यसरी अघि बढ्दैछ —‘मिशन स्कूल अफ थियोलोजी’

धरान/झिस्मिस उज्जालो हुादा स्कूलमा किताव कापी बोकेर पुग्नुपर्छ अनि सुरु हुन्छ मिठा मिठा भजन गाउादै ईश्वरको भक्ति आराधना । शनिबार बाहेक हरेक बिहान धरान–९ पुतलीलाईस्थित मिशन स्कूल अफ थियोलोजीमा यो क्रम भई रहेको छ विगत २०६९ फागुन १५ गतेदेखि । हालसम्म ४८ जना मानिसहरुले त्यसको प्रतक्ष्य अनुभव गर्न पाएका छन् । १६ वर्षदेखि ७२ वर्षसम्मका व्यक्तिहरु त्यस स्कूलमा विद्यार्थीका रुपमा अध्ययन गरीसकेका छन् ।  हरेक ३ महिनामा संसारका हरेक कुराहरुको उत्पत्ति र अन्त्यका विषयमा गहन अध्ययन हुनाका साथै मानव जीवनको रहस्य र उद्देश्यबारेमा अध्ययन गराईने संस्थापक तथा प्रिन्सिपल गिदोन लामिछानेले जानकारी दिनुभएको छ ।

जीवनमा मान्छेहरु जालझेल, षड्यन्त्र, अपराधमा धेरै व्यस्त भईरहेको समयमा धार्मिक, इमान्दार मान्छे बनाउने र हरेक मानिसले आफ्नो जीवनको मूल्य र रहस्य बोध गर्ने शिक्षा सायद कमै मात्रामा नेपालमा दिइने गरिएको छ । नेपाल सकारको शिक्षा नीति बुर्जुवा भयो भनेर आलोचना गर्नेहरुले पनि प्रभावकारी शिक्षा ल्याउन सकेका छैनन् । कतिपय धामिर्क स्कूल, तालिम केन्द्रहरुले आफ्नै अभ्यास, धर्मशास्त्रका शिक्षा मात्रै लादेको पाइए पनि मिशन स्कूल अफ थियोलोजीमा संसारका हरेक थोकहरुमा सत्य ईश्वरीय शिक्षा प्रदान गर्दै आएको छ । स्कूलमा अनपढ, निराक्षरहरुले समेत सुर्वण अवसर पाएका छन् । कुनै पनि शैक्षिक योग्यताको मापदण्ड नराखी खुल्ला रुपमा सञ्चालन गरिएको यस स्कूलमा आफ्नो दैनिक जीविको पार्जनका कारण व्यस्त         रहेकाहरुलाई निकै प्रभुका जनहरु लाभदायी भएका छन् । विहान ६ बजेदेखि ८ बजेसम्म मात्रै अध्ययन गराईने भएको हुादा हरेक इच्छुक इमान्दार व्यक्तिका लागि अत्यन्तै उपयोगी भएको छ ।

स्कूलमा ख्रिष्टियन धर्मशास्त्र बाइबलको रुपरेखाका विषयमा अध्यापन गराइन्छ । जसमा आज संसारका करोडौं मानिसहरुले बाइबललाई सत्य मानि किन त्यसको अनुशरण   गरेका छन् भन्ने विषयमा सत्यतथ्य विवरणहरु प्रस्तुत गरिन्छ, मानव उत्पत्ति देखि मानव तथा यस भौतिक संसारको अन्त्य कसरी हुनेछ भनी भविष्णवाणी गरेका कुराहरु विशेष रुपमा स्कुलमा सिकाइने प्रिन्सिपल लामिछानेको भनाई छ । त्यसैगरी स्वर्ग र नर्कका विषयमा आफुले जुन रहस्य थाह पाइयो त्यो प्रचार गर्न र आफुजस्तै अन्य मानिसहरु पनि यो संसारको लन्ठा र टन्टाबाट कसरी छुटकारा पाई अनन्त उद्दार र मुक्ति पाउनेछन् भन्ने कुरामा विशेष ज्ञानदिई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराको अध्यापन गराइने शिक्षक रामकुमार राईले बताउनु हुन्छ । त्यतिमात्र होइन त्यस स्कूलमा व्यक्तिको क्षमता अभिबृद्धि र नेतृत्व विकास पनि गराइन्छ । शिक्षक नवराज वस्नेतका अनुसार स्कूलमा मानिसहरुका सामू कसरी तयारीपूर्वक बोल्ने र उनीहरुलाई सत्यकुरा बुझाउन सकिन्छ भन्ने कला र सिपसमेत सिकाइन्छ साथै एउटा सिकाउने व्यक्तिले कसरी आफ्नो जीवन जिउनु पर्छ भन्ने व्यवहारीक जिवन पनि प्रयोग गर्न सक्छ । त्यसैले यो एउटा आत्मिक तथा व्यवहारिक जीवन जिउने प्रयोगशाला पनि हो ।

