आत्मिक परिवर्तन हुन पर्छ ।

रोमी १२:१–२ यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ–आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।

आत्मिक परिवर्तन भनेको एउटा पुतली जस्तै हो । हाम्रै घर आगन वरिपरि देख्न पाईन्छ कतै ताढा जान पर्दैन । एउटा अण्डाबाट  झुस्ले किरा बन्दछ र त्यो झुस्ले किराबाट परिवर्तन भएर एउटा सुन्दर पुतली बन्दछ । त्यस्तै परकारले यो हाम्रो संसार रुपी जीवनलाई पनि ख्रीष्टमा सम गरेर आत्मिक रुपमा परिवर्तन हुन पर्छ, पवित्र आत्माको फल, बरदानहरुले सुसजीत भएर, सजिएर हाम्रो जिवन नयाँ बनाउन पर्छ । ताकी विश्वास नगर्नेहरुले तपाई र मेरो जिवन देखेर परमेश्वरको महिमा गर्न सकुन् ।

आत्मिक परिवर्तन हुन के गर्नु पर्छ त ? भन्ने प्रस्न मनमा आउला त्यो स्वभावीकै हो ।


रोमी १२:२ ले भन्छ

आत्मिक परिवर्तन हुन यस संसारको ढाँचामा चलनु हुदैन ।
संसारीक ढाँचा कस्तो हो त ? रोमी १: २८–३१ यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेका हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो। तिनीहरू सबै किसिमका बदमाशी, दुष्टता, लोभ, इबीले भरिएका छन्। तिनीहरू डाह, हत्या, झैँझगड़ा, छल, बदख्वाइँले भरिएका हुन्छन्, र तिनीहरू कुरौटे, र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्ट कुरा रचिहिँड्ने, आमा(बुबाको आज्ञापालन नगर्ने, मूर्ख, विश्वासघाती, निर्दयी र क्रूर हुन्छन्। गलाती ५:१९–२१ मा पाउछौ । पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्– व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह, पियक्कड़पन, अशलील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ।जस–जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।

हामी पवित्र जातिहरु, ख्रीष्टको अमुल्य रगतले किनीएका मानिसहरु, परमेश्वरको छोरा–छोरीहरु, राज कुमार राज कुमारीहरु तर हाम्रो स्वभाव कस्तो ? त्यहि हो त हाम्रो परिवर्तन ? परमेश्वरले अनुग्रह गर्नु भएको त्यसैको लागि हो त? हामी राज घरनाको मानिस तर हाम्रो चालचलन, स्वभाव चाही...... त्यस कारण पालले भनेका छन् २ कोरिन्थी ६:१४,१५ मा “अविश्वासीहरुसँग एउटै जुवामा ननारिओ । किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता? ख्रीष्टको बेलिआलसँग (शैतानसँग) के सरोकार? वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता? जुन कुराले तपाई र मलाई पापमा डोर्याउछ, अन्धकारमा लैजान्छ त्यस्ता कुराको निम्ति पावलले यसो भनेका छन् कलस्सी २:२१ नसमात, नचाख, नछोओ त्यस कारण कलस्सी ३: २ ले भन्छ माथिका कुरामा मन लगाओ । पृथ्वीमा भएका कुरामा होईन ।

जुन कुराहरुले हामीलाई परमेश्वर देखि टाँडा लैजान्छ । हाम्रो स्थान स्वर्गको भएको कारण हाम्रो तन मनले माथीका कुराहरुमा हामीले ध्यान लगाउन पर्छ । भजनसंग्रह १: १-२ ले भन्छ धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ।

आत्मिक परिवर्तन हुन हाम्रो हृदयमा परिवर्तन हुन पर्छ ।
एफिसी ४:२२–२४ छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग र आफ्नो भित्री वर्तावमा नयाँ होओ, र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर।

परमेश्वरले हामीलाई दुध दिन चाहानु हुन्छ तर तपाई र मैले दुध थाप्ने कस्तो भाडो कस्तो लिएका छौ त? चुक राखेको भाडो ! अनि कसरी चुकको भाडोमा पवित्र दुध रहन सक्छ ? त्यसकारण हाम्रो चुक जस्तै भएको हृदयलाई पहिले सफा गर्नु गर्नु पर्छ अनि मात्र पवित्र दुधलाई असल तरिकाले राख्न सक्छौ । हाम्रो भित्री हृदय परिवर्तन हुन पर्छ, तपाई र मेरो ख्रीष्टलाई विश्वास गर्न भन्दाको पहिलेको चालचलनलाई त्यागेर नयाँ हुन पर्छ अनि मात्र हाम्रो आत्मिक परिवर्तन हुनसक्छ । कलस्सी ३:९–१० एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलनसमेत तिमीहरूले त्यागेका छौ, र नयाँ स्वभाव धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ जब हामीले प्रभु येशूलाई मुक्तिदाता भनेर ग्रहन गर्यो र बप्तिस्मा लियौं हाम्रो पुरानो स्वभावहरु सबै ख्रीष्टको रगतले धोईएको छ, हाम्रा पाप स्वभावका कुराहरु सबै हटाईएको छ

