जस्तो रोप्यो त्यस्तै फल्छ ।

(मलाकी ३: ८–११)
“के कुनै मानिसले परमेश्वरलाई लुट्छ र र? तापनि तिमीहरू मलाई लुट्दछौ।
“तर तिमीहरू सोध्छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र ?’ “दशांशको भेटीमा। सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ– तिमीहरू सम्पूर्ण जातिले। सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ,ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष् तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “म तिमीहरूका अन्नबाली स्वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।

दुई किसानहरु मध्ये एक जनाले (असल) पोटीलो–पोटीलो मकैको दानाको वीऊ छानेर रोप्यो । अर्को किसानले पनि (असल) पोटीलो–पोटीलो मकैको दाना छानेर राख्यो, र रोप्ने त हो भनेर कम असल भएका मकैको वीऊ रोप्यो । दुवै जनाको मकै उम्रे र फले पनि, तर पहिलो किसानले दश पाथी मकै फलायो भने अर्को किसानले थोरै  दुई पाथी मात्र फलायो  कसरी ? (२ कोरिन्थी ९:६) ले भन्छ तर कुरा यही हो कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्तसँग छनेर्ले प्रशस्तसँग कटनी गर्छ । (गलाती ६:७) धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ

दुई प्रश्न तपाँईहरुलाई

१ तपाईहरुले कसरी छर्नु भएको छ ? र कटनी गर्नु भएको छ ?

२ कस्तो आषिश परमेश्वरबाट चाहानु हुन्छ ?


(मलाकी ३:८ र ९) पद अनुसार हाम्रो आफ्नै कारणले खेत–बारी श्रापित भएको छ ।
तपाई र मैले भेटी र दशांशबाट परमेश्वरलाई लुटेको कारण तपाई र मेरो जीवनमा आषिश रोकिएको छ । त्यसको कारण हो लोभ ! र हाम्रो हृदयको कठोरता । दशांश, भेटी दिँदा लोभ, कञ्जुसाई गरेर दिन्छौं । हामी आफ्नो बारीमा कम असल मकै रोप्छौं र असल फलको आशा गर्छौं असल र राम्रो फलहरु छानेर आफै राख्छौं र जब परमेश्वरबाट आशिष पाउदैनौं तब गन–गन गर्छौं । त्यस कारण परमेश्वर भन्नु हुन्छ “तिमीहरूले धेरै आशा गर्यौ, तर हेर, थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ, त्यो मैले फुकेर उड़ाइदिएँ। किन त ?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “किनभने मेरो भवनचाहिँ भग्नावशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्नो घरमा व्यस्त छौ। यसकारण आकाशले शीत पर्न र पृथ्वीले अन्न उब्जन रोकिदिएको छ। (हाग्गै १:९-१०)

एक पटक मेरो आमाले बारीमा रोपेको लसुन सबै उखेल्नु भएछ, मुठा–मुठा पारेर सुकाएर खाख्नु भएको थियो । एक शनिवार मुठा छान्दै गरेको देखे र आमालाई सोधे “किन छान्नु भएको आमा?” आमाले भन्नु भयो “मण्डली लान” जब हिड्ने बेला भयो तब हेरेको त सानो–सानो पोटी छ ! यसो हेर्छु राम्रो–राम्रो त घरमै छ ! अनि आमालाई भने किन यस्तो गर्नु भएको ? अर्को राम्रो मुठा छानेर लानुहोस् यस्तो पनि मण्डलीमा लाने अर्को पटक तपाईको परिश्रममा परमेश्वरले आशिष दिनु हुन्न भने पछि आमाले हाँस्दै राम्रो मुठा छानेर लानु भयो । कति पय अवश्थामा तपाँई र मेरो स्वभाव पनि यस्तै हुन्छ र हाम्रो जीवनमा ठुलो आशिष पाउनबाट हामी वञ्चित हुन्छौ । त्यस कारण आज तपाई र मैले कस्तो दशांश र भेटी परमेश्वरलाई दिँदैछौ त ?

