येशूले एड्स पनि निको पार्न सक्नुहुन्छ - एउटा मुस्लिम धर्मगुरुको जीवनकथा

इथियोपिया भन्ने देशमा एउटि महिलाले ईश्वरसँग यस्तो बाचा गरिन कि यदी ईश्वरले उनलाई एउटा सन्तान दिए भने उनले त्यसलाई एउटा धार्मिक मान्छे बनाएर सधैंभरी उहाँको सेवामा लगाउनेछिन, आजसम्म एउटै पनि सन्तान नजन्माएकी महिलाले यस्तो बाचा गरेको केही हप्तापछी उनी गर्ववती भइन र एउटा छोरा जन्माइन ।

उनी निकै खुशी भइन र छोराको नाम मोहम्मद आमिन राखिन। उनिहरु ईस्लाम धर्मका मान्छे भएकाले उक्त बच्चालाई पनि ईस्लामिक रितिबिधी अनुसार नै हुर्काउने काम गरियो । इथियोपियाकै जुमा भन्ने ठाउँमा उनको बाल्यकाल बाख्रा र गाई हेर्दै बित्यो। उनकी आमाले ईश्वरसँग गरेको बाचा भुलेकी थीइनन उनको मनमा छोरालाई इमाम (कुरानबाट सिकाउने,पढाउने मान्छे) बनाउने ठुलो इच्छा थियो। किसोरवस्था मा नै मोहम्मदले साउदी अरेबियामा गएर अरबिक भाषा र कुरानबाट पढ्ने अवसर पाए, जसको बापत उनले पैसा तिर्नु पर्दैनथियो। झन्डै ९ बर्षको लामो र कठिन अध्ययनपछी उनी एउटा पोख्त इमाम बनेर आफ्नो देश फर्किए ।

त्यसपछी उनले जुमा(उनी जन्मेको ठाउँ) मानै रहेको एउटा ठुलो मस्जिदमा पढाउन लागे । केही समय पढाईसकेपछी उनी अध्ययनकै लागि भनेर सुडानतर्फ लागे। सुडानमा रहँदा उनको स्वास्थ्यस्थिती निकै नै खराब भयो , उनी त्यहाँ बस्न नसक्ने भए । अनी अध्ययन पुरा नगरेर नै उनी इथियोपिया फर्के। उनलाई इथियोपियाकै एउटा ठुलो हस्पिटलमा राखियो। अचम्म !!! चेकजाँच गरिसकेपछी यो पत्ता लाग्यो कि उनलाई त एड्स लागेको रहेछ। एउटा ठुलो मस्जिदको इमामलाई एड्स लागेको कुरा निकै नै लाजमर्दो कुरा भयो । तर उनले मान्छेहरुको अगाडि यो स्विकार गरे की उनी धार्मिक अगुवा हुँदाहुदैं पनि खराब कामहरु पनि गर्थे त्यसकारण उनी त्यो अवस्थामा पुगेका थिए ।
उनको बारेमा धेरै मिडियाहरुले समाचारहरु बनाए, उनलाई सहानुभुती दिनेहरुभन्दा आलोचना गर्नेहरु बढी थिए । उनी यती दुब्लाएका थिए कि उनी अस्थिपन्जर जस्ता देखिन्थे। डाक्टरले अब उनी केही दिनभन्दा बढी बाँच्न नसक्ने बताएका कारण उनका परिवारका सदस्यहरुले उनको अन्तिम संस्कारको चाँजोपांजो पनि मिलाएका थिए।
हस्पिटलको कोठामा सुतिराखेकै बेलामा एकरात त्यहाँ एउटा अचम्म भयो, त्यो अवस्थाको बारेमा उनी यसरी भन्छन,


****************************************************************************

" कोठामा हल्का उज्यालो थियो, त्यत्तिकैमा कोठानै बलेको जस्तो भयो, डाक्टरको जस्तो कपडा लगाएर येशू त्यो कोठामा प्रकट हुनुभयो, अनी नरम स्वरमा यसो भन्नुभयो,"मोहम्मद, उठ ।" मैले मनमनै सोचें कि म यस्तो गलीसकेको अवस्थाको मान्छे कसरी उठ्ने होला ? उहाँको आँखामा म प्रति अगाध प्रेम झल्किन्थ्यो । म एउटा मुस्लिम भएको हुनाले यि सबै कुराहरु मलाई असजिलो लागिराखेको थियो । उहाँले फेरी भन्नुभयो," मोहम्मद, उठ " त्यसपछी उहाँ मेरो नजिकै आउनुभयो अनि मेरो मर्न लागेको शरीरलाई छुनुभयो। उहाँले मेरो हात समात्नुभयो अनि मलाई उठाउनुभयो। त्यसपछी उहाँ कहाँ जानुभयो मलाई थाहा भएन तर म पूर्ण रूपले स्वस्थ भएको अनुभव गर्न थालेँ । मेरो हृदय यति धेरै आनन्दले भरियो कि यस्तो आनन्द त मैले आजसम्म कहिल्यै अनुभव पनि गरेको थिइन ।
चार महिना र पच्चिस दिनसम्म हस्पिटलको बेडमा सुतेको म आफ्नै बलमा उठेर हिंड्न सक्ने भएँ। पहिले म येशूलाई एउटा अगमबक्ताको रूपमा मात्र लिन्थेँ, तर यतिबेला मलाई आत्मग्लानी भयो, र मेरो मनले उहाँ त साँचो परमेश्वोरको पुत्र हुनुहुन्छ भनेर स्विकार गर्न वाध्य भयो। मलाई देखेर धेरैजना मान्छेहरु आश्चर्यचकित भए, मैले मेरो सारा जीवन येशूलाई दिने निर्णय गरेँ। हस्पिटलका डाक्टरहरुले फेरी मेरो स्वास्थ्य जाँच गर्नुभयो, तर मेरो रगतमा एड्सको किटाँणु त के सामान्य लक्षण पनि फेला परेन, यसपछी धेरै मुस्लिम डाक्टर तथा नर्सहरुले पनि उहाँलाई ग्रहण अनि विश्वाश गर्नुभयो ।"

