इसाईहरुले राजनीतिक पार्टी खोल्ने कसरत गर्दैछन् अरे भन्ने कुरा थाहा पाएपछि उक्त हुनआउने पार्टीको
भविष्यको बिषयमा मेरो मनमा धेरै कुरा खेल्यो । यसरि इसाई धर्मको नाममा राजनीतिक पार्टी नै खोलेर सक्रिय राजनीतिमा होमिनु हामीहरुको लागि एउटा गम्भीर ऐतिहासिक भूल हुनेछ । कति जनालाई लाग्न सक्ला नेपालका लाखौं इसाईहरुको मतले समानुपातिक तर्फबाट धेरैजना सभासदको पद हात पार्न सकिन्छ अनि सरकारमा पनि प्रत्यक्ष पहुँच हुन्छ र आफ्ना मागहरु सजिलै पुरा हुन्छन । तर यो चाहिं सपनाको लड्डु जस्तो मात्रै हो, जुन कल्पनामा नै सिमित रहन्छ ।
यदि त्यसो हुंदो हो त हिन्दु राज्य घोषणा गर भनेर माग राख्ने कमल थापाको पार्टी राप्रपा नेपालको पक्षमा नेपालका ८० प्रतिशत हिन्दुहरु लाग्नुपर्ने थिएन र ? गत संबिधानसभाको निर्वाचनमा राप्रपा नेपालले प्रत्यक्ष तर्फ एउटा पनि सिट हात पार्न नसकेको यथार्थ हामीहरुको सामु छलंर्गै छ । हामीले यस प्रकारको इतिहासबाट केहि न केहि पाठ सिक्नैपर्ने देखिन्छ । धर्म र राजनीति परस्पर फरक चिजहरु हुन् । धर्मको नाममा पार्टी खोलेर अगाडी बढ्दा भोलि कयौं समस्याहरु र सैद्धान्तिक बिचलनहरु आउनेछन् । सदनमा प्रतिनिधित्व गरिसकेपछी अनेक बिषयमा मत मतान्तरहरु हुने नै छन्, त्यति बेला कुनै एउटा पार्टीको पक्षमा र अर्को पार्टीको बिपक्षमा खडा हुनुपर्ने हुन्छ । अनि गाउँगाउँ देखि सहर बजार सम्मको सिंगो इसाई समाज कुनै न कुनै पार्टीको तारो बन्न पुग्छ । हामीले सुनाउने सुसमाचार माओबादीको लागिमात्र होइन , कांग्रेसको लागिमात्र पनि होइन नता अर्को कुनै पार्टीबिशेषको लागि मात्र हो , यो त धर्तीका सबै मानिसहरुको लागि हो । उदाहरणको लागि इसाईहरुको भनिएको पार्टीले कांग्रेसको मुद्धामा समर्थन गर्दै सदनमा मतदान गर्यो भने माओबादीका कार्यकर्ताले इसाईहरुलाई कुन नजरले हेर्नेछन ? के हामीहरु त्यतिबेला पनि उनीहरुलाई गर्वसाथ सुसमाचार सुनाएर प्रभुमा आउनलाई आग्रह गर्न सक्छौं ? मेरो बिचारमा त्यति बेलासम्म हामीले उनीहरुलाई सुसमाचार सुनाउन सक्ने सबै प्रकारका नैतिक आधारहरु गुमाइसकेका हुनेछौं । यदि यो पार्टीले माओबादीको मुद्धामा मत हालेको खण्डमा पनि अन्य पार्टीहरुसंगको सम्बन्धमा गम्भीर असर पर्नेछ । यसरि, बिश्वब्यापी रुपमा खुला रहेको इसाई मण्डलीको ढोका नेपालमा चाहिं बन्द गर्ने काम नगरौं ।
देशभरिको कुरा छोडौं, काठमाडौं खाल्डोमा मात्रै कति वटा चर्च छन् भनेर कसैलाई यकिन छैन । एक सय मिटरको दुरीमा भएका दुइवटा चर्चको एक आपसमा कुनै सम्बन्ध नै छैन । अझै झुटा शिक्षाका मण्डली हरुको बिगबिगी नै छ यहाँ । सबै मण्डलीहरुलाई एकीकृत गर्न सक्ने हामीसंग कुनै संयन्त्र नै छैन । अगुवाहरुमा एकले अर्काको अस्तित्व स्वीकार नगर्ने परिपाटी बसिसकेको छ । ठुला भनिएका मण्डलीको आँखा पनि आफ्नो मण्डली हाताभन्दा बाहिर जान सकिराखेको छैन । यस्तो अवस्थामा राजनीतिक पार्टी खोलेर अगाडी जाँदा हामी कहाँ पुग्छौं ? हाम्रो संगठन सुगठित गर्ने आधार के हो ? अधिकांश जिल्लामा फरक फरक कमिटि बनाएर चलेको इसाई समुदायको बीच कसरि साझा जिल्ला र स्थानीय कमिटिहरु गठन गर्न सकिएला ? के अहिले राजनीतिक पार्टी खोल्छु भनेर कम्मर कसेका केहि अगुवाहरुलाई सबै इसाईहरुले सर्बसम्मत तुल्याउलान त ?
