निस्वार्थ प्रेममा पाइने आशिष ।

लुका ६:३८ " देओ र तिमीहरुलाई पनि दिइनेछ। मानिसहरुले प्रशस्त परिमाणमा खाँदी-खाँदी बेसरी हल्लाएर, पोखिने गरि तिमीहरुको पोल्टामा राखिदिनेछन्।किनकी जुन नापले तिमीहरु दिन्छौ, त्यही नापमा तिमीहरुले पनि फिर्ता पाउनेछौ।"

 प्रभु भन्नु हुन्छ देओ र तिमीहरुलाइ दिइनेछ । तर दिने कस्लाइ त? यो कुरा हामीले जान्नु वा बुझ्नु आवसेक छ। देऊ भन्नु भाकोछ भनेर संसारको मानिसहरुलाई जता भावी दिइने होइन।आज कति जना प्रभुका जनहरुले यो बचनको आत्मिक अर्थ नबुजेर जसलाइ पायो उसैलाइ दिन्छ अनि पछि पछुताउछ। त्यो भएर पहिला बचन पढ्दा वा सुन्दा प्रर्थना सहित तयार हुन जरुरिछ।

 मैले यो बचनलाइ मनन् गरि प्रभुलाइ निस्वार्थ सेवा गर्ने अठोट गरे।2008/july/15 मा मैले हस्पिस्मा भोलेन्टर तालिम लिने मौका पाए।तालिम पछि हामिले त्याहा भोलेन्टर वा सहयोग गर्नु पर्ने थियो।हस्पिस् भनेको क्यानसर रोगले पिडित भइ ढाक्टरले समय तोकि दियेको बिमारिहरुलाइ राख्ने ठाउ।यहाँ राखीएको बिमारिहरु मृत्युको पर्खयाइमा बसेको हुन्छ। यो ठाउँ काठमाडौको थानकोट त्रिभुवन पाराक भन्दा अलिक माथि कोरियन मिसिनेरिहरुले खोलेको छ।याँहा काम गर्ने सबै नेपालि नै छ। तालिम दिनलाइ कोरियाबाट प्रभुका जन आऊनु भएको थियो। तालिम पछि हामिले कामले वा दामले सहयोग गर्नु पर्ने थियो।दामले सहयोग गर्नलाइ म अनुचित थिए मेरो आर्थिक अवश्था राम्रो थिएन।तेसैले मैले कामले सहयोग गर्ने जमर्को कसे।त्या हामीलाइ अप्सन थियो कामले नि दामले नि कसरि सहयोग गर्ने भनेर दिनदिनै,हप्तामा, माहिनामा, 15 मा, 6महिनामा वा बर्षमा ।त्येसमा मैले हप्तामा छाने म हर हप्ताको सोमबार जाने निर्णय लिए।

 मैले भने बमोजिम म जाने थाले,जस्तो सुकै काम आइ परे पनि त्यो दिन त्या जान कहिले छुटाइन।अरु कताइ जानु छ भनेनि म मेरो आज त त्या जाने दिन हो भनेर भनिदिन्थे।मैले तेसो भन्दा मानिसहरुले मलाइ पछि कोरिया जान पाऊछ भनेरनि है भन्दै मलाइ छड्के हान्थ्यो तर म सुने पनि नसुने झैं गरि चुपचाप बाटो लाग्थे।म सोच्थे प्रभुले मलाइ आफ्नो अमुल्य रगतले किन्नु भएको छ,अरुबाट अलग्याउनु भएको छ त उहाँको ममाथि केहि न केहि योजना अवस्य होला।कुनै न कुनै उदेश्य उहाँ ममा राख्नु भएको होला र त मलाइ यो ठाउमा एसतो तालिम लिने मौका दिनु भयो।

 मलाइ त्याहाँ मेरो आत्मिक आमा देबि स्रेष्ट दिदीले बोलाउनु भाको थियो।देबि दिदीले नै हामिलाइ प्रभुको राज्यमा डोराउनु भएको थियो।आज पनि उहाँ त्याहिँ काम गर्नु हुन्छ।तर मलाइ भने प्रभुले उहाँको काममा अन्तै खटाउनु भयो।

म त्या भोलेन्टरमा जाँदा जे अराउनु हुन्थ्यो म कुनै गुनासो नगरि चुपचाप गर्थे र सिदिए पछि घर फर्किन्थे।तालिममा हामिलाइ बिसतारामा थलिएको बिमारिको हेर चाह कसरि गर्नु पर्छ र के के कुरामा कसरि ध्यान पुराउन पर्छ भन्ने कुरा सिकाएको थियो।भोलेन्टरमा जादा सरसफाइ गर्ने तरिकाहरु सिक्ने मौका पाए।लुगा धुने मेसिन,मिक्रो ओभन,एसता सामानहरुलाइ नजिकबाट हेर्ने मौका पाए।मैले सोचेको थिइन त्यो मेरो जिवनमा उपयोग गर्ने समय पनि आउन सक्छ भन्ने, किनकि म ठान्दथे मेरो उमेर बितिसक्यो अब जे गर्नुछ छोरिले गर्छ भन्दथे।तर प्रभुको योजना मलाइ के थाहा?

