचन हाम्रो माझमा ल्याउनु भएको छ यहाँ लाई ह्दय देखि नै धन्यवाद दिन चाहन्छु । परमेश्वरले भरपुर आशिष दिनु भएको होस । र आज नेपाली विश्वाशी जनहरुले केहि समय लागे पनि यो बचन लाई ध्यान दिएर पढि दिनु भयो भने आशिशित हुनु हुनेछ । मैले आज यस बचन बाट आशिशित हुने अवसर पाँए । धन्यवाद ।
Comment by Sarah on September 19, 2012 at 12:17pm परमेशोरलाई माहीमा होस । साथाई हाजुरलाई पनि पर्मेशोरले धेरै आशिस दीहुन । यती meetho पर्मेश्वरको बचन साथैइ यती मेनत गरेर हामीसँग share गर्नु भयो। जुन बचन दवरा मो, एक दम आशिसित बनेको छु ।पर्मेशोरले हजुरलाई यशरिनै आघी बरार लाईझाहु। God Bless You.
Comment by Tenjing Sherpa on September 11, 2012 at 3:09pm prameshowar lai dhanyabad hos.........ani hamro shrawan daile asto bachane hamro majmaa leunu bhako maa tapailai pani dhanyabad parmeshowarle tapailai deraye bhanda derayee asis dinu hunchha ani feri pani tapaile astai bachan haru hamro majmaa dinus ani hamile pani kehi kura bhujna shaku tapaiko lekh duara tesaile tapaiko lagi://www.nepalichristians.com dhoka khulla hunchha......amen

Comment by Shrawan Bomjan on September 4, 2012 at 2:20pm सबै जनालाई जयमसिह: साथै धन्यबाद , यति लामो बचनलाई आफ्नो समय दिएर पढी दिनुभएकोमा | हामी सबैलाई प्रभुले अझ बचन पढ्ने मन दिउन साथै , आशिष पनि - भाइ श्रवन
Comment by Narendra Singh Thakuri on September 1, 2012 at 5:42am prameshwor lai dhanebad hos shrawan ji tapai ko yo bachan padhna pauda dherai khusi lagyo amen
Hello Brother Gr-e@ting For Jesus N@me!!!!! J@ym@mc !!!!! Th@nk so much Wonderful Mess@ges For sh@ring m@y God Bless you uuuu !!!!!!!

Comment by srijana gurung on August 31, 2012 at 4:33pm प्रभुलाई धन्यबाद होस्, कि उहाले भाई द्द्वारा अति नै मिठो बचन हामी माझ राख्नुभयो र साथ साथै भाइलाई पनि धन्यबाद छ यति मिठो बचन को लागि ।

Comment by Aruna पर्मेश्वरको प्रँशसा होस् on March 23, 2012 at 4:59am भाई जय मसिह -
जब जब पनि म तपाई द्वारा लेखिएको बचन पडछु मलाई यस्तो लाग्छ तपाई यस समयको तिमोथि नै हुनु हुन्छ ! यति कम उमेरमा यति धेरै तपाईको पर्मेश्वर प्रतिको प्रेम - लगन अनि दरिलो बिस्वासलाई देखेर मलाई साँचै नै खुशी लाग्छ !
तपाईले यति लामो समय लगाएर जुन कुरा हामीलाई बताउन चहानु भैइ रहेको छ त्यसको उदेशयको बारेमा म आभाष गर्न सक्छु किनकि यति लामो कुरा त्यो पनि नेपालीमा लेख्न्न निक्कै समय लागेको हुन्छ तर तपाईले सबै कामलाई पर सारेर पर्मेश्वरको बचन मेहनत गरेर लेखेर सबैले पड्योस् अनि बुझ्योस् भनेर अबेरसम्म बसेर लेखेर पोस्ट गर्नु भयो ! पर्मेश्वरले तपाईलाई यसको इनाम दिइ सक्नु भएको छ ! हृदय आन्तरिक धन्यबाद छ भाई ! यसरी नै पर्मेस्स्वरको राज्यको लागी लगनशील भैइ अघि बडनु होला ! तपाईद्वारा धेरैको आत्मा बाँच्न सकेको होस् !
May God Bless You .

Comment by aruna chhantyal on February 29, 2012 at 2:17pm mero nirnay aatmama laagne chh..thanx bro
नेपाली ख्रीष्टियन साईटमा तपाईंलाई स्वागत छ । Welcome to
Nepali Christians Site
►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)
►सिमोन राइ 5,000Rs.(काठमाण्डु)
►इजकिएल राइ - 4500 Rs.(साउदी)
► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)
------------------------------
2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote
Started by salomi pradhan in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian May 12. 1 Reply 0 Likes
Started by Udit Thapa Magar in प्रार्थना को माग - Prayer Request. Last reply by salomi pradhan May 12. 3 Replies 0 Likes
Started by Eali khadka in प्रार्थना को माग - Prayer Request. Last reply by Binod Gurung on Sunday. 5 Replies 0 Likes
Started by Durga Jung Kunwar ( Gabrial) in सूचनाहरु - Notice. Last reply by Shrawan Bomjan May 5. 1 Reply 2 Likes
Started by Jit Lama in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian Apr 15. 1 Reply 2 Likes
© 2013 Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।
संपर्क | उजुरी | हाम्रो बारेमा | Badges | Report an Issue | Terms of Service

You need to be a member of Nepali Christians Site to add comments!
Join Nepali Christians Site