१४ / फेब्रअरीलाइ म कहिले भुल्न सक्दिन | किनकि १४ / फेब्रअरी २००४ शनिबारको दिन बेलका ५ :९ मिनेट जादा मैले पनि प्रेम प्रस्ताब राखे

१४/२/२०१३  आज प्रेम दिवसको दिन संसारको विभिन्न देशहरुमा यस प्रेम दिवसलाई बेशेष रुपमा मनाइन्छ | आजको दिनमा कुनै व्यक्तिले कसैलाई प्रेमिकाको रुपमा अपनाउन चाहन्छ वा मन परि राखेको अबस्था छ भने प्रेम प्रस्ताब पनि राखिन्छ | त्यस्तै बिबाहित जोडीहरुले पनि आजको दिनमा कुनै न कुनै कुराहरु द्वारा एक अर्कालाई खुशी पर्दै अङ्गमाल को साथमा I LOVE YOU भन्ने गरेको देखिन्छ | एक अर्कामा माया देखाउनु र यसमा आनन्द मनाउनु पनि अति राम्रो कुरा हो | प्रेममा रहनु , प्रेमलाई बुझ्नु , प्रेम हुनु , जहिनिर पनि सुन्दर देखिन्छ | प्रेम भन्ने शब्द नै अपरिभासित छ | यसको कुनै सिमा वा भाषा हुदैन |

 

 तर दु:खको कुरा आज संसार भरि प्रेम दिवसको रुपमा मनाउने प्रेम सब्धहरुमा मात्र पूर्ण भएर सत्यतामा अधुरो पुल जस्तै छ | धेरै जना प्रेम सब्धमा कैद भएर भाबनामा डुब्ने गर्छन , तर साचो प्रेमलाई बुझेकै हुदैन | अन्तमा आधा मात्र बन्दै गरेको पुलमा हिडेर पुरा गन्तब्य तर्छु भन्नु जस्तै यो प्रेम अधुरोमा नै पुरा झैँ चम्किन्छ , तर त्यहाँ सत्य प्रेम भने चाही रहेको हुदैन |

 

 

केहि बर्ष अगाडी मलाई पनि प्रेम दिवसको दिनमा केहि चेलीहरुबाट प्रेमको प्रस्ताब अको थियो | र हाल सम्म पनि आई रहन्छ बेला बखत – हा हा हा......मलाई एकदम अचम्म लाग्छ कुन अदेखा प्रेम हो यो ? यसरि राखिने प्रेम प्रस्ताप बास्तबमा मनको सम्बन्ध सग गासेर साचै आफ्नो प्रेम प्राप्तिको लागि अत्ममियताबाट बोलिएको होइन जस्तो लाग्छ |यानिकी यो प्रेम दिवसमा – प्रेम दिवसलाई सम्बोधन गर्दै रचेको कविता जस्तो मात्र हो | कविता वाचन हुन्छ , सबले ताली बजौछ ,मन परौछ , भोलि बिर्सी हाल्छ |


 

 

प्रेम दिवसलाई .. धेरैले भौतिक जीवनमा रहनुजेल  आफ्नो जीवन कसैलाई सुम्पन वा कोहि कसैलाई आफ्नो बनाउन अर्थात् प्रेम प्रस्ताबको निम्ति बिषेस दिनको रुपमा प्रयोग गरेको पयिन्छ | भलाइ यो दिनमा मानिसहरुले आफ्नो – आफ्नो तरिकाले हर्ष पनि मनाउछन | मलाई थाहा छ तर पनि सबैले साचो प्रेम र अन्तरिक खुशी भने पाएका हुदैनन |


 

 

म पनि प्रेम को परिभाषा बुझ्ने व्यक्ति थिएन | र कहाँ आनन्द छ यसलाई पनि म छुटाउन सक्ने थिएन | मैले मेरो बाल्यकाल फुटपाथ हुदि कर्म संघर्षमा बिताउने बेलामा म जहिले जसो एउटा प्रेमको खोजीमा भएको कुरा मैले प्रभुलाई पाए पछी थाहा पाए | त्यो समयमा कसैले मालाई एक जोर पुरानो चप्पल दियो भने म एकदमै खुशी हुन्थे र सबै साथीहरुलाई यो बिसयमा पताउन मन लाग्थ्यो कि कोहि अपरिचित व्यक्तिले मलाई चप्पल देको छ | म सोच्थे कति दया भएको मान्छे सचि कस्तो प्रेम गर्दो रहेछ गरिब हरुलाई यो भन्दा ठुलो प्रेम त हुनै सक्दैन | तर पनि कसैले देको चप्पल द्वारा म आनन्दित हुन सक्दिन थिए | कसैले मलाई केहि पैसा केहि किनेर खाऊ भनेर दिन्थ्यो तर मलाई त्यसले कहिले पुग्दैन थियो | तर अरु व्यक्तिले मलाई देखाएको प्रेम सहनुभुति केहि क्षणको निम्ति खुशी बनाउने र मेरो भोक र अभावलाई टार्ने उपय भए पनि त्यो बिचमा मेरो खाचो छुट्टै थियो यधपी म बच्चानै भएकोले मलाई भौतिक कुराले भुलाई हल्त्यो |

