(भजनसंग्रह १२१:५–८)
परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्छ। दिउँसो घामले तिम्रो हानि गर्नेछैन, न त जूनले राती तिम्रो कुनै हानि गर्नेछ। परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ। तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्म।
एक पटक गाँउ जाने क्रममा मध्य दिनको घाम अनि ठाडो उकालो बाटो हिड्न मलाई एकदमै कठिन भयो, चैत अन्तिमको समय खडेरी परेको कारणले शीतल ताप्ने रुख भेटन सकिन । करिब साढे दुई घण्टाको यात्रा पश्चात डाँडामा एउटा चौतारी भेट्टाँए, चारै तिर खुल्ला, झ्याम्म परेको बरको रुख, सुनकोशीबाट आएको सुस्त एकैनासको चिसो हावा अनि हावासंगै सुसेलेका ती बरको पात, सारै आनन्द लाग्यो । यस्तो लाग्यो मैले जीवनमा सबै भन्दा खुशी र शान्ती पाँए । पसिनाले भिजेको शरीर थकित भएको कारण झम–झमाई रहेको थियो तर त्यो चौतारीमा केहि समयको बिश्रामले र त्याहाँको वातावरणले सबै कुरा बिर्सेछु । त्यस चौतारीमा धेरै व्यक्तिहरु बिश्राम गरि रहेका थिए । सबै जना मौन थियो सायद त्यहि कारण होला मध्य दिनको घाम अनि त्यो ठाडो उकालोबाटो र थकित शरीर, जसलाई त्यो चौतारीको शीतल छहारी र चिसो सुसेली रहेको हावाले सारा दुःख कष्टलाई बिर्साई रहेको थियो ।
त्यस्तै हाम्रो आत्मीक चौतारीमा पनि धेरै प्रकारका व्यक्तिहरुले विश्राम पाउन सक्छ । त्यसको कारण हो परमेश्वर तपाँई र मेरो रक्षक हुनुहुन्छ हाम्रो निम्ती छहारी हुनुहुन्छ । जसरी एउटा कुखुराको माउँले आफ्नो चिङनालाई पखेटामुनी लुकाउँछ त्यसरी नै परमेश्वरले हाम्रो रक्षा गर्नु हुन्छ । त्यसैले (भजनसंग्रह १२१:६) पदले भन्छ दिउँसो भामले तिम्रो हानी गर्नेछैन, नत जूनले राती तिम्रो कुनै हानी गर्नेछ ।
यो संसारमा जीऊनु छ, उकाली–ओरालीको जीवनमा संहर्षरुपी पाईला चाल्नुछ, कहीले दुःख कष्टको घाम छाँया ! त कहिले हाँसो खुशीको झीनो आसामा आई पर्ने असंख्य समस्याहरु संग सामना गर्न सकिदैन ! जसले गर्दा संसारीक रुपमा थकित त हुन्छौं नै त्यसको साथ–साथै आत्मिक रुपमा पनि थकित हुन्छौं । कहिले काँही कसलाई पोखाउ, कसलाई सुनाऊँ, काहाँ बिसाऊ यो दुःखको बारी भनेझै हुन्छ । आफ्नो मित्र, नजिकको मान्छेलाई भन्यो भने उत्तर एउटै आऊछ “यस्तै हो नमरेसम्म...” त्यसो हो भने के मर्न जाने त ? कत्ति व्यक्तिहरु आत्मा हत्या गर्न पनि पछि पर्दैन ! तर के त्यो समस्याको समाधान हो त ? शरीरमा सुख पाउँला, शान्ति पाउँला तर के आत्मामा उसले शान्ती पाउँला ? त्यसको निश्चयता गर्न सक्छ ? टेलिभिजनमा एउटा विज्ञापनमा भने झैं “लेखेर दिन सक्छ” ? तर तपाँई र मलाई दुई हात फैलाएर डाक्नु हुने परमेश्रको पक्कापकी छ । त्यसैले दाउद राजाले भनेकाछन् “मेरो प्राणले परमेश्वरमा मात्र विश्राम पाउँदछ, उहाँबाट नै मेरो उद्धार आउँदछ ।” (भजनसंग्रह ६२:१) त्यसै कारण पत्रुसले भनेका छन् तिमीहरुका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरुको वास्ता गर्नुहुन्छ ।” (१ पत्रुस ५:७)