(मलाकी ३:८ र ९) पदले भन्छ लोभ गर्नेहरुलाई परमेश्वरले आशिष दिनु हुन्न ।
विवाह पछि श्रीमतीलाई मेरो मासिक तलब सबै उसैलाई दिन्थे र दशांश पनि तिमी आफैले देऊ है भन्थे । त्यस समय मेरो मासिक तलब तीन हजार रुपैया थियो । त्यसको दशांश तीन सय रुपैया हुन्थ्यो । एक हजार कोठा भाडा, मासिक रासिन पानी पन्ध्र सयले पुग्थ्यो तर जहिले अभाव हुन्थ्यो कहिले बिमारी, कहिले के हुने, कहिले के ! हुदाँ–हुदाँ तलबले महिना कटाउन सारै गाह्रो हुन थाल्यो । मैले श्रीमतीलाई सोधेँ तिमीले दशांश त दिँदैछौ नी ? उनले भनि दिँदैछु । मैले फेरी सोधेँ तीन सय नै दिँदैछौ नी? उनले भनि हो । ए बाबा ! म छक्क परे, महिना मरेको छैन अफिसबाट पेश्की लिएर तलब सकीसक्यो ! अर्को महिना कसरी चल्ने ? मलाई चित्तै बुझेन र एक बेलुका श्रीमतीलाई फकाएर सोधेँ नढाँटी भन भनेर फकाए पछि उसले भनी “मैले त एक सय पचास मात्र दिन्थे” लौ बरवात भयो ! त्यस पछि श्रीमती र म दुवै मिलेर प्रार्थना गर्यौ र क्षमा माग्यौं अनि तीन सय रुपीया नै दशांश दिन थाल्यौं । त्यस्को अर्को महिना मेरो तलब बडेर चार हजार रुपैया भयो । मैले तपाईहरुको बिचमा यो गवाही बाड्ंदा गफ दिए जस्तो लाग्ला, विश्वास नलाग्ला तर यो वास्तावीक हो.... । बचनले भन्छ “तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्याना हुँदैनौ। तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तर प्वाल परेको थैलीमा राख्छौ।” (हाग्गै १:६) आज तपाई र मेरो थैलो कस्तो छ त ?


होस गरौ लोको कारणले डण्ड नओस् ।
(प्रेरित ५:१–११) तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे, र त्यसको मोलबाट तिनकी पत्नीकै जानकारीमा केही हिस्सा आफूसँग राखे, र केही हिस्सा ल्याएर प्रेरितहरूका चरणमा राखिदिए। तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्मासँग झूट बोल्ने र जमिनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो ? त्यो बिक्री नभइञ्जेल के त्यो तिम्रो आफ्नै थिएन ? र त्यो बिक्री भएपछि पनि त्यो तिम्रै अधिकारमा थिएन र ? यस्तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो ? तिमीले मानिसहरूलाई त होइन, तर परमेश्वरलाई नै ढाँटेका छौ।” यो कुरा सुनेर हननिया भूइँमा लड़े र तिनले प्राण त्यागे। यो सुन्नेहरू सबैमाथि ठूलो डर छायो। तब जवानहरूले उठेर तिनलाई लुगाले बेह्रे र बाहिर बोकी लगे, र गाडिदिए। जे भइसकेको थियो सो थाहा नपाई प्रायस् तीन घण्टापछि तिनकी पत्नी पनि भित्र आई। पत्रुसले त्यसलाई सोधे, “मलाई भन, तिमीहरूले जमिन त्यत्तिमै बेचेका हौ ?” अनि त्यसले भनी, “ज्यू, त्यत्तिमै।” तर पत्रुसले त्यसलाई भने, “तिमीहरूले प्रभुका आत्माको परीक्षा गर्न कसरी मिलेर मतो गर्यौ ? हेर, तिम्रा पतिलाई गाड्नेहरू ढोकामै छन् र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्।” अनि तुरुन्तै त्यो उनका पाउनेर लड़ी र प्राण त्याग गरी। जब जवानहरू भित्र आए, त्यसलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे, र त्यसको पतिको नजिकमा गाडिदिए। सारा मण्डलीमाथि र यी कुरा सुन्ने सबैमाथि ठूलो डर छायो।