 म होस्पिस् जादै सेवा सँगति जादै दिनहरु बिताउदै थे।छोरि 10 बर्षको भैसकेको थियो पाँच कक्षामा पढ्दै थियो।त्यसतैमा मेरो श्रिमानलाइ मलाइ बिदेश पठाउने इच्छा भयो,किनकि उहाँ आफै जान असमर्थ हुनुहुन्थ्यो।उहाँ मुटुको रोगि हुनुहुन्थ्यो, सबै बिदेसिएको देख्दा उहाँलाइ नि रहर थियो तर अस्वसथको कारणले उहाँ जान सक्नु हुन्थेन त्यसैले मलाइ पठाऊने उहाँको इच्छा भयो। मलाइ भने पटकै बिदेसिन्ने मन थिएन।बिदेशमा नि काम घर भित्रको भने पछि त मलाइ जिउदै खाडलमा पुरे झै ठान्थे।हामि लोग्ने स्वास्निमा यो कुरामा निकै चर्का चर्कि भयो धेरै लामो समय साम्म। उहाँले मलाइ कति बचनहरुबाट सम्झाउनु हुन्थ्यो तर म भने बिदेश जान्न त्यो पनि रिणमा भो भनेर जिद्दि गरि रहे।

 भन्दा नभन्दै हाम्रै मण्डलीको एक जना बहिनि यहाँ इस्राएलमा हुनुहुन्थ्यो उहाँले मेरो श्रीमानलाइ एता पठाउने सल्ला दिनु भएछ। अब त झन उहाँ आफ्नो कुरामा अडिक हुनु भो।मैले नि धेरै प्रार्थना गरे उहालाइ सम्झाउने भरसक कोशीश गरे केहि सिप नलागे पछि प्रभुमा आफूलाइ सुम्पिदिये।प्रभुलाइ भने मैले जति कोसिस गर्दा नि रोक्न सकिन उहाको इच्छालाइ सायेद तपाइको पनि येहि नै चाहाना होला र नै उहामा यो इच्छा उत्पन्न गराउनु भयो।अब उपरान्त तपाइमा नै भर परेर म अगि बड्दैछु साहयता गर्नुस मलाइ एति भनेर म यहाँको लागि कगज पत्र तयार गर्न थाले। भाषा पनि सिक्ने इच्छा गरिन कारण यहाँ भन्दा पहिला अर्को देश जानलाइ मैले भाषा सिकेको थे पछि ठग मात्र निस्यो तेसैले भए हुन्छ नभए सन्चो भन्ने हिसाबले बसे।तेसरी बस्दा बस्दै मेरो भिसा आयो म जानै पर्ने निश्चय भयो।

 मलाइ भित्र -भित्रै पोलि रहेको थियो अर्काको देशमा अर्काको भेशमा कसरि आफुलाइ सम्हाल्ने होला भनेर। मण्डली परिवार आएर मलाइ बिदाइको प्रर्थना गरिदिनु भयो म भने चिन्ताले गलि सकेको थे,तर पनि जानु पर्ने बाध्येता थियो। 2008 मा तालिम लिएको थिए हस्पिस्मा भने 2009 मा बिदेशिनु बाध्य भए। 2009 जनवारि 31 मा म यहाँ आइ पुगे। म यहाँ कसरि आइ पुगे मैले त्यसको अनुभाव नै गर्न सकिन।किनकि म त मेरो श्रीमान र प्रभुको अगुवाइमा कदम बडाइ रहेको थे।

 आएको भोलिपल्ट मलाइ काममा लगियो काम त सब हस्पिस् तालिममा सिकाकै पो गर्नु पर्ने रहेछ। मैले एक जना बूडि आमाको देखरेख गर्नु पर्ने थियो उहाँ हिनडुल गर्न सक्नु हुन्थेन।सधै wheelchair मा र bed मा मात्र बसाउनु पर्ने।खाना आफैले खुवाउनु पर्ने उहाँको सबै काम मैले गर्दिनु पर्ने।हस्पिसमा जसरि बिसताराको बिमारिलाइ हेरचाह गर्ने तरिका सिकाउनु भाको थियो तेसरि नै उहाँलाइ हेरचाह गर्नु पर्ने।म ढराइ रहेको थे, के काम गर्नु पर्ला ?कसरि सिक्ने होला भाषा बुझ्दैन के गरि गर्ने होला भनि तर प्रभु कति माहान हुनुहुन्छ मलाइ पहिलानै तालिम दि पक्का गराउनु भइ यहाँ ढोराउनु भएको रहेछ।यहाँ पनि मैले मृत्युको कुराइमा बस्नेहरुको हेरचाह गर्नु पर्ने रहेछ।