जब दुःख र कष्ट हाम्रो जीवनमा आउछ तब हामी दबेका र लडेका जस्तै हुन्र्छौ अनि रुन्छौं, कराउँछौं तर यो सत्य हो जती नै रोई–कराई गरे ता पनि तपाँई र मैले भोग्ने दुःख र कष्टलाई हाम्रो जीवनबाट हटाउन सक्दैनौं ! तर परमेश्वरमा सारा फिक्री, चिन्ता राखी दिन सक्छौं त्यस कारण भजन लेखकले भनेका छन् “तिम्रा चिन्ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मीलाई कहिल्यै डग्न दिनुहुनेछैन ।” तपाई र मेरो दुःख बोक्न परमेश्वर सधै तयार हुनुहुन्छ त्यस कारण प्रभु येशूले भन्नु भएको छ “हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरुलाई बिश्राम दिनेछु ।” (मत्ती ११:२८)
यस संसारको चौतारीमा हाम्रो थकीत शरीरलाई केहिक्षणको निम्ति विश्राम गर्दा कत्ति धेरै आनन्दको अनुभव गर्छौ भने जब परमेश्वरले तपाँई र मेरो दुःख कष्ट, फिक्री, चिन्ता सबै आफुमाथी लिएर हामीलाई अंगालो हाल्दा कति आनन्द हुँदो हो ! सायद त्यहि अनुभव दाउद राजाले हामीलाई भन्न खोजेको होलान “मेरो प्राण तपाँईमा लुटुपुटु भएको छ, तपाँईको दाहिने बाहुलीले मलाई सम्हाल्दछ ।” (भजनसंग्रह ६३:८) त्यस्को कारण हो परमेश्वर विनम्र र कोमल हृदयको हुनुहुन्छ (मत्ती ११:२९) जब एउटा सानो बालकलाई आमाको काँखमा दुई हात–खुट्टा हल्लाउँदै खेलेको देख्छु तब म (भजनसंग्रह ६३:८) पदलाई स्मरण गर्छु किनकि परमेश्वर कति महान हुनुहुन्छ ! तपाई र मलाई काँखमा राखेर खेलाउन चाँहानु हुन्छ, तपाई र मेरो रक्षक हुनुहुन्छ, हामीलाई आत्मीक छहारी दिन उहाँ सधै तयार हुनुहुन्छ । बाईबलले भन्छ “ साँच्चै नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ नता उँघ्नुहुन्छ न सुत्नुहुन्छ ।” (भजनसंग्रह १२१:४)
हाम्रो आत्मिक चौतारीमा दुःख कष्टको मात्र कहाँ होर ! हरेक कुराको सुरक्षा परमेश्वरले गर्नु हुन्छ । "परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ। तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्म।" (भजनसंग्रह १२१:७–८) यो कुरा सत्य हो जब हामी परमेश्वरको नजीक जान्छौं उहाँलाई पुकारर्छौ तब हाम्रो जिवनमा आई पर्ने हरेक बिपत्तीबाट परमेश्वरले बचाउँनु हुन्छ ।
एक पटक जब म दश वर्षको थिएँ त्यस समय मेरो सारा शरीर सुन्नीएको कारण, जान्ने बुझ्ने लगाएत सबैले माया मारी सकेको थियो तर करीब तीन महिना पछि मैले चङ्गाई पाए । दोस्रो पटक म वाह् वर्षको हुदाँ एउटा गहिरो दहमा पौडी खेल्दा साथीले ढकेलेर गहिरो ठाउँमा पुराई दियो जब म ढुब्नलागे तब कसैले आफ्नो हातले मेरो ढार्डडमा राखे जस्तो महसुस मैले गरे र म अत्तालीएर हेर्दा म पानी बाहिर थिए । साथीहरुले हो की भनेर हेर्दा सबै निक्कै पर आफ्नै सुरमा खेली रहेको थियो । त्यस पछि त्यो दहमा पौडी खेल्न म कहीलै गईन ।