(मलाकी ३:१०-११) बाट हामीले सीक्न पर्ने कुरा के हो भने आषिश परमेश्वरबाट नै आउँछ ।
सारा संसार परमेश्वरले बनाउनु भएको हो, संसारमा भएको हरेक थोक उहाकै हो भने परमेश्वरलाई के को कमी होला र ? बहुमुल्य वस्तु, धन, दौलत, पैसा जस्ता चीजहरु त मानिसले बनाएका हुन ती कुराको परमेश्वरलाई के लोभ? तर परमेश्वरले चाहानु भएको वस्तु त तपाई र मेरो हृदय हो ! तपाईले कसरी परमेश्वरको निम्ति आफ्नो हृदय खोल्नु भएको छ ? कसरी परमेश्वरलाई दशांश भेटी दिदै हुनु हुन्छ ? त्यहि परमेश्वरले बिचार गर्नु हुन्छ । त्यस कारण परमेश्वरलाई हृदय खोलेर दशांश भेटी दिनु होस् (योएल २:२४) पदले भन्छ “तब खलाहरु अन्नले भरिनेछन्, घैलाहरु नयाँ दाखमद्यल र तेलले भरेर पोखिनेछन् ।”

दशांश कसरी दिने त ?
(२ कोरिन्थी ९:७) अनि हरेक मानिसले आफ्नो मनमा संकल्प गरे बमोजिम दिओस्, ईच्छा नभई होईन, न त करकापमा परेर किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ । आफ्नो औकात अनुसार दिनु पर्छ भनेर

(२ कोरिन्थी ८:३ र ११) ले भन्द छ । किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए। इच्छा गर्नमा तिमीहरूको जुन तत्परता थियो त्यसैमुताबिक आफ्नो औकातअनुसार दिएर यस कामलाई पूरा गर।

 दशांश छुट्याने तीन तरीका !

१ मुठीदानः खाना पकाउनुलाई निकालेको चामलबाट एक मुठी छुट्याउनु होस्

२ अगौटे फलः खेत, बारीमा फलेको जे छ पहिलो फल, सबै भन्दा असल परमेश्वरको निम्ति छुट्याउनु होस्, आफ्नो औकात अनुसार चाहे एक पोटी लसुन नै किन नहोस् सबै भन्दा असल र राम्रो छुट्याउनु होस ।

३ दशांशः आफ्नो ब्यापार, तलब वा अन्य कुनै माध्यबाट आएको पैसाबाट १० प्रतिसत (१०० मा १० रुपैया) दशांश छुट्याउनु होस्

किनकी प्रभु येशूले भन्नु भएको छ

“देओ, र तिमीहरुलाई पनि दिईनेछ । मानिसहरुले प्रशस्त परिमाण्मा खाँदी–खाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरुको पोल्टोमा राखिदिनेछन् । किनकी जुन नापले तिमीहरु दिन्छौ, त्यही नापमा तिमीहरुले पनि फिर्ता पाउनेछौं ।” (लूका ६:३८)

तपाईले कुन नापले दिदै हुनुहुन्छ ? वा कस्तो बिउ रोप्दै हुनुहुन्छ .... ?

Views: 232

Tags: sermon

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by Tenjing Sherpa on February 19, 2013 at 12:33pm

prameshorlai dhanyabad hos............hamro majma simon jule asto bachan dinu bhako chha ki hamile anjanma ghareka lop kanjus bhako hirdayalai khulaunu bhako chha ra ajayee pani uahale astayee leekhharu hamro majma dina sakeko hos............amen

Comment by Simon Rai on January 13, 2013 at 9:49am

ख्रीष्टका प्रीय जनहरु सबैलाई जयमशीह !
मलाई धेरै खुशी लाग्यो ! तपाँईहरुको बिचमा परमेश्वरको जीबित वचनलाई बाड्र्न पाउदा ! किनभने यो सत्य हो । र आषिश परमेश्वरबाटै नै आउछ ! तर तपाँई र मैले परमेश्वरलाई हृदय खोलेर आदर गर्नु पर्छ ! (हितोपदेशक ३:९–१०) ले भन्छ “आफ्नो धन-सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर, तब तेरा ढुकुटीहरू पोखुन्जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्। ” यो सत्य हो कारण मेरो जीवनमा पुरा भएको छ ! तपाँईहरु सबैलाई परमेश्वरले प्रसस्त आषिश दिउन..................!!!

Comment by Padam Pun on January 12, 2013 at 9:14pm
Jai Masih Daju. Dherai ramro vachan...
Prabhu ko aashish tpai r tpai ko privar ma bhaye ko hos
Yeshu ko naw ma Amen!!!
Comment by umesh kumar shrestha on January 12, 2013 at 4:16pm

prameswarle yahalai dherai aasis dinu bhayako hos.  ati utam tarikaale aatmik khuraa baadnu bhayakomaa yahalai dhaynabaad. sathamaa prameswaralai dhanybaad....