यसका साथै स्कूलमा मानिस को हो ? कसरी बन्यो ? कहाा जान्छ भन्ने कुराको यथार्थ कुरा बुझाउादै  परमेश्वर को हुनुहुन्छ, ख्रिष्ट येसु को हुनुहुन्छ, पवित्र आत्मा, पाप केलालाई भनिन्छ ?, उद्दार भनेको केहो ?, संसारको अन्त कसरी हुन्छ लगायतका विभिन्न पक्षमा सत्य कुरा बुझाई विभिन्न घटनाक्रमको विषयमा पूर्वानुमान गर्न सकिने दार्शनिकहरु समेत उत्पादन हुने कारखाना कै रुपमा स्कूल बृद्धि भएको शिक्षक शामजी जोनले बताउनुहुन्छ । शिक्षक पदम राईले विश्वमा ख्रिष्टिय मण्डलीहरु कसरी विकास भए ?    संसारमा अहिलेसम्म आइपुग्दा ख्रिष्टियनहरु र संसारका मानिसहरुबीच के समानता वा भिन्नता छ भन्ने  कुराको जानकारी समेत दिइने बताउनु भयो । स्कूलमा छोटो समय भए पनि समयको अत्यन्तै उपयोग हुनाले विद्यार्थी तथा शिक्षकहरुले समयको पालना गर्न सजिलो भई जीवनका धेरै पाटोमा सफलता पाउने स्कूलको दाबी छ । स्कूलमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो घर, समाज र मण्डलीमा कसरी बस्ने, कस्तो व्यवहार गर्ने भन्ने कुराहरुको समेत ज्ञान हासिल गरी सभ्य र इमान्दारपूर्वक कार्य गर्नसक्ने शिक्षक कमलप्रसाद गिरीले बताउनु भयो । उहााले त्यसका  अतिरिक्त सभ्य र असल मानवीय संस्कारका विषयमा समेत सिकाइने हुादा दक्ष, इमान्दार जनशक्ति उत्पादन भईरहेको उहााको भनाई छ ।