राजनीतिक पार्टी खोल्नको लागि भएका सबै गतिविधिहरु केहि मान्छेको ब्यक्तिगत स्वार्थमा आधारित छन् भन्ने कुरा प्रष्ट देखिन्छ । कहिले एनसिएफ, कहिले एनसिएस कहिले एनसिसि त कहिले महासंघ भनेर नेपाली इसाईहरुलाई छल्न सिपालुहरुले चालेको नयाँ चाल मात्रै हो यो । एउटा छाता संगठनमा त एकमत हुन नसक्नेहरु राजनीतिक पार्टीमा एकीकृत हुन सक्लान भनेर हामि कसरि बिश्वास गर्न सक्छौ ? यदि इसाईहरुको एउटै मात्रै छाता संगठन भईदिएको भए हामीहरुको माग सुन्न जुनसुकै सरकार पनि बाध्य हुने थियो । तर यसतर्फ हाम्रा अगुवाहरुको ध्यान किन जादैन ?
हरेक इसाईलाई उनीहरुको ईच्छा अनुसारको राजनीतिक दललाई मतदान गर्ने अधिकार दिइनुपर्छ । बरु राजनीति प्रति लगाव भएका हाम्रा मानिसहरुलाई अहिले अस्तित्वमा नै रहेका विभिन्न राजनीतिक दलहरु मार्फत राजनीतिक जीवनको थालनी गर्न उत्साहित गरिनुपर्छ । आफ्नो पार्टीको इमानदार र कर्तव्यनिष्ट नेताले येशू ख्रिष्टलाई प्रभू अनि मुक्तिदाता भनेर स्वीकार गर्छ भन्ने थाहा पाएपछि त्यस पार्टीको कुनै पनि सदस्यले इसाईमतलाई हल्का रुपमा लिने छैन । यसरि बरु हामीहरुको लक्ष्य पुरा हुन सक्दछ ।
यदि पार्टी नै खोलेर अगाडी बढेको खण्डमा निश्चित रुपमा हामि अधोगतितिर लाग्नेछौं , राजनीतिक लेनदेनको अवस्थामा हाम्रो मूल्य र मान्यतामा कुठाराघात गर्न सक्ने खालका सहमतिहरु पनि उक्त पार्टीबाट नहोलान भनेर भन्न सकिने स्थिति छैन । पार्टीमा नेतृत्व लिन अस्वस्थ प्रतिस्पर्धा हुने निश्चित प्राय: छ । भोलि विभाजनको अवस्था पनि आउन सक्ला । बाइबलले हामीलाई ठुलो मान्छे बन्न भन्दा पनि राम्रो मान्छे बन्नलाई प्रेरित गरेको छ । हाम्रो समुदाय नै टुक्राटुक्रामा विभाजित हुन सक्ने खालको विषम परिस्थितिको बारेमा थाहा हुदाहुदै पनि राजनीतिक पार्टी खोल्ने काम भयो भने भाबी पुस्ताले धिक्कार्नेछ हामीहरुलाई ।
अन्तमा सबै पाठक बर्गमा मेरो यो अनुरोध छ कि हामी सबैले आफ्नो आफ्नो ठाउँबाट पार्टी खोल्न तम्सिएकाहरुलाई यस प्रकारको काम नगर्नलाई खबरदारी गरौँ ।
जगदिश पोखरेल, छोप्राक ८, गोरखा
हाल गोंगबु, काठमाडौं
Comment
Comment by Ezekiel Rai on March 25, 2013 at 2:30am
Comment by Badri lal puri on March 13, 2013 at 6:33pm बरु राजनीति प्रति लगाव भएका हाम्रा मानिसहरुलाई अहिले अस्तित्वमा नै रहेका विभिन्न राजनीतिक दलहरु मार्फत राजनीतिक जीवनको थालनी गर्न उत्साहित गरिनुपर्छ| भन्ने यस भनाइ मा मेरो पनि पूर्ण समर्थन छ | र हामी सबैले आ आफ्नो तर्फ बाट बिरोध गर्नु पर्छ नेपाल मा भएका इसाई इसाई मा एकता भयो भने सरकार संग जस्तो सुकै कुरा को माग गरे पनि प्राप्त गर्न सकिन्छ कुनै राजनीति पार्टी खोलि रहनु पर्ने आवसेकता पर्दैन | जगदीश सर ले जुन कुरा उठाउनु भएको छ यहाँ लाइ धेरै धेरै धन्यवाद का साथै परमेस्वोरले आशिष दिनु भएको होस् | धन्यवाद |