***************************************************************************

यसरी एउटा प्रख्यात मुस्लिम धर्मगुरु इसाइ बन्न पुगे, उनको गवाही सुनेर दशौ लाख अफ्रिकीहरु प्रभुमा आएका छन। उनी गर्बका साथ भन्छन कि प्रभु येशूले उनको एड्स रोग निको पार्नुभयो। उनी अफ्रिका महादेशका ठुला र चर्चित प्रचारकहरु मध्येमा पर्छन अहिले। अहिले उनले "Light of life Ministries International" सुरु गरेका छन। जसमार्फत लाखौंलाख अफ्रिकी मुस्लिम तथा अन्य धर्मका मान्छेहरुले प्रभुलाई ग्रहन गर्ने उत्साह पाएका छन। उनको बारेमा अरु बढी बुझ्न चाहनुहुन्छ भने यो वेबसाईट खोलेर हेर्नुहोला ।
http://www.lolmi.com/

मोहम्मद आमिनको बारेमा इन्टरनेटमा धेरै जानकारीहरु पाउन सकिन्छ । www.youtube.com मा गएर उनको भिडियो गवाही पनि हेर्न सकिन्छ।
एउटा अध्ययनले बताए अनुसार प्रत्येक बर्ष अफ्रिका महादेशमा मात्रै ६० लाख भन्दा बढी मुस्लिमहरुले इसाइमत ग्रहण गर्छन्, यसको मतलब उनिहरुले यो कुरा स्विकार गर्छन् कि येशू चाँहीं एउटा अगमबक्ता मात्रै हुनुहुन्न तर एकमात्र साँचो परमेश्वोरको पुत्र हुनुहुन्छ।

यतिबेला धर्मशास्त्रको एउटा खन्ड मलाई याद आयो,

त्यसैकारण परमेश्वोरले उहाँलाई अती उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँ भन्दा ऊच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनी भएका हरेक प्राणिले येशूको नाउँमा घुँडा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वोर पिताको महिमाको निम्ती येशू ख्रीश्ट लाई प्रभु भनी स्विकार गर्नुपर्छ। फिलिप्पी २:९,१०,११

त्यसकारण मित्रहरु हामी प्रभुलाई धन्यवाद भनौं किनकी उहाँले सत्य के त्यो हामिलाई देखाइसक्नु भएको छ । आजसम्म प्रभुमा विश्वाश नगर्नुभएका मित्रहरुलाई पनि यो चुनौती छ - तपाईं पनि उहाँमा विश्वाश गरेर तपाईंले आजसम्म कहिल्यै चाख्न नपाउनुभएको जीवनको स्वाद चाख्नुहोस

Views: 718

Tags: Healing, Jesus

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by bijay sunar on January 30, 2013 at 10:47pm

amen.

Comment by Shrawan Bomjan on January 9, 2013 at 7:46am

परमेश्वरमा साचो हृदयले बिश्वास गर्न सक्यो भने कुनै पनि कुरा असम्भब छैन | प्रभुले भन्नु भयो तिमीहरुमा रायोको दाना जति पनि बिश्वास छैन -----हु --हु - विश्वासलाई बढाई दिनुहुने प्रभुहुनुहुन्छ हाम्रो दैनिक प्रार्थनामा " प्रभु तपाइँ प्रति मेरो बिश्वास बलियो हुन सहयता गर्नुहोस भन्ने शब्दलाई कहिले भुल्नु हुदैन | धेरैले प्रभुको आफ्नो रोग बन्धनबाट स्वोतन्त्र दिनुभई सक्यो | यस जीवन गबहिको लागि : जगदीश दज्युलाई धन्यबाद | 

2013 को सयोगीहरु

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस mail@nepalichristians.com  nepali_christian@yahoo.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service