धरानको मुटु भानुचौकको छेउमा रहेको सो स्कूल महंगो भाडा तिरेर संचालन भएको छ । त्यसो त स्कूल सञ्चालन गर्दा धेरै आर्थिक, भौतिक जटिलताहरु पनि आइपर्छन् । सबैखाले समस्यालाई सामना गर्दै पहिलो र दोस्रो व्याज सम्पन्न गरिसकेको छ भने अहिले तेस्रो व्याज सञ्चालन भइरहेको छ । कुनै पनि संघसस्थाको सहयोग विना प्राय : यस्ता सेवामुखी स्कूलहरु खुलेको विरलै मात्र होलान् । स्कूल स्थापना भएपछि धेरै पेशेवरहरु पनि लालायित भने नभएका होइनन् । उनीहरुले स्कूललाई व्यवसायीमुखी बनाउन हरेक कोणबाट दबाब दिए पनि स्कूलका सञ्चालकले सेवामुखीमा नै जोड दिए पछि त्यसो त कतिपय चिढिएका पनि छन् । त्यस्ता व्यक्तिहरु जसले सोही स्कूलको फोटोकपीका रुपमा अर्को स्कुल घोषणा पनि गरिसकेका छन् । यद्यपी स्कूल सञ्चालन भएपनि धेरै व्यक्तिहरुको प्रगति देखेर आरिस गर्नेहरुको कमी पनि छैन । विद्यार्थीसाग भर्नाशुल्क एक हजार मात्र लिइने गरिएको प्िरन्सिपल गिदोन लामिछानेले बताउनु हुन्छ । त्यसका अतिरिक्त कुनै बहानामा विद्यार्थीसाग शुल्क लिने गरिएको    छैन । बरु त्यस विद्यालयलाई असल हृदय भएका विभिन्न व्यक्तिहरुले महिनाको न्यूनतम् २० रुपैयादेखि अधिकतम् ५ सय रुपैयासम्म स्कूलकै पूर्व विद्यार्थी, अभिभावक तथा स्थानीय शुभचिन्तकहरुबाट प्राप्त हुन थालेको स्कूल प्रशासनले जानकारी दिएको    छ । स्कूलमा आवश्यक भौतिक सामाग्रीहरु फेन, पानी पिउने फिल्टर, चिम, दराज लगायतका सामग्रीहरु पनि उपहारहरु आएका छन् । स्कूल सञ्चालन गर्ने एक व्यक्ति भए पनि त्यसमा सहकार्य गर्ने सयौंको संख्यामा पुगिसकेका छन् ।

यतिमात्र कहाा हो र † यस स्कूलमा पढाउने शिक्षकहरुसमेत खुशीका साथ भोलेन्टीयर्स (स्वयम्सेवक) शिक्षकका रुपमा समय दिइरहनुभएको छ । उहााहरुले आफ्नै रकम खर्च     गरेर स्कूलमा अध्यापन गराइरहनुभएको छ । बेला बखत आफ्ना आफन्तहरुले कसरी पढ्दैछन्, कसरी शिक्षा दिइन्छ र शिक्षा अनुसार उनीहरुको जीवनमा कस्तो प्रभाव परिरहेको छ भन्ने   कुराको मापन गर्न जुनसुकै बेला पनि अभिभावकहरु स्कूलमा आउने र अनुगमन गर्ने सुविधा पनि स्कूलले उपलब्ध गराएको छ । प्रत्येक विषय एक सय पूर्णाङकको हुने र जम्मा ९ वटा विषय रहेका छन् । पुस्तकको अध्ययन गरिसकेपछि परीक्षा हुनेगर्छ । परीक्षामा विद्यार्थीले प्राप्त गरेको अङक तालिकासहित प्रमाण पत्र दीक्षान्त समारोह गरी वितरण गर्ने गरिएको   छ । यसले विद्यार्थीहरुलाई अझ उत्साहित गर्ने गरेको पाइएको छ । शिक्षण सिद्धान्तमा अत्यन्तै प्रभावकारी शिक्षकहरुबाट कक्षा सञ्चालन हुने भएको हुादा त्यस स्कूलमा नियमित कक्षामा उपस्थित हुने कुनै पनि विद्यार्थी फेल नभएको स्कूलले बताएको छ ।

समाजमा असल काम भएको देख्न नचाहनेहरु प्रसस्तै छन् । त्यसमध्ये केही यस्तो नमूना स्कूललाई बन्द गराउन विभिन्न अफवाह फैलाउने, बद्नामी गर्ने, र तहसनहस पार्ने धाउन्नमा दिनरात लागि परेपनि स्कूल सञ्चालनमा कुनै समस्या नभएको प्रिन्सिपलको भनाई छ । जति बिरोध आउाछ गलत मान्छेहरुमात्रै त्यस्ता छन्, सयौंको प्रार्थना र सहभागिता भएको कारण दुईचार जनाले विरोध गर्दैमा फरक नपर्ने उहााले जवाफ दिनुभयो । खराब व्यक्तिहरुलाई समेत सुधार गर्ने स्कूल भएकाले      विरोध गर्नेहरु पनि एकसमय स्कूलमा अध्ययन गर्न आउनु पर्ने उहााको भनाई छ । उहााले असल काम गर्दा बाधा आए पनि आफुहरुले नासनहुने कुरामा लगानी गरेका कारण कुनै फरक नपर्ने बताउनु भयो । विद्यार्थीहरु पढ्न इच्छुक हुन्जेल स्कूलको सञ्चालनमा कुनै कमी नआउने अझ थप व्यवस्थित बन्दै गएको उहााको भनाई छ । सबैको मन नराम्रो मात्रै हुादैन, सकारात्मक सोच्नेहरुका लागि स्थापना भएको हुनाले सकारात्मक सोच भएकाहरुले यस स्कूललाई निरन्तर सरसहयोग गर्नु हुनेछ र यो सबैको स्कुल भएका कारण अझ सफलतामा जाने विश्वास आफुमा रहेको प्रिन्सिपल गिदोन लामिछानेले बताउनु भयो ।