 

 

समय बित्दै गयो – उमेरमा कद बढ्दै जब जवानी पनलाई छुन सफल भए | झनै जीवनमा आशा बिहिन र बे अर्थको आधारहरुलाई पक्रेर मन मर्जीको जीवन बिताउन थाले | यसरि भौतारी रहदा – कसैले म तिम्लाई पढाई दिन्छु भनेर प्रेम देखाएर लगे कसैले अलि ठुलो भए पछी यो गरि दिन्छु त्यो गरि दिन्छु भनेर उनीहरुको आबस्यक कामको निम्ति खटाए तर त्यो सबै छलुवा ढटुवा प्रेम रहेछ | जोहरुले  आफ्नो माग पुरा भएपछी अर्थात् अब्स्याकता पुरा गरि सके पछी – भोलि पल्ट बाटोमा भेटे भने पनि मलाइ चिन्दैन थियो | हा . हा . हा .... यस्तो प्रेमको जन्जालमा म आशा खोज्थे कसैले केहि गरि दिन्छ कि भनेर भरोसा गर्न चाहन्थे |

 

 

तर मित्रहरु मेरो जीवनमा एउटा अति खुशीको दिन बनि दियो यो प्रेम दिवस | १४ / फेब्रअरीलाइ म कहिले भुल्न सक्दिन |किनकि  १४ / फेब्रअरी २००४ शनिबारको दिन बेलुका  ५ :९ मिनेट जादा मैले पनि प्रेम प्रस्ताब राखे कुनै, स्त्रीलाई होइन नत, कुनै आकार र सुन्दर रुपलाई ,तर मैले कहिले नदेखेको, नजानेको , पहिले  कहिले नसुनेको प्रभुलाई प्रेम प्रस्ताब राखे जसले मलाई सहजै स्वीकार गरि दिनु भो | कति प्रेम पाए मैले प्रभुबाट कि, उहाले मेरो निम्ति सबै कुराको श्रेष्ठतामा भएर पनि काढे मुकुटलाई शिरमा सिउरिनु भो – बदलिमा मलाइ दुलही बनाउन थियो | यो पो प्रेम रहेछ ...इश्वोर हुनु भएर पनि असोचनीय कष्ट , र बलिदानलाई एउटा दोषीले झैँ सहनु भो |  {जसले गर्दा  – म आज  परमेश्वरको प्रेमभित्र सुरक्षित छु -- रोमी ८:३८-३९ }

 

संसारमा रहन्जेल सबैले कसै न कसैबाट माया र कसै न कसैको साथ चाहन्छ | तर प्राय जसो सबैको लक्ष र निसाना यो संसारमा रहुन्जेल सम्मको लगी मात्र हुदछ , तर मैले ख्रीष्टमा पाएको प्रेममा अनन्तता छ | प्रभुमा भएको प्रेमले मलाई अझ भौतिक क्षेत्र हुदै गाऊ, समाज , देशमा , मानिसहरुमा अर्को साचो प्रेमको नजर दिनु भएको छ | इश्वोरिया प्रेम | म अब जान्दछु ख्रिष्ट येशुमा जिउने प्रत्येकको  निम्ति प्रत्येक ..दिन प्रभुमा प्रेम दिवस भन्दा कम रहेको हुदैन | अन्नथा कसले हामीलाई यो प्रेम देखि टाढा राख्न वा लान सक्छ { कसले हामीलाई ख्रीष्टको प्रेमदेखि अलग पार्ला? के सङ्कष्टले, वा क्लेशले, वा सतावटले, वा अनिकालले, वा नाङ्गो अवस्थाले, वा खतराले, वा तरवारले? जस्तो लेखिएको छ: 'तपाईंका निम्ति हामी दिनभरि मारिँदछौं; हामी काटिने भेडाहरूझैं गनिँदछौं।' तर यी सबै कुराहरूमा हामी उहाँद्वारा, जसले हामीलाई प्रेम गर्नुभयो, विजेताहरूभन्दा पनि बढी छौं। किनकि मलाई पूरा निश्चयता भएको छ ‍-- न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न अधिकारहरूले, न अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले, न उचाइले, न गहिराइले, न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ (रोमी ८:३५-३९)।  आमेन :


from : Shrawan BHAI = Happy Valentine ('S) Day - to All of You -------------------

Views: 372

Tags: प्रेम, भरोसा, भौतिक

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by Sarah on February 14, 2013 at 9:44am

