नयाँ बर्षः एक ताजा सुरुवात

हेर, पहिलेका कुराहरु भईसके, र नयाँ कुराहरु म बताउँछु । ती हुनभन्दा अघि नै म तिनका विषयमा तिमीहरुलाई प्रकाशित गर्नेछु यशैया ४२:

 

१. प्ररम्भिक भनाइ

आज जनवरीको केही दिनहरु बितेको भए पनि हामी फेरी एकपटक नया बर्षको शुरुवात गर्नलाई मुल्याङ्कन गर्न सक्छौ  ।

हामी कति पटक हामीले निर्धारण गरेका लक्षहरु पुरा भयो वा भएन भनि नसोचीकन नै नयाँ बर्ष शुरुवात गर्दछौ अझ भन्ने हो भने यो लक्षहरु किन प्राप्त भएन त ? भनेर हामीले मुल्याङ्कन पनि गर्दैनौ ।

म एउटा कुरा तपाईहरुलाई भन्छु, हामी हिजो पाएका आशिषहरुमा जीउन सक्दैनौ न त हामी हिजोका दिनहरुमा भएका असफल्ता र निराशाहरुमा नै जीउनु पर्छ ।

यो समय चाँहि वितेको समयलाई भुलि बर्तमानको लागि अघि बढ्ने र भविश्यको लागि लम्कने समय हो ।

फिलिप्पी ३:१३ र १४ ले भन्दछ, पछाडिका कुराहरु विर्सेर र अगाडिका कुराहरुतिर जोडले लम्कदै येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाईने पुरस्कारको निम्ति निशानतिर म अगि बढदछु ।

हामी अझ पनि नयाँ बर्षको शुभकामना आदन प्रदान गर्दैछौ र विश्वाभरिका मानिसहरु नयाँ बर्षको लागि केही प्रतिज्ञा र योजना बनाउदैछन् तर त्यस्मा धेरै चाहिँ पुरा गरिदैनन् ।

बाइबलमा विश्वास गर्ने हामी इशाईहरुको लागि गत बर्षलाई फर्केर हेर्ने यो एक अवसर हो र सोच्न सक्छौ के हामीले चाहेका सबै परिवर्तनहरु पुरा भए त? नयाँ बर्ष, नयाँ काम शुरु गर्ने मौका हो, नयाँ कामको लागि परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ भनी आशा गर्ने समय हो ।

अझ परमेश्वरमा हरेक दिन हाम्रो लागि नयाँ दिन हुनुपर्दछ तर नयाँबर्षको शुरुवातको समय चाहिँ परमेश्वरकहाँ कसरी गईरहेको छौ भनि आफैलाई जाँचेर हेर्ने समय पनि हो ।

२ कोरन्थी ४:१६ अनुसार, हाम्रो बाहिरीया मनुष्यत्व नाश हुदै गए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाँहि दिन व दिनै नयाँ हुँदैजान्छ । त्यसैले हामी हरेश नखाऔ । हामी धेरै जना बुढो भए केही गर्न सकिन भन्ने चलन छ ।

मलाई लाग्छ परमेश्वरले हाम्रो जीवनमा नयाँपन सिर्जना गर्न चाहनुहुन्छ । पुर्णरुपमा हाम्रो जीवनमा नविकरण गरिएको उद्देश्य र लक्षले हामीलाई भर्न चाहनुहुन्छ । यही कारणले हामी हाम्रो यस बर्षलाई नयाँ ताजा शुरुवात गर्न सक्दछौ ।

यशैया ४३: १८‐१९ ले भन्दछ, पुरानो कुरा भुल । नयाँ कुरा देख्नेछौ किनकी उहाँ मरुभुमीमा बाटो र रुखो जमीनमा खोला बनाउन सक्ने परमेश्वर हुनुहुन्छ ।