 यसरी मेरो जिवनमा प्रभुको बचनले काम गर्यो "देओ र तिमीहरुलाइ पनि दिइनेछ।"यसैले म सबै प्रभुका जनहरुलाइ यहि सुजाउ दिन चाहानछु प्रभुलाइ दिने काममा कहिले दोधार नहौ। कामले, दामले,बचनले,बेबारले हर प्रकारले सधै अग्रसर रहौ।येदि मैले हस्पिस्मा भोलेनटर गर्न अरुले जस्तै झर्को मानेको भए मलाइ प्रभुले यो अवसर दिनु हुन्थ्यो र? त्यसैले जुन सुकै काम किन नहोस प्रभुले जुटाइ दिनु भएको हो सुल्क -निसुल्क जे भएनि प्रभुको निम्ति निश्वार्थ लागौ प्रभुमा इमानदार भइ पुरा गरौ।।

Views: 365

Tags: article

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by nilam aale on November 30, 2013 at 2:43am

 सह्रदयबाट हजुरहरु सबैलाइ धन्यबात प्रकट गर्दछु अति मिठो प्रतिक्रीया जनाइ दिनु भएकोमा। आउने दिनहरुमा नि मेरो जिवन गवाही तपाइहरु माझ यसरि नै फेरि पस्कने प्रयास गर्दछु प्रभुको अनुग्रह रहेमा। प्रार्थनामा सम्झि दिनु हुन अनुरोध गर्दछु।

Comment by bhumikala_thulung on November 30, 2013 at 12:31am

हालेलुया सचिनै परमेश्वर को प्रेम अनि योजना अनुसार हाम्रो जिबन उहाकै चाहनामा चल्न दिनु पर्दोरहेछा जहाँ उहाको बचन बाट पनि हामीलाई बताउनु भएको छ यसरि 19 तिमीले बुझ्नु पर्छ कि तिम्रो शरीर पवित्र आत्माको मंदिर  हो। पवित्र आत्मा तिमी भित्र छ। परमेश्वरबाट तिमीले त्यो पवित्र आत्मा पाएकाछौ यसकारण तिमी आफ्नो मालिक होइनौ। 20 परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर। हो हामी कति चोटि हाम्रो मालिक उहहैना आफै बनि दिनछौ अनि उहा को योजना मा चल्नु छाडी आफ्नै जिद्दी मा चल्न चाहान्छु तर त्यो योजना हरु चाही जहाँ बिफल मात्र हुन्छौ तर जहाँ पर्भु को योजना सित हाम्रो जिबन सम्पन्न गरि संसार को हाम्रो यात्रा सुरु गर्दाछौ तेह यस्तै आसिश कै आसिश को जिबन बिताई रहेका महासुश गर्ना सक्दाछौ जहाँ  पत्रुसले भने, “मसँग कुनै सुन अथवा चाँदी छैन, तर मसँग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको नाउमा हिंड्। भनेर बचन मात्र बोली परमेश्वर को प्रेम सक्ति आफुले पाएको बरदान बाट धेरै लाई आफु बाट पर्भु को आसिश अनि जिबन को यात्रा कसरि गर्ने अनि कहाँ पुग्ने भन्ने कुरा हरु मा बाटो अथबा आफ्नो जिबन को लक क्ष्  तर्फा डोर्याउनु भएको हामी नयाँ करार मा पाउदाछौ भने यस्तै आसिश आज यहाँ हरेक को बिचमा पर्कट गर्नु भएको छ अनि म पनि धेरै कुरा सम्झना गर्ना सक्दै मैले नि यस्तो आसिश धेरै पर्याप्त गरेको महसूस गर्दै यो तपाई को आसिश बाट अनि आफ्नो योजना  लाई त्यागेर पर्भु को योजना मा सधै रहनु पर्दाछ भन्ने आसिश पाउना सकेको छु तेसैले सर्ब पर्थम परमेश्वर लाई धन्यबाद तपाई लाई तहीद मन देखिने धन्यबाद भन्दै यसरीनै आउने दिन मा पनि पर्भु को योजना मा पर्भु को कम गरि रहनु भएको होस् अनि जहाँ पर्भु को योजना को कम गर्नु हुन्छा तेह तपाई को जिबन को लकक्ष् को यात्रा मा तेतिनै सफलता को साथ पर्भु ले आसिश छारिरहनु हुन्छा भनि म पर्थाना गर्दछु आमेन 1ce again thanku nana reali  blessed us praise the lord...