तेस्रो पटक मेरो मुटुको अप्रेशन गर्दा आर्थिक, भौतिक सबै कुराको कमी थियो । अर्को कुरा अप्रेशन सफल हुन्छ भन्ने पक्कापकी थिएन तर पनि परमेश्वरको अनुग्रह, मण्डली अनि साथी–भाईको सहयोगमा मेरो दुई वटा मुटुको भल्व फेर्न सफल भयो । त्यस कारण भजनसंग्रहले भन्छ “यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायौ भने परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।” (भजनसंग्रह ९१:९–१०)
हाम्रो आत्मीक चौतारीमा सबैले विश्राम पाउँछ, सबैले रक्षा र छहारीको शीतलता पाउँछ जो कोहिले पनि त्यसको आनन्द लिन पाउँछ । फरक यति मात्र हो तपाँई र मैले ख्रीष्ट येशूलाई विश्वास गर्नु पर्छ ।
पावलले भनेका छन् “कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६–७)
परमेश्वरले हामी सबैलाई आशिष दिऊन
Comment
Comment by krish moktan on March 17, 2013 at 12:57pm
Comment by रसिक बस्याल क्रिस on March 12, 2013 at 2:21pm Dhanyabad Daju Hajurle share garnu bhayeko yo bachan ko lagi, ma parikshya ra satawotma parera dherai dhubairaheko bela, shantiko khojima thiye, really I'm blessed by it.
Comment by Anjan Sethi on March 10, 2013 at 4:03pm धन्याबाद दाजु लाई अतिनै आत्मिकी बचन सेयर गर्नु भयो |पढेर म अतिनै खुशी भै साथै आशिषित भै |प्रभुले दाजुलाई यसरी नै लेख्न को लागि ज्ञान बुद्दी प्रसस्त मात्रामा दिनुभएको होस् |
Comment by Padam Pun on March 9, 2013 at 10:19pm 
Comment by Shrawan Bomjan on March 8, 2013 at 5:30pm सारै राम्रो अनि आशिस भयो यो वचन पढेर | धेर-धेर- धन्यवाद |
नेपाली ख्रीष्टियन साईटमा तपाईंलाई स्वागत छ । Welcome to
Nepali Christians Site
►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)
►सिमोन राइ 5,000Rs.(काठमाण्डु)
►इजकिएल राइ - 4500 Rs.(साउदी)
► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)
------------------------------
2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस mail@nepalichristians.com nepali_christian@yahoo.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote
Started by salomi pradhan in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian May 12. 1 Reply 0 Likes
Started by Udit Thapa Magar in प्रार्थना को माग - Prayer Request. Last reply by salomi pradhan May 12. 3 Replies 0 Likes
Started by Eali khadka in प्रार्थना को माग - Prayer Request. Last reply by अरुणा राई राखाली yesterday. 4 Replies 0 Likes
Started by Durga Jung Kunwar ( Gabrial) in सूचनाहरु - Notice. Last reply by Shrawan Bomjan May 5. 1 Reply 2 Likes
Started by Jit Lama in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian Apr 15. 1 Reply 2 Likes
© 2013 Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।
संपर्क | उजुरी | हाम्रो बारेमा | Badges | Report an Issue | Terms of Service

You need to be a member of Nepali Christians Site to add comments!
Join Nepali Christians Site