Thanks & same to you! 

wow..... aati uthan,

parmeshor le hajur lai aaji dhari aasis deyaka hun. aamen

Comment by Shrawan Bomjan on February 15, 2012 at 5:23pm

जय मसिह : हजुरहरु सबैलाई धेरै-धेरै धन्यवाद छ | मिठो कमेन्टको साथमा मलाई हौसला को बचन छोडी दिनु भएको निम्ति | हाम्रो रहन सहन र आफ्नै खालको जीवन शैलीमा , यसरीनै एक अर्काको निम्ति  उत्साह माया जब जीवनमा हुन्छ , झनै प्रभु प्रतिको उत्सुकतामा सफलताको कायम बनाउन र प्रभुमा आफुलाई केहि जस्तो छुइन तर पनि , उहाले मलाइ पक्री राख्नु भएको सत्यतालाई बलियो भरोसाको साथमा , अनुभब गरिरहन पाउदा | यहिँबाट  इसाई जीवनको ....साघुरो यात्रा सुरु भएको महसुस हुन्छ .....देखेको र लेखेको झैँ यात्रा होइन - अदेखा यात्रा | जहाँ आफुलाई प्रभुको साथमा पाउने निस्च्याता बढेर आउछ | हामी सबै बचौ....... र अरुलाई बचाउने काममा लागौ | येशुको साथ - साथैमा ...........

Comment by Aruna पर्मेश्वरको प्रँशसा होस् on February 15, 2012 at 5:25am
श्रवण भाई Jai masih 
तपाईले Valentine Day  को दिन प्रभुलाई आफ्नु हृदय दिनु भएकोले गर्दा यो दिन तपाईको जिवनमा साँच्चै नै महत्व राख्न्न जान्छ ! तपाई अनि प्रभुको यो प्रेम अनन्त जिवनसम्म रहेको होस् ! प्रभुले तपाईलाई पनि एउटा अनमोल् उपहार पठाउनु भएको छ Brother Zac को बचन द्वारा प्लीज कुनै हालातमा पनि सुन्न नभुल्नु होला यो तपाईको नानाको बिन्ती छ तपाईलाई !
तपाईलाई अति नै माया गर्ने 
तपाईको नाना अरुणा !

Comment by david limbu on February 14, 2012 at 5:46pm

जय मशिःह कि ! श्रवन जी, तपाईको लेख समय सान्दर्भिक र अहिलेको समाजको व्यावहारिक पक्षलाई  एकदमै न्याय गरेको छ। किनकि अहिलेको संचारको युगमा हरेक शिक्षा व्यवहारिक नै हुनु पर्दछ, चाहे त्यो धार्मिक शिक्षा नै किन नहोस.........समग्रमा भन्नु पर्दा तपाई को लेख धेरै राम्रो छ, यसरि नै तपाई को कलम निरन्तर चलिरहोस ! यसमा तपाईं लाई परमेश्वरले प्रसस्त आशिष दिएका होउन.........।

डेविड लिम्वु (वहराईन) 
फेब्रुअरी १४, २०१२ 
Comment by Ram Dorji Tamang on February 14, 2012 at 1:03pm
Dear Bro Sharwan,

I fully agree and I am blessed by your testimony.

Read below what Bible says.

"If I speak in the tongues of men or of angels, but do not have love, I am only a resounding gong or a clanging cymbal. If I have the gift of prophecy and can fathom all mysteries and all knowledge, and if I have a faith that can move mountains, but do not have love, I am nothing. If I give all I possess to the poor and give over my body to hardship that I may boast, but do not have love, I gain nothing."

1 Corinthians 13:1-3
Comment by Pasi Doma Gurung on February 14, 2012 at 9:34am

tyo byakti haru dhanya ko hun jasle Pravu Yesuko balidan purna, nis-swarth prem lai chakhnu bhako cha, hamra Shrawan Bhai le jastai, jun premle ananta ananta samma to asha cha, jewanma kahilay dhoka paunu honey chaina, kina ki Pravu Yesu biswasyogya hunu huncha. Kas aja yo prithibi ko sabai manubhav le yo prem lai jannu sakey kasto arthapurna jewan jiuna sakney theye!! Pravu tapaiko tyo mahan premko lagi ma ajiwan abhari chu.

Comment by Tirtha Bahadur Tamang on February 14, 2012 at 8:08am

Amen

Comment by Sushil Tamrakar on February 13, 2012 at 8:51pm

Ramro lagyo Shrawan sir.God bless you

Comment by aruna chhantyal on February 13, 2012 at 8:25pm

hridayako mero raja yesulai,dherai nai maya 6..
Uhako chokho premdekhi malai kle po 6utau6,kle po 6utau6..
Srawanji tapaiko kalam tikho hudai6.kip it up:-)

2013 को सयोगीहरु

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service