World Mission Society Church of God ले माता परमेश्वर मान्ने जहन गिल जाहका विवाहित पति "जए हून किम " ले लेखेको आत्मकथा

सन् १९६६ मा मेरो बिवाह जहन (जहन गिल जाह ) संग भएको थियो । त्यसपछि हामीहरुका २ जना सन्तान भए । हामीहरुको बिवाहपछिका दिनहरुमा हामीहरु चर्च जान सुरु गर्यौं । एकजना "रोए" (ROE) थर भएका क्रिश्चियन व्यक्तिले हामीलाई पुसानमा रहेको एउटा चर्चमा लगे (New Covenent Passover Church of God); जुन चर्चको सुरुवातकर्ता आङ सान होंग आफैं नै थिए ।

यो चर्चको सदस्य बनेपछि हामीहरु निकै नै सक्रिय हुन थाल्यौं; हामीहरु समर्पित सदस्य हुनुको साथ् साथै मिसिनिरी र प्रचारक भएर पनि काम गर्यौं ।

त्यसपछि म कामको सिलसिलामा देस बाहिर जाने गर्न थालें; त्यसको केहि समय पछि मेरी श्रीमती अर्थात् 

जहनमा निकै नै परिवर्तन आएको अनुभव गर्न थालें । उनको बानि ब्यबहारमा अनेक फेरबदल आएको थियो। उनले आङ सान होंग र उनको मण्डलीलाई दिन भनेर हामीहरुले बनाएको घर पनि बेचिन (जुन घर मैले बिदेसमा धेरै  काम गरेर बनाएको थिएँ) । त्यति मात्रै नभएर हामीसंग भएका अन्य सबै महंगा चिजहरु  पनि दिइन ।

 

मेरो परिवारको पनि राम्रो संग हेरचाह गर्न छोडेको कुरा पनि मैले थाहा पाएँ । त्यसैकारणले एउटा श्रीमानको हिसावले मैले यो भन्न लागें कि जहन, तिमिले चर्चमा काम गरे तापनि हाम्रो छोराछोरी तथा परिवारको हेरचाह गर्नु पनि तिम्रो नै दायित्व हो; त्यसकारण तिमि यो दायित्वबाट पन्छिने काम नगर । तर उनले मेरो कुरा सुन्दै सुन्न चाहिनन उल्टो उनले म संग छोडपत्र मागिन ।

 यसरि छोडपत्र माग्नु अघि राम्ररि सोच भनेर मैले उनलाई पटकपटक अनुरोध गरें । तर उनि आफ्नो अडानबाट पछाडी फर्किने काम गरिनन् ।

त्यसपछि मैले बाध्य भएर उनलाई छोडपत्र दिएँ । मैले मेरी श्रीमती, बच्चाहरु, घर, अनि धेरै सम्पति यो आङ सान होंगको  कारणले गुमाएँ । त्यसपछि मलाइ कलेजोको रोगले च्याप्न थाल्यो । मैले सोचें कि मैले मेरो स्वास्थ्यको राम्रो ख्याल गर्नु पर्छ; त्यसपछि मैले आफ्नो स्वास्थ्यलाइ बिशेष महत्व दिन थालें । म बिस्तारै पहिलेकै अवस्थामा फर्किन लागें । त्यसपछि म मेरा छोराछोरी लाइ लिन गएँ तर उनीहरु उनको (जहन) पन्जामा थिए । उनीहरु मलाइ देख्न पनि चाहदैनथे । म भेट्न गएको बेलामा उनीहरुले मलाइ यसो भने कि म यहाँ आएँ भने उनीहरुलाई लाज हुन्छ त्यसैले अबदेखि नआउनु ।

हामीहरुको बिवाह भएको केहि बर्ष पछि चर्चमा नै आङ सान होंग ले जहन संग बिवाह गरे । यदि आङ राम्रा मान्छे हुन् भने उनले कसरि जहन लाइ आफ्नी दुलही भन्न सके जब कि उनि त अर्कै संग बिवाह भएर छोडपत्र गरेकी थिइन् र उनको पहिले नै सन्तान भैसकेका थिए । सबै जनालाइ थाहा थियो कि जहन मेरी श्रीमती थिइन् ।

यसरि यो झुटा चर्चले मेरो परिवार नराम्ररी भाड्ने काम गर्यो । यो चर्चले यो पनि प्रचार गर्दैछ कि यो संसार १९८८ मा ध्वस्त हुदैछ । म यो समुहका सबै सदस्यहरुलाई यो भन्न चाहन्छु कि यो समुह  झुटै झुटको जग माथि उभिएको छ । यो भित्रको कुनै पनि कुरामा सत्यता छैन । त्यसकारण अर्काकी श्रीमती बिवाह गर्ने एउटा मान्छेलाइ नै येशू मान्नुभन्दा त्यहाँबाट बाहिर निस्कनुस र साँचो येशूसंग भेट गर्नुस ।

 

(पुनश्च:- यो लेख जहन गिल जाह को विवाहित श्रीमान "जए हून किम "  ले सन् १९८७ मा लेखेका हुन् ।)

Views: 169

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by aruna chhantyal on February 7, 2013 at 8:57pm
dherai ramro lekh.yaha post garnuvaekoma yahalai dhanyawad

2013 को सयोगीहरु

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service