Comment by Nepali Christian on March 12, 2013 at 6:04pm यो बिषयमा मैले पनि पहिला आक्रोस , भन्ने या विचार केहि पाष्टरहरु बीच पोखेको थिए | बास्तबमा आफै भित्र एकतामा नारिना सक्दैन भने कसरि राज्यले हामीलाई हेर्छ ? हामीमा धेरै बनिने कुरा छन् जुन बनाउन हाम्रो अगुवाहरु चुकी रहेकाछन | राजनीति गर्न नहुने भन्ने कुरा छैन तर पहिला आफ्नो घरभित्रको पारिवारिक समस्या सबै परिवार बसेर समधान गर्नुपर्यो | परिवारमा एकता ल्याउनु पर्यो जहाँबाट शक्ति निस्कन्छ | बिरलै पनि आशा गर्न गार्हो हुन्छ अहिलेको इसाई राजनीति पार्टीमा - कहिले को कहिले हो | ?? मण्डलीको सुची एउटा राख्न सकेको छैन | काठमाण्डो भित्रका चर्चहरुको सुची त परै जावोस नभई नहुने आवश्यक खास संघसस्था समेत कुन हाम्रो कुनमा जानु पर्ने एउटा खुलस्त सबैको निम्ति बनिन सकेको छैन | जब सम्म आफ्नै मात्र सम्प्रदाय र झुण्डको बारेमा मात्र सोच्ने मनस्थिति हाम्रो अगुवाहरूमा हुन्छ तब सम्म हामि केहि गर्न सक्दैन | मेरो चर्चको लागि भन्ने तारिकमा हाम्रो काम हुनुभएन मेरो नेपालको लागि , नेपालि इसाई जगतको पहिचानको लागि भन्ने सोच आउनु पर्यो | बिडम्बना अब प्रभुको अन्युयायिहरुको निम्ति एउटा समुह रजनितिज्ञा भएरनिस्कनु पर्ने भो तर ..... हामि भित्रकै फुटले गर्दा कमजोर छौ | कमजोर भइ रहेका छौ | कृपया इसाई गोठलाहरु ....नामले होइन हामि आत्माले भरिएर हाम्रो देशमा पहिचान बनौ .....जे जस्तो भएनी ...हामी प्रार्थना गरौ हाम्रो देश र हाम्रो पक्ष्याबाट राज्यभित्र रहने व्यक्तिलाई ...हामीलाई राजनीतिको शक्तिबाट होइन ..आत्माको एकताबाट ल्याएको अधिकार चाएको छ | आदरणीय अगुवा ज्यु हरु हामि तपाईहरुको प्रयासको लागि प्रार्थना गर्नेछौ | तर एकताको सुत्रमा बाधिएर अघि बढौ - ढोंगीहाडबाजी भएर होइन |
नेपाली ख्रीष्टियन साईटमा तपाईंलाई स्वागत छ । Welcome to
Nepali Christians Site
►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)
►सिमोन राइ 5,000Rs.(काठमाण्डु)
►इजकिएल राइ - 4500 Rs.(साउदी)
► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)
------------------------------
2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote
Started by salomi pradhan in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian May 12. 1 Reply 0 Likes
Started by Udit Thapa Magar in प्रार्थना को माग - Prayer Request. Last reply by salomi pradhan May 12. 3 Replies 0 Likes
Started by Eali khadka in प्रार्थना को माग - Prayer Request. Last reply by Binod Gurung on Sunday. 5 Replies 0 Likes
Started by Durga Jung Kunwar ( Gabrial) in सूचनाहरु - Notice. Last reply by Shrawan Bomjan May 5. 1 Reply 2 Likes
Started by Jit Lama in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian Apr 15. 1 Reply 2 Likes
© 2013 Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।
संपर्क | उजुरी | हाम्रो बारेमा | Badges | Report an Issue | Terms of Service

You need to be a member of Nepali Christians Site to add comments!
Join Nepali Christians Site