Comment by nanda sampang rai on January 12, 2013 at 6:16am

yes bro  yo kura ma ma 100% sahamat chhu kina bhane jaba hami prabhu lai hridaya kholera dinchhau  unhale pani hamilai tesarinai hridayakholera dinu hunchha  jaba hamro hatlai muthi parchhau bhane tesma kasaile thapna sakdaina ra kasaile tyaha bata kehilana pani sakdaina  jaba hamro hat lai khulla garchhau  tesma  kasaile thapna pani sakchha kasaile tyaha bata kehi lana pani sakchha tesaile  hamile hamro hatlai sadhai khulla rakhnu parchha  thanx bro  ekdamai ramro  kura rakhnu bhayeko ma  yo hami sabaile garna aawasekchha  prabhule hamiharu sabai lai aashish dinu bhayeko hos amen

Comment by अरुणा राई राखाली on January 12, 2013 at 2:29am
जसरी पर्मेश्वर पिताले आदम अनि हवालाई अदनको बघैचामा परिक्षा गर्नु भएको थियो जसमा आदम हवा असफल हुन पुग्यो त्यसै गरी यो दशाँश द्वारा पर्मेश्वर हाम्रो हृदयको जाँच गर्नु चाहानु हुन्छ ! उहाँ त सँसारको सृष्टी कर्ता हुन अनि सृष्टीकर्तालाई हामीबाट दशाँशको के खाँचो ? तर पर्मेश्वरलाई हाम्रो दशाँशको अति नै खाँचो छ यसकारण होईन को यो पैसा चर्च या मन्डली या कुनै पर्मेश्वरको राज्यको निम्ती काम आउँछ यो त यस सँसारमा भएको मानिसहरुको बिचार हो !
तर यसकारण हो उहाले हेर्न चाहानु हुन्छ पर्मेश्वरको आशिष थाप्नलाई सँधै फैलिने हाम्रो दुई हात अब पर्मेश्वरलाई दिन पर्दा पनि यसरी नै फैलिने हो या त्यो फैलीएको हातको औँलीहरु मुठी पार्ने हो त्यो हेर्नु हुन्छ !
 
 
दश अँशको बारेमा भन्न पर्दा ! जुन खुशी मलाई दश अँश दिनमा भएको हुन्छ त्यो भन्दा बडी खुशी मलाई अरु कुनै कुरोमा भएको हुँदैन् ! म सित यस घरी चर्च छैन् जहाँ म मेरो दश अँशको भाग दिन सक्छु ! मेरो त कति राम्रो बहाना छ दश अँश नदिने ! तर पनि मैले पर्मेश्वरको दश अँशको भाग आफ्नु तनखा पाउन साथ सब भन्दा पहिला छुटाएर एउटा अल्ग्गै डब्बामा जम्मा गरेर राख्ने गर्छु ! ताकि कुनै दिन पर्मेश्वर कै कामको लागी खर्च गर्न सँकु किनकि म जान्दछु पर्मेश्वरले मेरो चर्च छ या छैन् त्यो हेर्नु हुन्न तर मैले पर्मेश्वरको निम्ती दिन पर्ने दशाँश छुटाउनमा गनथन गर्छु या गर्दिन या कुनै बहाना गर्छु या गर्दिन या चर्च छैन् भनेर पर्मेश्वरको भागलाई पनि म  आफ्नै निम्ती खर्च गर्छु या उनको निम्ती छुटाएर राख्छु त्यो हेर्नु हुन्छ अनि पर्मेश्वरले नै दिनु भएको सबै थोकबाट त्यो सानो अशँ पर्मेश्वरलाई दिनलाई किन दाँत किटाउने होईन र ? 
 
पुरानो नियममा दशाँश दिनै पर्ने थियो नत्र पर्मेश्वरबाट सजा पाईथ्यो ! तर नया नियममा दिनै पर्छ यस्तो कुनै बाध्यता छैन् यदि दिन चहान्छौ भने राजी खुशीसँग देउ तर मन नभैइ नभैइ दिए त्यो दिएको दशाँशको मोल पर्मेश्वरको नजरमा शुन्य बराबर हुन्छ !
Thank you bhai for sharing such important subject .May Lord Jesus Bless You .

2013 को सयोगीहरु

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service