“मैले तेरा अपराधहरू बादलझैँ र तेरा पापहरू बिहानको कुइरोझैँ हटाइदिएँ। फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु।” यशैया ४४:२२

२ कोरिन्थी ५:१७ यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

रोमी १२:१–२ ले के पनि सिकाउछ भने
आत्मिक परिवर्तन हुन परमेश्वरलाई मन पर्ने भेटी बन्न पर्छ ।

तपाई र म कसरी परमेश्वरको भेटी बन्न सक्छौ त ? निस्चय नै परमेश्वरको मन पर्ने भेटी बन्न हामी उहाँको आज्ञा कारी छोरा–छोरी बन्न पर्छ । मेरो छोराले कहिले काँही मैले नभनेको, नअराएको काम आफै बुझेर गर्छ, अनि कहिले काँही घर परिवार भन्दा बाहीरको मानिस आएर र तपाई छोरा त कति ज्ञानी रहेछ भन्दा मेरो छोरा प्रति गर्व लाग्छ, मेरो छाति गर्वले फुलेर आउछ । हामी पनि परमेश्वरको आज्ञामा र उहाँको व्यस्ता निएम अनुसार चल्छौ भने परमेश्वर कति खुशी बन्नु हुन्छ होला? त्यस्तै प्रभु येशूले भन्नु भएको छ मर्कूस १२:३०–३१ तैंले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्।’ दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।’ योभन्दा ठूलो आज्ञा अर्को छैन।” लेवी १९:१८ “ ‘आफ्ना आफन्तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ। पावलले तपाई रमलाई भनेका छन् २ कोरिन्थी २:१५ किनकि उद्धार पाइरहेकाहरू र नष्ट भइराखेकाहरूका माझमा पनि हामी परमेश्वरको निम्ति ख्रीष्टको सुबास्ना हौं, मत्ती ५:१६ यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।

१ पत्रुस २:१२ अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।

अन्तमा के भन्न चाहान्छु भने तपाई र म यदि ख्रीष्टको सन्तान भनेर चिनाउन चाहान्छौ भने र भन्छौ भने हामीमा पुर्ण रुपमा परिवर्तन हुन पर्छ र नयाँ भई जीउन पर्छ अनि मात्र हाम्रो आत्मिक परिवर्तन हुन सक्छ । किनकी प्रभु येशूले भन्नु भएको छ । “साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ। मत्ती १८:३

Views: 154

Tags: sermon

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by Padam Pun on January 7, 2013 at 8:08am
Jai Masih Daju. Prabhu ko Bachan derai ramro lagyo..Dhanyabad.
Comment by अरुणा राई राखाली on January 7, 2013 at 5:18am

जय मसिह भाई ! 

आत्मिक परिवर्तनको बारेमा राम्रो कुरा अनि बचन बाँड्नु भएछ !

हो भाई ख्रीष्टमा नयाँ भैइ जन्म लिए पछि पनि हामी पुरानै जिवन पुरानै आनी बानी ! पुरानै ब्यवहार अनि पुरानै बाटोमा हिडी रहेको छौ ! जस बारेमा प्रेरित पावलले अति नै राम्रो अर्ती सुझाव दिएर उहाँ पछि आउने ख्रीष्टीयानहरुको निम्ती धेरै पत्रहरु लेखेर छोडी राखेको छन् ! जसले गर्दा हामीलाई आत्मामा दरिलो बन्नमा ज्यादै सहयोग मिलेको छ !

त्यस समयका ख्रीष्टीयानहरु सँसारीक मौज मस्ती खानपीन अनि पापी स्वभावलाई त्याग्न नसकेको देखेर ! पर्मेश्वर प्रति दिन दिनै तिनीहरुको मन टाडीएको देखेर उनको मन धेरै बिचलित थियो भनी हामीले उनको पत्रहरु पडदा आभाष गर्न सक्छौ यसैले सिपाहीको मारपिटले दिएको कष्ट सहँदै भए पनि उहाँले जेलखानामा बसेर भावी ख्रीष्टीयानहरुको निम्ती चिन्तीत भैइ यति धेरै पत्रहरु लेखे !

प्रेरित पावलको ख्रीष्टीय जिवनलाई मनन् गर्दा मलाई साँच्चै नै ठुलो आत्मा बिश्वास मिलेको हुन्छ ! हामी ख्रीष्टमा नयाँ भैइ जन्मेको हरेक ख्रीष्टीयानको एउटै लक्ष्य हुन पर्छ कि हामी येशु जस्तै बन्न सकौ ! तर यदि येशु जस्तो बन्न सक्दैनौ भन्छौ भने कम से कम पावल जस्तै प्रभुको असल ईमानदार अनि आज्ञाकारी दास त बन्न सक्छौ ! कम से कम हरेक ख्रीष्टीयानको हृदय भित्र यो आत्मा बिश्वास त हुनै पर्छ भन्ने मेरो बिचार छ ! 

2013 को सयोगीहरु

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस mail@nepalichristians.com  nepali_christian@yahoo.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service