पहिलो व्याजमा अध्ययन गरेकी एरिका दर्नालले मिशन स्कूलमा आफुले अध्ययन गरेर जीन्दगीमा कहिल्यै अनुभव नगरेको र नजानेको कुराहरु समेत सिक्न पाएको बताइन् । उनले आफु स्नातक तह पुरा गरेको विद्यार्थी भए पनि मिशन स्कूलमा आफ्नो विद्यार्थीकालको सबैभन्दा महत्वपूर्ण समय उपयोग गरेको बताइन् उनले स्कुलमा हरेक ख्रिष्टियजनले अध्ययन गर्नैपर्ने आवश्यकता आफुलाई महशुस भएको बताइन् । त्यस्तै दोस्रो समूहमा दीक्षान्तीत पूर्व विद्यार्थी कमला लिम्बुले आफु जीवनबाट धेरै निराश भएपनि स्कूलमा अध्ययन गरीसकेपछि छुट्टै उमङग र उत्साह छाएको बताइन् । त्यस्तै सोही व्याजका राजु   रोक्काले धरानमा यस्तो स्कुल भईदिनु सबैका लागि लाभदायी भएको   बताए । उनले हरेक विश्वासीहरु अध्ययनका लागि स्कुलमा जानुपर्ने बताउाछन् । तेस्रो समूहको दीक्षान्त पौष १९ गते हुनेछ ।

गिदोन लामिछाने - धरान 

Views: 133

Tags: news

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by aruna chhantyal on December 18, 2013 at 11:39pm
god bless u guruba
Comment by अरुणा राई ! on December 18, 2013 at 6:07am
गिदोन लामिछानेज्युलाई पर्मेश्वरले धेरै धेरै आशिष दिएको होस् ! साँच्चै प्रभुको आगमनको यो अन्त तिर हामी छौ यसैले यहाँ भुगोल ईतिहास बिज्ञान अनि गनितको शिक्षा भन्दा जरुरी बाईबलको अध्यान गर्ने बिध्यालयको खाँचो छ ! भुगोल बिज्ञानले जति नै सफलता प्राप्त गरेता पनि त्यो सफलता त एकदिन यो सँसार सँग सँगै अन्त भएर जानेछ ! नाश भएर जानेछ तर पर्मेश्वरको बचनको अध्यानले धेरैको आत्मा बाँच्ने छ अनि आत्मा बाँच्नेहरुकोले अनन्त जिवन पाउनेछ जो कहिले नाश हुने छैन् ! यस समय घरी यस सँसारमा यस्तो बाईबल अध्यान गर्ने स्कुल कलेजको हामीलाई अझै खाँचो छ ! पर्मेश्वरले यसरी नै गिदोनज्यु झै संस्थापक तथा प्रिन्सिपलहरुको सँख्या दुगुनी चौगुनी गरी बडाई दिनु भएको होस् ! आमेन् !

 

2014को सयोगीहरु

2013 मा हामीलाई सयोग गर्ने सयोगीहरुलाई भेट्नुहोस CLICK

►Mangal Singh Budha Magar 

Rs. 5300 UAE

_____________________

यो बर्ष २०१४ को लागी तपाइँ पनि यस साइटलाई सयोग गर्न चाहनुहुन्छ भने तलको इमेलमा !     

►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 अंक ध्वोज परियार 

© 2014   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service