वितेका समयमा मैले धेरै लक्षहरु बनाए कति पुरा भए कति असफल भए तर हामी इशाइहरु लाई ज्यादै सुन्दर मौका छ हामी परमेश्वरलाई चिनेका छौ तसर्थ हाम्रो असफलताहरुको ग्लानी बोकेर हामी जीउन पर्दैन । हामी यस्ता पुराना कुराहरुलाई भुलेर नयाँ शुरुवात गर्न सक्छौ । २ को. ५:१७ ले भन्दछ हामी ख्रीष्टमा छौ भने हामी नयाँ भएका छौ ।

२. नयाँपन र नयाँ कुराको प्रकाश कसरि आउछ त ?

१. नयाँपन चाहिँ पुराना कुरालाई छोडेर आउछ ।

हाम्रो जीवन जस्तो होस परमेश्वरले हामीलाई क्षमा दिनुहुन्छ र अगाडि बढेको चाहनुहुन्छ । भ.स. १०३:१२ अनुसार, पुर्व र पश्चिम टाढा भएझै मेरो पापलाई उहाँले हटाउनु भएको छ । हामी पुराना कुराहरुमा जीउनु र रुमलिनु चाँहि फोहोर फिल्टरमा हावा बहनु जस्तो हो । यदि नयाँ र ताजा कुरा फिल्टरमा हाले पनि यसबाट फोहोर र दुषित कुरानै बाहिर आउछ किनकी नयाँ कुरा त्यही फोहोर कुरा छिचल्दै आउनुपर्दछ । हामी योनाको कुरालाई  पनि सम्झना सक्छौ उसले विगतका कुरा सम्झेर परमेश्वरले भनेको कुरा गर्न चाहदैन थियो । हामी पनि कति पटक ठिक ठाउँमा हुन्छौ तर हामी आफैमा केन्द्रित भएको कारण परमेश्वरले हाम्रो जीवनमा र हाम्रो जीवनको माध्ययामबाट गर्न चाहनुभएको कुरालाई गुमाउदछौ । हाम्रो बिचारहरु र चाहनाहरुले पनि परमेश्वरले हाम्रो जीवनमा र हाम्रो जीवनबाट गर्न चाहनुभएको कुरालाई गुमाउछौ । परमैश्वरले हामीलाई दिनुभएको सुत्र चाँहि पुराना कुराहरु, पापहरु, दोषहरु लाई त्यागी उहाँले दिनुभएको क्षमा र स्वातन्त्रतामा हामी हिडनु हो ।

 

२. नयाँपन पाउन यसको लागि चाहना राख्नुपर्दछ

मत्ति ५:६ ले भन्दछ, धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरु किनभने तिनीहरु तृप्त हुनेछन् । म तपाईहरुलाई भन्दछु म कोरीयको राम्रो विश्वाविद्यालय छोडेर किन अक्रो इश्वारशास्त्र पढाउने विश्वाविद्यालय गई एम. ए. गरे र फेरी टि.एच.एम. गरे किनकी मलाई परमेश्वरको बचन प्रति चाहना भयो र म नयाँपनले खुशी छु ।

३. नयाँपन आउन तपाईको जीवन परमेश्वरलाई सुम्पनु पर्दछ ।

परमेश्वरले तपाइृको जीवनमा के गर्न चाहनुहुन्छ सो कुरा हुन दिनुहोस । भजनसंग्रह ५१:१० भन्दछ, हे परमेश्वर ममा शुद्द मन सृजना गर्नुहोस र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस । हामीले पुर्णरुपमा उहाँलाई हाम्रो जीवन सुम्पे पछि मात्र परमेश्वरले नयाँपन दिनुहुन्छ । यशैया ४०:३१ ले भन्दछ, परमप्रभुमा पर्खेर हेर्नेहरुको बल फेरी नयाँ हुनेछ । त्यसैले उहाँमा आशा गर्न सिकौ हाम्रो जीवनमा उहाँले के चाहनुहुन्छ सो प्रकाश हामीमा होस र बुझ्न सकौ ।