Comment by Ashish kunwar on November 29, 2013 at 1:16am
प्रभु हाम्रो महान हुनुहुन्छ ।
Comment by Markus theren on November 28, 2013 at 11:19pm

Thanks sis the god will bless you forever abundantly, really our god is alive so we must keep all things on his desire will answer from his haven. Amen.

Comment by krishna bhandari on November 28, 2013 at 2:47am

जयमसिह  वहिनी !!

"हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन। उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्। हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ। यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ। यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ।" रोमी १२:४-८

तपाईमा  सेवाको वरदान छ र उत्साहको वरदान पनि छ त्यसैले अरूलाई सहयोग गर्ने अनि परमेश्वरको अनुग्रहबाट  आएको वरदानहरूलाई उचित स्थानमा बाँडिएको देखन प्रभु रुचाउनु हुन्थियो  त्यसै भएर पनि तपाईलाई प्रभुले उचालेर त्यस स्थानमा पु~याउनु भएको हो |
परमेस्वरको आशिष सदा तपाईमा बनिरहोस | आमेन |
                                                             ''काईलो ''

Comment by nilam aale on November 27, 2013 at 5:51pm

 सबै प्रभु प्रेमीजनहरुलाइ ह्रदयबाटै धन्यबात

Comment by अरुणा राई ! on November 27, 2013 at 3:52am
बहिनी निलम कति आशिषमय गवाही बाँटनु भएछ ! हो आज हामी बिश्वासीहरु सँसारको चारै कुनामा जहाँ जहाँ पनि छौ जस्तो सुकै अवस्थामा छौ त्यहाँ सम्म हामी हाम्रो इच्छा या बाध्यताले आएको भए तापनि यहाँसम्म आई पुग्नमा पर्मेश्वरको योजना भने आवश्यै भएको हुँदो रहेछ जो शुरु शुरुमा हामीले बुझ्न नसके पनि पछि लामो अवधी पुगे पछि यसको आभाष भने हामीलाई हुँदो रहेछ जुन कुराको आभाष आज तपाईको यो बल्गबाट पनि अनुभव गर्न सकियो  ! निस्वार्थ भावनाले गरेको सेवा पर्मेश्वरको नजरमा अति उच्च  हुन्छ जो तपाईले गर्नमा सफल हुन सक्नु भएछ अनि पर्मेश्वरको आशिष योग्य  हुनु भएछ साँच्चै नै खुशी लाग्यो सिस् !  यो बल्गको निम्ती  पर्मेश्वरले धेरै धेरै आशिष दिएको होस् ! 
Comment by swastika subedi on November 27, 2013 at 3:00am

परमप्रभुमाथि विश्वास गर्ने को निम्ति  कानले नसुनेका ,आँखा ले नदेखेका र मन मा नचिताएको कुरा गर्नु हुन्छ सीस ...साचै तपाइको जिबनमा पनि यस्तै गर्नु भएको रहेछ ...प्रभु लाई धन्यवाद साथै तपाइको जिबन मा अजै परम प्रभुको योजना पुरा भएको होस् (आमेन)

Comment by aruna chhantyal on November 26, 2013 at 10:16pm
dherai ramro gawahi dd.ho pravule hami sablai kunai na kunai yojanale banaunuhun6.
Tpiko gawahi bata hospis centreko barema pani janna pauda khusi lagyo kinaki tyaha meri mumyko antim ghadi biteko thiyo.ra ma pani tyo centre prati aavari 6u.
Antama tpiko srimanko swasthyakolagi pani prathna garidne6u.pravule tpilai ajha dherai ashish diun.amen!
Comment by Narendra Baral on November 26, 2013 at 8:57pm

Bahini tapai ko gabahi dherai ramro raicha, Sabai parmeswer ko youjana ho. Tapai ko gabai bata sabailai prena melay ko chha. Aajha aasis milos.

2014को सयोगीहरु

2013 मा हामीलाई सयोग गर्ने सयोगीहरुलाई भेट्नुहोस CLICK

►Mangal Singh Budha Magar 

Rs. 5300 UAE

_____________________

यो बर्ष २०१४ को लागी तपाइँ पनि यस साइटलाई सयोग गर्न चाहनुहुन्छ भने तलको इमेलमा !     

►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 अंक ध्वोज परियार 

© 2014   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service