३. हामी चार तरिकाले नयाँ बर्ष शुरु गर्न सक्छौ ।

१. पवित्र आत्मामा भर परौ जसले हामीलाई शक्ति दिन्छ र सुसज्जित बनाउदछ । हामी आफ्नै शक्तिमा भर परेर योजना र काम गर्छौ र परमेश्वरलाई भुल्छौ र हामी असफल हुन्छौ । वितेको शुक्रबार मेरो निम्ति दिन असल रहेन । मैले धेरै काम गर्नु थियो । म निराश पनि थिए । अनि मलाई कठिन हुदा प्रेरित १:८ को याद आयो जुन चाँहि मलाई नयाँबर्षको संगतीमा परेको बचन थियो । पवित्र आत्मा आएपछि तिमीमा शक्ति आउनेछ । म आफैलाई भने म मेरो बलमा किन भर पर्ने अब उहाँको चाहना अनुसार होस उहाँको आत्माले काम गरोस । रोमी ८:११ मा पनि हामी यहि कुरा पाउदछौ ।

२. विगतका सफलतालाई बलियो बनाऔ र असफलताबाट सिकौ ।

फिलिप्पी ३:१६ ले भन्छ, जे पाएका छौ त्यसमा दरिला भएर बसौ । असफलताहरु सबै मानिस्मा हुन्छन् संसारमा सफल मानिसहरु कयौपटक असफल भएका छन् । हामीले यसलाई कसरी हेर्ने सो सिक्न जरुरी छ । लक्ष ठुलो राख्नुहोस । १०० ताकेपो ८० पनि प्राप्त हुन्छ त हैन ? अझ प्रभुको निम्ति महान काम गर्ने लक्ष लिएर असफल हुनु पनि जाति नै हुन्छ केही नगरी बस्नुभन्दा त ।

३‍‍‍‌ नयाँ लक्ष बनाउनुहोस । किन थाहा छ ? बाइबलले भन्दछ, जहाँ दर्शन प्रकाश छैन त्यहाँ मानिसहरु भाँडिन्छन् तर त्यो मानिस धन्यको हो, जसले व्यावस्था पालन गर्दछ –हितोपदेश २९:१८ । त्यसैले म यहाँहरुलाई नयाँ बर्षको लागि आफ्नो व्यक्तिगत, परिवारिक, आर्थिक लक्षहरु निर्धारण गरेर अगि बढन अनुरोध गर्दछु र अझ बढी चाँहि तपाई र परमेश्वर विचको सम्बन्धको लागि लक्ष तपाई बनाउनुहोस । वास्तवमा योजना त  हामी बनाउछौ तर शक्ति र सफलता दिने त परमेश्वरनै हुनुहुन्छ ।

४ पवित्र आत्माले आउदो दिनहरुमा पनि तपाईमा नयाँ शुरुवात ल्याउन् भनि आशा राख्नुहोस । किनकी जसले तपाईको जीवनमा असल काम गरिरहनुभएको छ येशू प्रभू आउन्जेल सम्म निरन्तर काम गर्नुहुनेछ (फिलिप्पी १:६, आफ्नै अनुवाद)।

हामी सबैलाई परमप्रभुले आशिष दिउन ।

For more sermon in Nepali visit: http://www.dizones.com/sermon/

Views: 119

Tags: new, year

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by Nepali Christian on January 6, 2013 at 7:00am

धन्यबाद दाज्यु :- परमेश्वरको वचन द्वारा हामीलाई नयाँ सुरुवातको ढोकामा ल्याउनु भएको लागि | अझै यसरीनै धेरै धेरै परमेश्वरको वचन हाम्रो बिचमा राख्दै जानुहोला | प्रभुले हजुरलाई प्रसस्त मात्रामा आशिस दिनुभएको होस् |

2013 को सयोगीहरु

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service